By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » स्लो बाइक रेसमा विनोद कालिराज प्रथम, ट्राफिक सचेतनामा जोड

स्लो बाइक रेसमा विनोद कालिराज प्रथम, ट्राफिक सचेतनामा जोड

News Desk
News Desk
२०८२ पुष १२, शनिबार २०:४५

बुटवल :- पहिलो पाइला नेपाल बुटवल शाखाको आयोजनामा भएको स्लो बाइक रेस प्रतियोगितामा विनोद कालिराज प्रथम भएका छन्। बुटवलको देविनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पसको खेल मैदानमा आयोजित प्रतियोगितामा ७० जना प्रतिस्पर्धीलाई पछि पार्दै कालिराजले पहिलो स्थान हासिल गरेका हुन्।

प्रतियोगितामा राजन गहतराज दोस्रो र मनोज आचार्य तेस्रो भएका छन्। प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीले क्रमशः नगद ११ हजार १११, ८ हजार १११ र ४ हजार १११ रुपैयाँसहित पुरस्कार प्राप्त गरेका छन्।


विजयी प्रतियोगीलाई पहिलो पाइला नेपाल बुटवल शाखाकी अध्यक्ष गोमा भट्टराई र इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक इन्द्रबहादुर रानाले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका थिए। सो अवसरमा बोल्दै प्रमुख अतिथि प्रहरी उपरीक्षक रानाले सवारी साधन चलाउँदा ट्राफिक नियमको पालना गरे अधिकांश दुर्घटनाबाट बच्न सकिने बताए।

पहिलो पाइला नेपाल बुटवल शाखाकी अध्यक्ष गोमा भट्टराईले ट्राफिक सचेतना अभिवृद्धि गर्नुका साथै युवाहरूलाई सकारात्मक रचनात्मक गतिविधिमा एकीकृत गर्ने उद्देश्यले स्लो बाइक रेस आयोजना गरिएको बताइन्। उनले संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै समय–समयमा यस्ता रचनात्मक तथा सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइन्।


कार्यक्रमका संयोजक सन्तोष सुनारले आगामी वर्षहरूमा पनि युवाहरूलाई लक्षित गर्दै नयाँ–नयाँ कार्यक्रम ल्याइने प्रतिबद्धता जनाए। कार्यक्रम पहिलो पाइला नेपाल बुटवल शाखाका उपाध्यक्ष गौरव खनालको स्वागत मन्तव्य तथा सचिव रुद्रप्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको थियो।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
रेसुङ्गा–८ की लक्ष्मी बि.क: कार्यालय सहयोगीबाट ‘दक्ष कर्मचारी’सम्मको प्रेरणादायी यात्रा
राष्ट्रिय स्वतन्त्र पार्टी धुर्कोट–रुपन्देही सम्पर्क विभागको सभापतिमा राजेन्द्र पोखरेल चयन
सरकारी विज्ञापन अब सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन–प्रसारण
भुटानी शरणार्थी प्रकरणमा फरार एक जना पक्राउ
के हुन्छ, जब आफूखुसी फ्लेक्सन खान्छौं
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?