काठमाडौं :- नवनियुक्त चार मन्त्रीहरूले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमार्फत पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनियताको शपथ गराएका हुन्।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसपछि राष्ट्रपति पौडेलले आजै उनीहरूलाई मन्त्री पदमा नियुक्त गरेका थिए। नियुक्तिसँगै उनीहरूले औपचारिक रूपमा मन्त्रीको जिम्मेवारी सम्हाल्दै सरकारको नयाँ कार्यदिशाको संकेत दिएका छन्।
मन्त्री पदमा नियुक्त हुनेहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन्।

राष्ट्रपति कार्यालयका अनुसार उनीहरूलाई निम्न मन्त्रालयको जिम्मेवारी तोकिएको छः
श्रद्धा श्रेष्ठ — महिला तथा बालबालिका मन्त्रालय
माधव चौलागाईं — वन मन्त्रालय
राजेन्द्रसिंह भण्डारी — श्रम मन्त्रालय
कुमार इङ्नाम — भूमि मन्त्रालय
शपथपछि नवनियुक्त मन्त्रीहरूले सरकारका प्राथमिकता, सुशासन र प्रभावकारी सेवा वितरणमा आफूहरू सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
नयाँ नेतृत्वसहित सरकारले नीति तथा कार्यक्रम कार्यान्वयनमा थप गति लिने अपेक्षा गरिएको छ।

