By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » तीव्र हावाहुरी र वर्षाको सम्भावना, सतर्क रहन प्राधिकरणको आग्रह

तीव्र हावाहुरी र वर्षाको सम्भावना, सतर्क रहन प्राधिकरणको आग्रह

News Desk
News Desk
२०८२ चैत्र ५, बिहीबार १७:५१

काठमाडौं :- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न क्षेत्रमा तीव्र हावाहुरी र वर्षाको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागको आगामी तीन दिनको मौसम पूर्वानुमान अनुसार चैत ६ गते शुक्रबारदेखि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।


त्यस्तै लुम्बिनी प्रदेशका दाङ र नेपालगञ्ज आसपासका तराई क्षेत्र तथा शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा करिब ७० किलोमिटर प्रतिघण्टासम्मको तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाइएको छ।

प्राधिकरणका अनुसार यस्तो हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना तथा घरका छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम उच्च छ। पछिल्ला दिनमा हावाहुरीका कारण मानवीय क्षति समेत भएको उल्लेख गरिएको छ।

सुरक्षाका लागि सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न, हावाहुरीका बेला घरका झ्यालढोका मजबुत रूपमा बन्द गर्न, आगोका स्रोत सुरक्षित राख्न तथा सवारी साधन सुरक्षित स्थानमा राख्न आग्रह गरिएको छ।
साथै खुला स्थान, रुखमुनि, बिजुलीका तार तथा टेलिफोनका खम्बा नजिक नबस्न पनि अनुरोध गरिएको छ।


प्राधिकरणले मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा हेरी आवश्यक सतर्कता अपनाउन सबैमा अपिल गरेको छ।

Facebook Comments Box
Total Views: 0
मेयर कप ब्याडमिन्टन : दुई उपाधि आयोजक बुटवल क्लबलाई
गुल्मीमा पुनः एमालेको भरोसा: क्षेत्र नं–२ मा गोकर्ण विष्टप्रति जनअपेक्षा अझै बलियो
गुल्मी मुसिकोटमा गंगा शेरचनको हत्या गर्ने तीन जना कारागार चलान
योगदान राष्ट्रको लागी रुपन्देहीको नियमित बैठक भैरहवामा सम्पन्न
भैरहवा भन्सारले दुई महिनामा समात्यो तस्करीका सवा १३ करोडका सामान
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

कार्यान्वयनयोग्य योजना मात्रै बजेटमा समेट्न मुख्यमन्त्री आचार्यको निर्देशन, मगर र थारु भाषालाई सरकारी मान्यता दिन माग

आयोग खारेजीले रुपन्देहीका हजारौँ सुकुम्बासी अन्योलमा, लालपूर्जा वितरण प्रक्रिया प्रभावित

भोगाधिकारमा रहेका सरकारी जग्गा र संरचना तत्काल खाली गर्न सरकारको निर्देशन

गुणस्तरीय शिक्षाको भरोसा बन्दै नवीन औद्योगिक कदरबहादुर रिता मावि

सात दशकदेखि शिक्षा क्षेत्रमा अब्बल कान्ति मावि

कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार, एक युवकको मृत्यु

सार्वजनिक भयो भावनात्मक नेपाली गीत ‘आधा मन’

स्थानीय तहलाई मालपोत सेवा दिने कानुनी बाटो खुल्यो

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?