By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गुल्मी अस्पतालमा डाक्टर नहुँदा बिरामीलाई सास्ती

गुल्मी अस्पतालमा डाक्टर नहुँदा बिरामीलाई सास्ती

News Desk
News Desk
२०८० भाद्र २६, मंगलवार १८:४५

गुल्मी: गुल्मी अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा बिरामी समस्यामा परेका छन् । यस अस्पतालमा पन्ध्र जना विशेषज्ञ चिकित्सक (डाक्टर) सहितको दरबन्दी रहेको छ । केही हप्ता अघि यस अस्पतालमा उपचारत सात वर्षीय बालिकाको मृत्यु भएपछि उत्पन्न विवादले अस्पताल प्रमुख डा.राजेन्द्र जिसी सरुवा भएपश्चात अस्पताल कार्यालय प्रमुखविहीन भएको छ ।

दरबन्दी अनुसारको डाक्टरहरू नहुँदा अस्पतालमा छात्रवृत्ति करारमा रहेका आठ जना डाक्टरमध्ये केही विदामा, केही तालिममा रहेका कारण अस्पतालमा अहिले विरामीले सहज रूपमा उपचार पाउन सकेका छैनन् ।

कुनै बेला राम्रो उपचार हुने यी अस्पतालमा अहिले सामान्य उपचार पनि पाउन नसक्ने अवस्था छ। बिरामीहरू निजी क्लिनिक र जिल्लाबाहिरका अस्पतालहरूमा जान बाध्य भएको स्थानीय सुमित्रादेवी पाण्डेले गुनासो गर्नुभयो । छिमेकी जिल्ला अर्घाखाँचीबाट अस्पतालमा सेवा लिन आउनुभएका फर्सीराम पाण्डेले पनि जनशक्ति अभावमा उपचार पाउन समस्या भएको भन्दै तत्काल समस्याको समाधान गर्न सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

अस्पतालमा बिरामीहरूले सहज रूपमा उपचार पाउन नसकेको देखेपछि सरोकारवालालाई फोन गरेर विरामीहरूले सहज रूपमा उपचार पाउने गरी व्यवस्था मिलाउन अनुरोध गरेको रेडियो रेसुङ्गाका स्टेसन म्यानेजर अनिता खत्रीले बताउनुभयो ।

गुल्मी अस्पतालका अध्यक्ष गोपाल पाण्डेले अस्पतालमा जनशक्ति अभाव भएको स्वीकार गर्दै आवश्यक जनशक्ति व्यवस्थापन गर्न पहल भइरहेको बताउनुभयो । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्राेणबहादुर खत्रीले पछिल्लो समय गुल्मी अस्पतालमा डाक्टरहरूको अभाव हुँदा सहज रूपमा उपचार पाउन नसकेका स्वीकार गर्नुभयो । यस समस्याको समाधान गर्न आफूले समन्वय गरिरहेको उहाँले बताउनुभयो । यता लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. जनार्दन पन्थीले गुल्मी अस्पतालको समस्यालाई समाधान गर्ने प्रयास जारी रहेको बताउनुभयो ।

तत्कालका लागि समस्या समाधान गर्न दरबन्दी करारबाट पूर्ति गर्ने र दीर्घकालीन समस्या समाधान गर्नका लागि प्रदेश लोकसेवाबाट पदपूर्तिको तयारी भइरहेको उहाँको भनाइ छ । डाक्टरहरूको सङ्ख्या पनि कम भएको र त्यसैमा पनि पहाडमा जान नखोज्नु अर्को रोग भएको पन्थीले बताउनुभयो । यो समाचार गोरखापत्र राष्ट्रिय दैनिकमा गुल्मीबाट तिलाचन पाण्डेले लेख्नुभएको छ।

Loading

Facebook Comments Box
प्रतिनिधिसभा निर्वाचनको तयारी: कृष्णानगर नाका पूर्ण रूपमा बन्द
सहकारी ठगी प्रकरण : गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी धरौटीमा रिहा
गौरीशंकर आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो लुगा र शैक्षिक सामग्री वितरण
स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण
काठमाडौं–झापा उड्न हेलिकोप्टर अनुमति लिएका बालेन बीचबाटै फर्किए
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?