By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » रुपन्देही–२ मा घरदैलो तीव्र : सहकारी पीडितलाई न्याय दिलाउने पौडेलको प्रतिबद्धता

रुपन्देही–२ मा घरदैलो तीव्र : सहकारी पीडितलाई न्याय दिलाउने पौडेलको प्रतिबद्धता

News Desk
News Desk
२०८२ फाल्गुन १७, आईतवार २२:४५

बुटवल :- प्रतिनिधि सभा सदस्य निर्वाचन आउन अब चार दिन मात्रै बाँकी रहँदा रुपन्देहीमा चुनावी गतिविधि तीव्र बनेका छन्। उम्मेदवारहरू मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै गुनासा, सुझाव र समस्या सुन्ने कार्यमा सक्रिय देखिएका छन्।

यसैक्रममा रुपन्देही क्षेत्र नं. २ बाट नेपाली कांग्रेस का उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेल तथा समानुपातिकतर्फकी उम्मेदवार रिता सेन ओली ले बुधबार पनि घरदैलो अभियानलाई निरन्तरता दिएका छन्।

बिहान करिब ७ बजेदेखि सुरु भएको अभियान बुटवल उपमहानगरपालिका–११ का विभिन्न बस्ती तथा टोलहरूमा केन्द्रित थियो। माथिल्लो मजुवा, मजुवा, सिरानगाउँ, धुर्वनगर, युद्धनगर, दुर्गानगर, न्यु दुर्गानगर, नहरपुर र बुद्धनगरलगायत क्षेत्रमा पुगेर उम्मेदवारहरूले मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए।

सहकारी पीडितको न्यायका लागि प्रतिबद्धता
घरदैलोका क्रममा पत्रकारसँग कुरा गर्दै उम्मेदवार पौडेलले सहकारी पीडितहरूको पीडा, आक्रोश र निराशालाई आफूले गहिरो रूपमा अनुभूति गरेको बताए। सहकारीमा विश्वास गरेर बचत गरेका सर्वसाधारण केही गैरजिम्मेवार व्यक्तिका कारण अन्यायमा परेको उल्लेख गर्दै उनले यसलाई केवल आर्थिक क्षति मात्र नभई विश्वासमाथिको चोटका रूपमा व्याख्या गरे।

‘सहकारी पीडितको न्यायका लागि मेरो प्रतिबद्धता केवल चुनावी वाचा मात्र होइन, यो नैतिक दायित्व पनि हो। यदि तपाईंहरूले मलाई संसदमा प्रतिनिधित्व गर्ने अवसर दिनुभयो भने, पीडितको रकम फिर्ता गराउने कानुनी प्रक्रिया तीव्र बनाउने पहल गर्नेछु,’ उनले भने। दोषीलाई राजनीतिक संरक्षणबाट मुक्त गर्दै कानुनी कारबाही सुनिश्चित गर्न दबाब दिने र सहकारी क्षेत्रलाई पारदर्शी तथा उत्तरदायी बनाउन नीतिगत सुधारका लागि आवाज उठाउने उनको भनाइ छ।

पीडित परिवारका लागि अस्थायी राहत तथा पुनर्स्थापनाको व्यवस्था गर्न सम्बन्धित निकायसँग समन्वय गर्ने पनि उनले बताए। सहकारीलाई ठगीको माध्यम होइन, जनविश्वासको संस्थाका रूपमा पुनःस्थापित गर्नुपर्नेमा आफू अडिग रहेको उनको धारणा छ।

घरदैलोका क्रममा स्थानीयले सुकुम्बासी समस्या, लालपुर्जा वितरण, व्यवस्थित फोहोर व्यवस्थापन, डम्पिङ साइटको व्यवस्थापन, सडक कालोपत्रे तथा सुरक्षा जस्ता विषयमा उम्मेदवारहरूको ध्यानाकर्षण गराएका थिए। उम्मेदवारहरूले ती समस्यालाई प्राथमिकतामा राखेर समाधानतर्फ पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

Loading

Facebook Comments Box
कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण,सुतक दिउँसो ४:१९ बजेदेखि सुरू हुने
निर्वाचन बहिष्कार गर्ने नेकपा मशालका कार्यकर्ता बागलुङको जैमिनीबाट पक्राउ
अबको प्रधानमन्त्री गगन थापा हुन् : कांग्रेस उम्मेदवारहरूको दाबी
रुपन्देही–१ मा हिराबहादुर खत्रीको घरदैलो, ‘कृषि आत्मनिर्भरतामा जोड’
रामेछापमा बस दुर्घटना हुँदा सातजना घाइते
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?