By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » नारायणीमा बन्ने सिग्नेचर ब्रिजको सर्भे गर्न पुल महाशाखाको टोली भरतपुरमा

नारायणीमा बन्ने सिग्नेचर ब्रिजको सर्भे गर्न पुल महाशाखाको टोली भरतपुरमा

News Desk
News Desk
२०८० भाद्र ७, बिहीबार २०:२३

चितवन :-   नारायणी नदीमा बन्ने सिग्नेचर ब्रिजको सर्भे गर्न पुल महाशाखाको टोली भरतपुर आईपुगेको छ । बिहीबार भरतपुर महानगरका प्रमुख रेनु दाहाल, गैँडाकोट नगरपालिकाका प्रमुख मदन भक्त अधिकारी, पुल महाशाखाको टोली, सडक विभागका प्रतिनिधि, तुँदी कन्स्ट्रकसनका प्रतिनिधिसहितको संयुक्त टोलीले फिल्डको निरीक्षण गरेको छ ।

पुल महाशाखाका उपनिर्देशक नरे शमान शाक्यअनुसार सिग्नेचर ब्रिजको लागि अहिले भएको पुलभन्दा उत्तरतर्फ बन्ने छ । सिग्नेचर ब्रिज ४ वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम अगाडि बढाइने छ ।सिग्नेचर ब्रिज निर्माणका लागि तुँही कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको छ भने अहिले डिजाईनको काम भईरहेको कम्पनीले जनाएको छ ।

 

४ सय २० मिटर लामो उक्त पुल निर्माण गर्न १ अर्ब ६८ करोड ७६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ । यस्तै राष्ट्रिय राजमार्गलाई जोड्ने गरी नारायणी लिफ्टभन्दा उत्तरतर्फबाट गैँडाकोट जोड्ने अर्को पुलको टोलीले फिल्ड सर्भे पनि गरेको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विगत लामो समयदेखि पुल निर्माणको लागि भरतपुर महानगरपालिकाले पहल गरिरहेको र अबको केही समयपछि यो कामले पूर्णता पाउनेमा विश्वस्त रहेको उल्लेख गर्नुभयो ।

सिग्नेचर ब्रिज, राष्ट्रिय राजर्माग जोड्ने ३ वटा पुल निर्माण हुँदा भरतपुरले विकासमा गुणात्मक फड्को मार्ने बताउनुभयो । यसैबीच पुल महाशाखाको टोलीले भरतपुर र नवलपुर जोड्ने पुल निर्माण गर्न २ वटा स्थानको अवलोकन गरेको छ ।

महाशाखाले भरतपुर २६ को घोसराघाटबाट नवलपुरको प्रगति नगर जोड्ने पुलको स्थलगत गरेको छ । यस्तै गोलाघाटबाट नवलपुर जोड्ने गरी ठेक्का सम्झौता भई स्थगित भएको स्थानको पनि टोलीले अवलोकन गरेको थियो ।

यस्तै भरतपुर र माडी ठोरी जोड्ने गरी निर्माण गर्ने गरी तयारी गरिएको भरतपुर २४ मा पर्ने ध्रुर्बको निरीक्षण एवम् अनुगमन गरेको छ । ध्रुर्ब र चितवन राष्ट्रिय निकुञ्ज जोड्ने पुल निर्माण गर्न ईआईए गरी यसै आर्थिक वर्षको अन्त्यसम्म ठेक्का सम्झौता गर्ने तयारी थालिएको प्रदेश सांसद ठाकुर प्रसाद ढकालले जानकारी दिनुभयो ।

पुल महाशाखाका अनुसार ३ वटा नयाँ पुल निर्माण गर्न एकै पटक ठेक्का सम्झौता गर्ने तयारी भएको जनाएको छ ।

Loading

Facebook Comments Box
रेसुङ्गा–८ की लक्ष्मी बि.क: कार्यालय सहयोगीबाट ‘दक्ष कर्मचारी’सम्मको प्रेरणादायी यात्रा
दशैंको मुखमा वृद्धभत्ता समेत रोकिने जोखिम
ग्रामिण परिवेशमै उदाहरणीय शैक्षिक प्रगति गर्दै इन्दिरा माध्यमिक विद्यालय
१५ वर्षीया भतिजीमाथि ‘बलात्कार’ गर्ने बैतडीका काकालाई झ्यालखाना हालियो
भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपविरुद्ध बुटवलमा विरोध कार्यक्रम
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?