By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » बुटवलमा पुस ३ देखि १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी

बुटवलमा पुस ३ देखि १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी

News Desk
News Desk
२०८२ पुष २, बुधबार २२:०७

बुटवल ;- रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ भाेलि बिहीबारदेखि बुटवलमा १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ सुरु हुँदैछ।

प्रदर्शनीको उद्घाटन अर्थमन्त्री डा. रामेश्वर खनालले गर्नु हुनेछ। उद्घाटन कार्यक्रम  दिउँसो २ः१६ मा हुने आयोजकले जनाएको छ। प्रदर्शनी उद्घाटनका लागि आवश्यक सबै तयारी पूरा भएकाे  जानकरी गराएकाे छ।

बुटवल मण्डपमा निर्माणाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा पहिलो पटक आयोजना हुन लागेको यस प्रदर्शनीमा विभिन्न प्रकृतिका ५ सय वटा स्टल रहनेछन्। बनेका स्टलहरूलाई विभिन्न विधाका १० वटा पेभिलियनमा विभाजन गरिएको छ। प्रदर्शनीमा ३९ जिल्लाबाट सहभागिता रहेको जनाईएकाे छ।

औद्योगिक जनचेतना र्याली सम्पन्न

प्रदर्शनीको पूर्वसन्ध्यामा बुधबार औद्योगिक जनचेतना र्याली निकालिएको थियो। प्रदर्शनी स्थल बुटवल मण्डपबाट सुरु भएको र्याली राजमार्ग चौराहा, मिलनचोक, अस्पताल लाइन, ट्राफिक चोक, श्रवणपथ, सुख्खानगर हुँदै पुनः प्रदर्शनी स्थलमा आएर समापन भएको थियो।

र्यालीमा जातजाति, भेषभूषा, विद्यालय, धार्मिक संस्था, टोल विकास समिति तथा उद्योगसँग सम्बन्धित गरी ५२ संघसंस्थाहरूको सहभागिता रहेको थियो। र्याली मुल आयोजक समिति, उपसमिति सदस्य, सल्लाहकारहरूको अगुवाइमा गरिएको थियो। र्यालीमा औद्योगिक विकासका पक्षमा विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर सहभागिता जनाइएको थियो।

उत्कृष्ट र्यालीलाई पुरस्कार

र्याली समापनका अवसरमा सहभागी संस्थाहरूको मूल्याङ्कन गरी पुरस्कार वितरण गरिएको थियो। औद्योगिक जनचेतना ¥याली संयोजक थानेश्वर पाण्डेले दिएको जानकारीअनुसार नेवाः संस्कृति संरक्षण समाज प्रथम, क्षेत्री समाज जिल्ला कार्यसमिति नेपाल द्वितीय, कालिका मानवज्ञान माध्यमिक विद्यालय तृतीय र नेपाल लोक भजन चुटकिला संरक्षण प्रतिष्ठान, ग्रिल स्टिल तथा आल्मुनियम व्यवसायी संघ रुपन्देही तथा स्कलर्स होम सेकेन्डरी बोर्डिङ स्कुल बुटवल सान्त्वना भएका थिए।

र्यालीमा सहभागी र पुरस्कृतहरूलाई कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले प्रमाणपत्र वितरण गर्नुभएको थियो। कार्यक्रममा मूल्याङ्कन समितिका संयोजक दिलिप सापकोटाले मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो।

८ लाख दर्शक, ३० करोड कारोबारको लक्ष्य

स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन हुने १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ मा करिब ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको प्रदर्शनी प्रबन्धक यादव भण्डारीले जानकारी दिनुभयो।

प्रचार–प्रसार संयोजक किरण खरेलका अनुसार प्रदर्शनीमा औद्योगिक प्रविधि, उद्योग प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, फ्लोरिकल्चर, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आईटीलगायतका ५ सय स्टल रहनेछन्।

सांस्कृतिक कार्यक्रम र प्रतियोगिता

प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, ख्यातिप्राप्त आधुनिक गायक–गायिका, हास्य कलाकार, ब्याण्डहरूको सांगीतिक कार्यक्रम, विद्यालयस्तरीय लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता, प्रदर्शनी आइडल, भजन प्रतियोगितालगायत कार्यक्रमहरू आयोजना गरिने सांस्कृतिक उपसमिति संयोजक लालप्रसाद बस्यालले जानकारी दिनुभयो।

प्रदर्शनीमार्फत उद्योगी र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क, उत्पादित वस्तुहरूको बजार प्रवर्द्धन, गुणात्मक प्रतिस्पर्धा विकास, प्रविधि आदान–प्रदान, पर्यटन प्रवर्द्धन तथा गोष्ठी र अन्तरक्रियासमेत गरिने सचिव तथा परिचयपत्र उपसमिति संयोजक अशोक कुँवरले जानकारी दिनुभयो।

Facebook Comments Box
Total Views: 0
गुल्मीमा घर भत्किँदा तीन जना घाइते
काग तिहार आज : यमराजका दूत कागलाई मीठा परिकार अर्पण
समुदायको एकता र संस्कृतिको संरक्षणमा जोड स्याङ्जा कार्कीकोट तराईवासी मगर समाजको १२औँ वार्षिक साधारणसभा सम्पन्न
गुल्मीमा नुहाउने क्रममा खोलामा डुबेर एक पुरुषको ज्यान गयो
ढिलासुस्ती, जनशक्ति अभाव र सेवाग्राहीको गुनासो : बुटवल मालपोतको यथार्थ
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

सम्पत्ति छानबिन आयोगलाई नमान्ने ओलीको घोषणा, ‘सम्पत्ति विवरण भर्दिनँ’

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको सनसनीपूर्ण दाबीलाई तपाईं के भन्नुहुन्छ ?

२०८३ जेष्ठ १७, आईतवार २२:२९

प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो

२०८३ जेष्ठ १७, आईतवार २२:०४

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र क्षमा माग्न प्रदीप ज्ञवालीको माग

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?