By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » एसिया कप छनोट लक्ष्यमा सुरुवाती जित

एसिया कप छनोट लक्ष्यमा सुरुवाती जित

News Desk
News Desk
२०८० बैशाख ५, मंगलवार २१:३६

काठमाडौं । आसन्न एसिया कपमा छनोट हुने लक्ष्यसहित घरेलु मैदानमा एसीसी प्रिमियर कपको सुरुवात गरेको नेपालले पहिलो खेलमा मलेसियामाथि रवाफिलो जित हासिल गरेको छ । १० टिम सम्मिलित यो प्रतियोगिताको विजेताले एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा स्थान बनाउनेछ ।

अघिल्लो महिना लिग टू अन्तर्गत अन्तिम खेलमा जितका साथ अन्त्य गरेको नेपालले यो प्रतियोगिता जितबाटै सुरुवात गर्नुलाई कप्तान रोहितकुमार पौडेलले सकारात्मक मानेका छन् । मोन्टी देशाईले प्रमुख प्रशिक्षकको जिम्मेवारी सम्हालेयता नेपाल टिम एक खेलको रणनीतिमा सफलतापूर्वक अगाडि बढिरहेको छ ।

तुलनात्मक रुपमा कमजोर मानिएको मलेसियासँग टस हारेर पहिला फिल्डिङ गरेको नेपालले खेलमा कुनै पनि समयमा दवावको महशुस गर्नु परेन । मलेसियाका वीरनदीप सिंह र कप्तान अहमद फाइजले दोस्रो विकेटका लागि ११६ रनको शतकीय साझेदारी तोड्न भने नेपाली बलरहरुलाई हम्मेहम्मे पर्यो । ३३.२ ओभरमा सन्दीप लामिछानेको बलमा फाइज ७६ रन बनाएर आउट भएपछि खेल पुनः नेपालकै नियन्त्रणमा देखियो । नेपालमा आएर फ्रेन्चाइज क्रिकेट खेलिसकेका वीरनदीप सिंहले ४६ रन बनाए ।

‘पावरप्लेमा सोचेअनुसार विकेट आइरहेको थिएन । तर, टस हारेर बलिङ गर्दा पनि २५० भन्दा कम स्कोरमै रोक्न सकियो भने जित्न कठिन छैन भन्नेबारे खेलअघि नै छलफल भइरहेको थियो,’ खेलपछि कप्तान रोहितले भने, ‘यो विकेटमा हामीलाई दवाव थिएन ।’

३४औं ओभरमा दोस्रो विकेट गुमाएको मलेसियालाई नेपाली बलरहरुले बाँकी समयमा लामो साझेदारीको अवसर दिएनन् । डेथ ओभरमा समस्या रहेको नेपालको बलिङ यसपल्ट केहि सुधार देखियो । अन्तिम चार ओभरमा मलेसियाले चार विकेट गुमाएको थियो । ४७औं ओभरमा सोमपाल कामी ह्याट्रिकको अवसरबाट चुकेका थिए । अन्तिम ओभरमा सन्दीप लामिछानेले दुई विकेट लिए । मलेसियाले ९ विकेट गुमाएर २३५ रनको योगफल बनायो ।

जवाफमा ओपनर आसिफ शेख पहिलो ओभरमै आउट भए पनि तेस्रो नम्बरमा आएका भीम सार्कीसँग अर्का ओपनर कुशल भुर्तेलले ५२ रनको साझेदारी गरे । कुशल ३१ बलमा २ छक्का र ५ चौकासहित ३८ रन बनाएर आउट भए ।

तेस्रो नम्बरमा बढुवा भएसँगै संयमित र शानदार ब्याटिङ गरेका भीमले कप्तान रोहितकुमार पौडेलसँग तेस्रो विकेटका लागि अर्को ६६ रनको साझेदारी गरे । २१.१ ओभरमा रोहित ४२ रन बनाएर आउट हुँदा नेपालले ११९ रन जोडेको थियो ।

त्यसपछि सुरु भयो भीम र कुशल मल्लको आत्मविश्वासी ब्याटिङ । भीमले एक छेउबाट संयमित प्रदर्शन गरिरहँदा कुशल मल्लले अर्को छेउबाट रनको वर्षा गरिरहेका थिए । यी दुईले चौथो विकेटका लागि ११२ रनको शतकीय साझेदारी गरे । २८ बलमै अर्धशतक पूरा गरेका कुशल ४० बलमा ५ छक्का र ५ चौकासहित ७० रनमा अविजित रहे । भीम सार्कीले ९८ बलमा ५ चौकासहित ७१ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३६.२ ओभरमा चौका प्रहार गरी टिमलाई सहज जित दिलाए ।

कप्तान रोहितले कुशल र भीमको प्रदर्शनको प्रशंसा गरे । ‘ब्याटिङमा कुशल र जोन्टी(भीम सार्की)ले राम्रो गरे । त्यसले गर्दा टिमले जित्यो खुसी छु,’ उनले थपे, ‘मेरो र कुशल दाई (भुर्तेल)को विकेट एकतर्फबाट जाँदा पनि जोन्टीले इनिङ्सलाई सम्हालेर खेल्यो । एकदमै खुसी छु ।’

अघिल्लो महिना सम्पन्न लिग टूका पछिल्ला चार खेलमा भीमले चौथो, पाँचौं र छैटौं नम्बरमा ब्याटिङ गरिरहेका थिए । शीर्ष क्रममा परीक्षण गरिएका उनले आफूलाई प्रमाणितसमेत गरेका छन् । ‘मलाई प्रशिक्षकले वान बल एट अ टाइम खेल्ने भूमिका दिनु भएको थियो । त्यहि गरें,’ भीमले पत्रकार सम्मेलनमा भने, ‘राष्ट्रिय टिम हामीले सोचे जस्तो सहज छैन । जहाँ टिमले चाह्यो त्यहाँ खेल्नुपर्छ ।’ उनले क्लबबाट खेल्दा शीर्ष क्रमको अनुभव भएकाले आफूलाई जुनसुकै नम्बरमा पनि सहज लाग्ने उनले बताए ।

मलेसियाली कप्तान अहमद फाइजले पहिलो ब्याटिङ गर्दा ५० रन कम भएको र नेपालले सहज रुपमा जितेको भन्दै बधाई दिए । ‘हामीले सुरुवात राम्रो गरिरहेका थियौं । तर, अन्त्यतिर धेरै डट बलहरु खायौं । २३५ हामीले दिएको पर्याप्त लक्ष्य थिएन । हामीले यो विकेटमा २८५ जति बनाउनुपर्ने थियो,’ उनले थपे, ‘नेपाल राम्रो गरिरहेको छ । उनीहरु मोटिभेटिभ छन् । हामीसँग खेल्न उनीहरुलाई सहज भयो ।’

समूहको दोस्रो खेलमा नेपालले ८ वैशाखमा ओमानको सामना गर्नेछ । यो खेलले एकदिवसीय अन्तर्राष्ट्रियको मान्यतासमेत पाउनेछ । नेपालले करिब एक वर्षपछि ओमानसँग एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दैछ । लिग टू अन्तर्गत अमेरिकामा भएको शृंखलाअन्तर्गत गतवर्ष ३१ जेठमा भएको पछिल्लो खेलमा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको थियो । यो नेपालका लागि ५०औं एकदिवसीय अन्तर्राष्ट्रिय खेलसमेत हो ।

‘ओमान एउटा उत्कृष्ट टिम हो । हामीले आफ्नो ५० औं एकदिवसीय पनि खेल्दैछौं । ओमानलाई जित्यौं भने समूहको शीर्षमा पुग्न सहज हुन्छ,’ कप्तान रोहित भन्छन् ।

Facebook Comments Box
Total Views: 0
रामेछापमा निर्वाचन सामग्री बोकेको मिनी ट्रक दुर्घटना, २ जनाको मृत्यु
चौपायाको कब्जामा बुटवलको सडक
बुढानिलकण्ठ मन्दिर परिसरका धार्मिक, सांस्कृतिक र शैक्षिक आयाम : एक विस्तृत रिपोर्ट
विश्वकप क्रिकेट : भारतसँग पहिलो जितको खोजीमा पाकिस्तान
चार वर्षमा गुल्मीका १४२ शिक्षकको राजीनामा
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

उजिरसिंह माविको एसईई नतिजा उत्साहजनक, गुणस्तरीय शिक्षातर्फ सफल यात्रा

सुनौली बसपार्कको सरसफाइ प्रश्नमा चिन्ता : अनुगमन कागजमै सीमित कि व्यवहारमा पनि?

सिरहामा २७६ किलो गाँजा बरामद, थप अनुसन्धान जारी

जापानमा रहेका गायक सन्तोष खत्री जापानी गीत सार्वजनिक गर्ने तयारीमा

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?