By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » सात दशकदेखि शिक्षा क्षेत्रमा अब्बल कान्ति मावि

सात दशकदेखि शिक्षा क्षेत्रमा अब्बल कान्ति मावि

News Desk
News Desk
२०८३ बैशाख २३, बुधबार २२:४०

बुटवल :- बुटवलको शैक्षिक इतिहाससँग अभिन्न रूपमा जोडिएको कान्ति माध्यमिक विद्यालय आज गुणस्तरीय शिक्षाको पर्याय बनेको छ। करिब सात दशक लामो यात्रामा विद्यालयले हजारौँ विद्यार्थीको भविष्य निर्माण गर्दै सामुदायिक विद्यालयप्रतिको धारणा बदल्न सफल भएको छ।

वि.सं. २००८ सालमा पुरानो बुटवलमा स्थापना भएको गणेश विद्या भवन प्राइमरी स्कुल र खस्यौलीमा सञ्चालनमा रहेको जनता विद्या भवन प्राइमरी स्कुललाई एकीकृत गर्दै वि.सं. २०१० साल पुस २ गते विद्यालयको औपचारिक यात्रा सुरु भएको थियो। समयक्रमसँगै विभिन्न नाम परिवर्तन हुँदै आएको विद्यालय हाल कान्ति माध्यमिक विद्यालयका रूपमा स्थापित छ।

विद्यालयले २०६४ सालदेखि कक्षा ११ र १२ सञ्चालन गर्दै आएको छ भने विज्ञान, व्यवस्थापन र शिक्षा संकायमा अध्यापन गराउँदै आएको छ। नियमित शिक्षाबाट बाहिरिएका विद्यार्थीलाई अवसर दिन खुला विद्यालयतर्फ कक्षा ८ र १० समेत सञ्चालन गरिएको छ। संस्कार र संस्कृति संरक्षणका लागि हालैदेखि संस्कृत विषयको अध्यापनसमेत सुरु गरिएको छ।

कान्ति मावि अहिले प्रविधिमैत्री शिक्षण प्रणाली अपनाउने अग्रणी सामुदायिक विद्यालय बनेको छ। स्मार्ट बोर्ड, डिजिटल अभिलेख व्यवस्थापन, कम्प्युटर सफ्टवेयरमार्फत प्रशासनिक काम, हाईस्पिड इन्टरनेटसहितको कम्प्युटर ल्याब र आधुनिक विज्ञान प्रयोगशालाले विद्यालयलाई थप व्यवस्थित बनाएको छ।

हाल विद्यालयमा ५ हजार ८०४ विद्यार्थी अध्ययनरत छन् भने २३५ जना शिक्षक–कर्मचारी कार्यरत छन्। विद्यालयले १८ वटा बसमार्फत टाढाटाढाका विद्यार्थीलाई सहज यातायात सुविधा उपलब्ध गराउँदै आएको छ।

विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र (आईएसओ) प्राप्त गरेर नेपालकै पहिलो आईएसओ प्रमाणित सामुदायिक विद्यालय बन्ने गौरव हासिल गरेको छ। यससँगै एसएलसी तथा एसईई परीक्षामा प्रदेश र राष्ट्रियस्तरमा उत्कृष्ट नतिजा ल्याउँदै आफ्नो शैक्षिक क्षमता प्रमाणित गर्दै आएको छ।

एमबीबीएस, इञ्जिनियरिङ, नर्सिङ, कृषि, सीए, बीबीएलगायतका क्षेत्रमा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने धेरै विद्यार्थी उत्पादन गरेको कान्ति माविले सामुदायिक विद्यालय पनि उत्कृष्ट हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।

विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीका अनुसार आर्थिक चुनौतीका बाबजुद सबै पक्षको सहकार्यले विद्यालयलाई यो उचाइमा पुर्‍याउन सम्भव भएको हो। व्यवस्थापन समितिका अध्यक्ष जीवनप्रसाद वझाले विद्यालयलाई अझ नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताएका छन्।

इतिहास, उपलब्धि, आधुनिकता र शैक्षिक उत्कृष्टताको संगम बनेको कान्ति माध्यमिक विद्यालय बुटवलको मात्र होइन, समग्र लुम्बिनी प्रदेशकै शैक्षिक गौरवका रूपमा स्थापित हुँदै गएको छ।

Facebook Comments Box
Total Views: 0
दुर्गाको मूर्ति विसर्जन गर्न गएका २ जनाको डुबेर मृत्यु
गुल्मीकाे छत्रकाेटमा आगाे निभाउने क्रममा एक वृद्ध घाइते
सामाजिक सञ्जालमा मात्र नअड्कन कांग्रेस कार्यकर्तालाई थापाको आग्रह
कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण,सुतक दिउँसो ४:१९ बजेदेखि सुरू हुने
कृष्णनगर भन्सार कार्यालय एक्शनमा, अबैध कारोबारीलाई पक्राउ पुर्जी
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

कार्यान्वयनयोग्य योजना मात्रै बजेटमा समेट्न मुख्यमन्त्री आचार्यको निर्देशन, मगर र थारु भाषालाई सरकारी मान्यता दिन माग

आयोग खारेजीले रुपन्देहीका हजारौँ सुकुम्बासी अन्योलमा, लालपूर्जा वितरण प्रक्रिया प्रभावित

भोगाधिकारमा रहेका सरकारी जग्गा र संरचना तत्काल खाली गर्न सरकारको निर्देशन

गुणस्तरीय शिक्षाको भरोसा बन्दै नवीन औद्योगिक कदरबहादुर रिता मावि

सात दशकदेखि शिक्षा क्षेत्रमा अब्बल कान्ति मावि

कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार, एक युवकको मृत्यु

सार्वजनिक भयो भावनात्मक नेपाली गीत ‘आधा मन’

स्थानीय तहलाई मालपोत सेवा दिने कानुनी बाटो खुल्यो

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?