By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CLICK BULLETIN
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
CLICK BULLETINCLICK BULLETIN
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » उजिर सिंह माध्यमिक विद्यालयमा गुणस्तरीय शिक्षामा जोड

उजिर सिंह माध्यमिक विद्यालयमा गुणस्तरीय शिक्षामा जोड

News Desk
News Desk
२०८२ पुष २१, सोमबार २०:१९

बुटवल :-बुटवल–२ मा रहेको उजिर सिंह माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीको सुरक्षा तथा समग्र विकासलाई प्राथमिकतामा राख्दै पठन–पाठन सञ्चालन गर्दै आएको छ।

विद्यालय प्रशासनका अनुसार यहाँ पाठ्यपुस्तकमा सीमित नभई व्यावहारिक, नैतिक तथा जीवनोपयोगी शिक्षामा जोड दिइँदै आएको छ। कक्षा शिक्षासँगै अनुशासन, समयपालन, सामूहिक भावना र सामाजिक चेतनालाई व्यवहारमै उतार्न विभिन्न सह–पाठ्यक्रम गतिविधि, खेलकुद तथा सिर्जनात्मक कार्यक्रमहरू सञ्चालन गरिँदै आएका छन्।


विद्यालयका प्रधानाध्यापक पदम राज ज्ञवालीले विद्यार्थीलाई सुरक्षित, अनुशासित र सिकाइमैत्री वातावरण प्रदान गर्नु विद्यालयको मुख्य लक्ष्य रहेको बताए।

“विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनुका साथै स्वास्थ्य सचेतना, सरसफाइ र जीवनोपयोगी शिक्षामा विशेष ध्यान दिइएको छ,” उनले भने।

प्रधानाध्यापक ज्ञवालीका अनुसार विद्यालय परिसरमा विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न शिक्षक, अभिभावक तथा सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको छ। साथै भौतिक पूर्वाधार सुधार, प्रविधिमैत्री कक्षा सञ्चालन, डिजिटल शिक्षण सामग्रीको प्रयोग र दक्ष जनशक्ति विकासमा पनि विद्यालयले जोड दिँदै आएको छ।

विद्यालयको पठनपाठन र शैक्षिक वातावरणप्रति अभिभावकहरू सन्तुष्ट देखिन्छन्। अभिभावकहरूको नियमित सहभागिता र अभिभावक–शिक्षक संवादले विद्यार्थीको सिकाइ प्रक्रिया अझ प्रभावकारी बन्दै गएको विद्यालयको भनाइ छ।

शिक्षा केवल कक्षा कोठाभित्र सीमित नहुने मान्यतासहित उजिर सिंह माध्यमिक विद्यालयले भविष्यका लागि सक्षम, सचेत र जिम्मेवार नागरिक उत्पादन गर्ने लक्ष्यका साथ शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको छ।

Facebook Comments Box
Total Views: 0
लायन्स क्लब अफ बुटवल सेन्ट्रलको १३औँ कन्भेन्सन सम्पन्न, कृष्ण बन्धु अर्याल अध्यक्षमा निर्वाचित हुनुभएको छ
भीपीएनबाट टिकटक चलाउँदा ह्याकरले साढे २ लाख लगेको भाइरल पोस्ट झुटो
उद्योगी–व्यवसायीले कांग्रेसका पौडेललाई मत दिन अपिल
धनुषामा सर्वदलीय–सर्वपक्षीय बैठक आज, अवस्था सहज बनाउन सद्भाव र्‍याली निकाल्ने तयारी
लायन्स क्लब अफ बुटवल लायन्स क्लब अफ भृकुटी प्याराडाईजको स्थापना
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया3
दुखि0
खुशी1
निद्रा0
रिस1
ओख्खो0

थप समाचार

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको सभापतिमा पत्रकार कपिल ज्ञवाली निर्वाचित

२०८३ कार्तिक २९, आईतवार २३:५६

शिवपुर माविका पूर्व प्रधानाध्यापक एवं शिक्षक केशव भण्डारीको निधन

२०८३ कार्तिक २९, आईतवार १७:०३

रोयल्टीमा कस्तुप पन्तको दबदबा, पाए सर्वाधिक ४ लाख रुपैयाँ

प्रयोगकर्ताको अनुमतिबिना फोटो ग्यालरीमा पहुँच गरेको भन्दै फेसबुकलाई इटालीले १ खर्ब ३३ अर्ब रुपैयाँ जरिबाना

भृकुटीमण्डपमा मंसिर ४ देखि अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी, प्रवेश निःशुल्क

१३ वर्षीय विश्वको बाँसुरीको धुनले जित्दैछ सबैको मन

सामाजिक सुरक्षा कोषमा झन्डै १ खर्ब ३० अर्ब रुपैयाँ सङ्कलन

संस्कृति संरक्षणसँगै सामाजिक सेवामा रुद्रगणको देउसी अभियान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?