By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » बुटवलमा गर्भपतन क्रममा महिलाको मृत्यु, खत्री नर्सिङ होम क्षेत्रमा तनाव

बुटवलमा गर्भपतन क्रममा महिलाको मृत्यु, खत्री नर्सिङ होम क्षेत्रमा तनाव

News Desk
News Desk
२०८३ बैशाख ८, मंगलवार १७:१९

बुटवल :- पाल्पाको बगनासकाली गाउँपालिका–२ की गीता पाण्डेको बुटवलमा गर्भपतन गराउने क्रममा मृत्यु भएपछि खत्री नर्सिङ होम आसपासको क्षेत्र तनावग्रस्त बनेको छ। घटनापछि स्थानीयवासी र आफन्त आक्रोशित बनेपछि केही समय स्थिति तनावपूर्ण बनेको हो।

परिवारका अनुसार पाण्डेले निजी क्लिनिकहरूको ‘घनचक्कर’कै बीच ज्यान गुमाएकी हुन्। उनी नियमित गर्भ परीक्षणका लागि खत्री नर्सिङ होम जाँदै आएकी थिइन्। चैत २७ गते गरिएको भिडियो एक्स–रेमा गर्भको अवस्था असामान्य देखिएको भन्दै चिकित्सकको सल्लाहमा उनले गर्भपतन गर्ने निर्णय लिएकी थिइन्।

वैशाख ५ गते उपचारका लागि बुटवल पुगेकी उनलाई खत्री नर्सिङ होमबाट जोनल फार्मेसी पठाइएको थियो, त्यहाँ औषधिमार्फत गर्भपतन गराउने प्रक्रिया सुरु गरिएको थियो। राति र बिहान गरी दुई चरणमा औषधि सेवन गराइए पनि अवस्था सुधार नभएपछि उनलाई इन्दुलेखा क्लिनिक लगिएको थियो।

त्यहाँ पनि औषधि प्रयोग गरेर गर्भपतन गराउने प्रयास गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। लगातार औषधि प्रयोगपछि स्वास्थ्य अवस्था गम्भीर बनेपछि अन्ततः उनलाई लुम्बिनी सिटी अस्पताल पुर्‍याइएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रारम्भिक तथ्यले विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीबिना विभिन्न स्थानमा असुरक्षित तरिकाले औषधि प्रयोग गरिएको देखाएको छ, जसले घटनामा गम्भीर लापरबाही भएको आशंका बलियो बनाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तव का अनुसार मृतकका श्रीमानले जाहेरी दिएपछि अनुसन्धान सुरु गरिएको छ। घटनामा संलग्न फार्मासिस्ट र सञ्चालकहरूलाई नियन्त्रणमा लिइएको छ भने आवश्यक परे अन्य व्यक्तिलाई पनि अनुसन्धानको दायरामा ल्याइने प्रहरीले जनाएको छ।
प्रहरीले घटनासँग सम्बन्धित तीन जनालाई पक्राउ गरिसकेको छ। अनुसन्धानका क्रममा इन्दुलेखा क्लिनिक दर्ता नै नभएको समेत खुलेको छ।

घटनापछि खत्री नर्सिङ होम क्षेत्रमा स्थानीयको भीड बढेको र सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ। स्थिति नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ।

सरोकारवालाहरूका अनुसार बुटवल क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका क्लिनिक तथा फार्मेसीहरूको संख्या बढ्दै गएको छ। आवश्यक मापदण्ड, स्वीकृति र दक्ष चिकित्सकको निगरानीबिना सेवा दिँदा यस्ता जोखिमपूर्ण घटना दोहोरिने खतरा बढिरहेको छ।यस घटनाले स्वास्थ्य सेवा क्षेत्रको नियमन, अनुगमन र उत्तरदायित्वमाथि गम्भीर प्रश्न खडा गरेको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
मारवाडी महिला मञ्च रुपन्देहीद्वारा सुर्योदय आधारभूत विद्यालयलाई शैक्षिक तथा खाद्यान्न सहयोग
बुटवल–०९ तिनकुनेमा योमरी खाना महोत्सव सम्पन्न
ग्रामीण सडक परियोजनाः करिब ५ योजना अनुगमनमा, केहीमा ढिलाइ र गुणस्तर समस्या
वडाको धार्मिक भ्रमणले जेष्ठ नागरिक हर्षित वडाअध्यक्ष सहित जनप्रतिनिधिको प्रशंसा ।
उज्यालो पार्टीका उम्मेदवार थापाद्वारा चुनावी खर्च सार्वजनिक
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?