काठमाडौं। मोरङ र झापाबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन्।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार, झापाको गौरीगञ्ज गाउँपालिका–२, बाहुन टोल बाट कमल गाउँपालिका–४, साधु टोल का ३३ वर्षीय राजेश नेम्वाङ ब्राउन सुगरसहित पक्राउ परेका हुन्।

त्यस्तै, विराटनगर महानगरपालिका–१६, दरैया बाट सुनसरीको धरान उपमहानगरपालिका–११ का २७ वर्षीय रिचन्द लिम्बु र २४ वर्षीय तेन्जिङ शेर्पा खैरो हेरोइनसहित पक्राउ परेका हुन्।
प्रहरीका अनुसार उनीहरू भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बेला नियन्त्रणमा लिइएको हो र आवश्यक कारबाही अघि बढाइएको छ।
![]()
Facebook Comments Box

