By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » सामाजिक सञ्जालमा मात्र नअड्कन कांग्रेस कार्यकर्तालाई थापाको आग्रह

सामाजिक सञ्जालमा मात्र नअड्कन कांग्रेस कार्यकर्तालाई थापाको आग्रह

News Desk
News Desk
२०८२ फाल्गुन १५, शुक्रबार १३:१७

बुटवल :- नेपाली कांग्रेस का सभापति गगनकुमार थापा ले पार्टीका नेता–कार्यकर्तालाई सामाजिक सञ्जालमा मात्र सीमित नबस्न आग्रह गरेका छन्।

रूपन्देहीको बुटवलमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले निर्वाचनको मिति नजिकिँदै गएको उल्लेख गर्दै घर–घर पुगेर प्रत्यक्ष संवाद गर्न निर्देशन दिए।

‘पार्टीका तमाम साथीहरूलाई मेरो आग्रह छ– केही दिनमात्र बाँकी छ। नअलमलिनुस् कोही पनि साथीहरू। घर–घर जानुस्,’ सभापति थापाले भने, ‘तपाईंहरू सामाजिक सञ्जालमा आफ्नो कुरा राख्नुस्। तर, सामाजिक सञ्जालमा मात्र अड्केर नबस्नुस्।’


सभापति थापाले कांग्रेसको सबैभन्दा ठूलो शक्ति संगठन भएको उल्लेख गर्दै कार्यकर्तालाई सक्रिय रूपमा प्रचार–प्रसारमा लाग्न आग्रह गरे। ‘हाम्रो सबैभन्दा ठूलो ताकत भनेको संगठनको ताकत हो।

तपाईंको गोडा चलाउनुस्, घर–घर पुग्नुस्। तपाईंको हात चलाउनुस्, गएर ढोग्नुस्। तपाईंको मुख चलाउनुस्, गएर संवाद चलाउनुस्। नौजवानहरूको कुरा सुन्नुस्,’ उनले भने।

नवयुवासँग संवाद गर्दा सुरुवातमा आलोचना वा गालीसमेत हुन सक्ने भन्दै उनले धैर्यपूर्वक संवाद गर्न सुझाव दिए। ‘उनीहरूले पहिला दुई लाइन गाली गर्लान्। उनीहरूसँग राम्रोसँग संवाद गर्नुस्,’ उनले भने, ‘उनीहरूलाई बताउनुस्– यो कांग्रेस अधिवेशनबाट एउटा नयाँ संकल्प गरेर आएको छ।’

विशेष महाधिवेशनबाट विगतका राम्रा अभ्यासलाई निरन्तरता दिँदै खराब पक्ष त्याग्ने प्रतिबद्धता पार्टीले लिएको उल्लेख गर्दै उनले कांग्रेसलाई एक अवसर दिन आग्रह गरे। ‘यो कांग्रेसले ५ वर्षभित्र परिणाम दिने प्रतिज्ञा गरेर आएको छ। यो कांग्रेसले मौका पाउनुपर्छ,’ उनले भने।

थापाले उत्तेजनाको राजनीतिमा नबहकिन चेतावनी दिँदै सामाजिक सञ्जाल र युट्युब–फेसबुकका सामग्रीबाट भ्रमित नहुन आग्रह गरे। ‘यो टेलिफोनले धेरैलाई झुक्याएको छ। धेरै भ्रममा नपरौं,’ उनले भने।
विदेशमा रहेका नेपाली नागरिकसँग पनि सहयोगको अपेक्षा गर्दै उनले सबैलाई एकजुट भएर शक्तिशाली संगठन निर्माण गर्न आह्वान गरे। ‘हामी यो देशमा केही गर्छौं, गर्न सक्छौं भनेर माटोमा खुट्टा जमाएर बसेका हौं,’ सभापति थापाले भने।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
पत्रकारले तोकेअनुसारको पारिश्रमिक पाउनुपर्छ : मन्त्री शर्मा
ऋण काढेर खर्च धान्ने बाध्यतामा सरकार, ५ महिनामा १ खर्ब ३१ अर्ब उठाइयो
वडा १९ मा विकास, स्वास्थ्य र सेवा प्रवाहलाई प्राथमिकता : वडा सचिव काफ्ले
हर्मुज जलसन्धि संकटपछि विश्व अर्थतन्त्रमा कम्पन, नेपालमा समेत प्रभाव पर्ने संकेत
रुकुम पूर्वमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु र २ घाइते
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

चौथो विशाल राष्ट्रिय तीज म्युजिक अवार्ड सम्पन्न, १८ विधामा अवार्डसँगै नारी स्रष्टा तथा कलाकारलाई सम्मान

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?