By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » बुटवलमा काँग्रेसको वृहत् चुनावी सभा भोलि, गगन थापाले सम्बोधन गर्ने

बुटवलमा काँग्रेसको वृहत् चुनावी सभा भोलि, गगन थापाले सम्बोधन गर्ने

News Desk
News Desk
२०८२ फाल्गुन १४, बिहीबार १२:४६

बुटवल:- यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेस ले भोलि बुटवलमा वृहत् चुनावी सभा आयोजना गर्ने भएको छ।

रुपन्देही केन्द्रित उक्त सभा बुटवलको देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पस बाहिरको खुला चौरमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुने कार्यक्रम तय गरिएको छ। सभालाई पार्टीका सभापति तथा भावी प्रधानमन्त्रीका उम्मेदवार गगनकुमार थापा ले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ।सभामा उनले वर्तमान राजनीतिक अवस्था, लोकतान्त्रिक सुदृढीकरण, सुशासन, रोजगारी सिर्जना, युवा सहभागिता तथा आर्थिक रूपान्तरणका विषयमा पार्टीको धारणा प्रस्तुत गर्ने जनाइएको छ।


नेपाली काँग्रेस रुपन्देही–२ का सभापति प्रजापाल गिरीका अनुसार रुपन्देहीमा काँग्रेसको पक्षमा जनलहर देखिएको छ। उनले भोलिको सभाले त्यसको स्पष्ट सन्देश दिने दाबी गरे। सभामा जिल्लाभरबाट नेता–कार्यकर्ता, शुभेच्छुक तथा मतदाताहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

काँग्रेसले लोकतन्त्रको रक्षा, विकास निर्माणमा तीव्रता, उद्योग–व्यवसाय प्रवर्द्धन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने एजेन्डासहित चुनावी अभियान अघि बढाएको जनाएको छ। प्रधानमन्त्रीका उम्मेदवारसमेत रहेका पार्टी सभापतिसहित शीर्ष नेताहरूको उपस्थितिले स्थानीय उम्मेदवारहरूको जित सुनिश्चित गर्न थप ऊर्जा र उत्साह मिल्ने विश्वास लिइएको नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाण ले बताए।

रुपन्देहीका ५ निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसबाट क्षेत्र नं. १ मा हिराबहादुर खत्री, २ मा चुन्नप्रसाद शर्मा पौडेल, ३ मा सुशील गुरुङ, ४ मा आसुतोष मिश्रा र ५ मा भरतकुमार शाह उम्मेदवार रहेका छन्।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
गुल्मी मुसिकोटमा गंगा शेरचनको हत्या गर्ने तीन जना कारागार चलान
लिपुलेक हुँदै कैलाश यात्रा सञ्चालनबारे नेपालले भारत र चीनलाई कूटनीतिक पत्र पठायो
रुपन्देहीको तिलोत्तमामा मजदूरहरुबीच झडप ।
शिक्षा समन्वय इकाई रुपन्देहीको सरकारी गाडी दुरुपयोग भएपछि प्रहरीले लियो नियन्त्रणमा
पाल्पामा ट्याक्सी दुर्घटना हुँदा ५ जना घाइते
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?