काठमाडौं :-महानायक राजेश हमालले आफ्नो लण्डन भ्रमणका क्रममा खिचिएको तस्वीर तोडमोड गरी सामाजिक सञ्जालमा भोट माग्न प्रयोग गरिएको भन्दै आश्चर्य व्यक्त गरेका छन्।


हास्दै प्रतिक्रिया दिँदै हमालले भने, “मेरो लण्डन जाँदा खिचेको तस्वीर सम्पादन गरेर भोट मागिएको पोस्ट देख्दा म आफैं अचम्ममा परेँ।” आफू कुनै राजनीतिक गतिविधिमा संलग्न नरहेको स्पष्ट पार्दै उनले आफ्नो तस्वीरको दुरुपयोग गरिएकोप्रति असन्तुष्टि जनाए।
सामाजिक सञ्जालमा ती तस्वीरहरू भाइरल भएपछि हमालको नाम जोडेर विभिन्न अड्कल र टिप्पणीहरू भइरहेका छन्। तर उनले यसलाई केवल तोडमोड गरिएको प्रचार सामग्री मात्र भएको स्पष्ट पारेका छन्।

महानायक हमालको भनाइपछि सामाजिक सञ्जालमा तस्वीरको दुरुपयोग र सेलिब्रिटीको छवि प्रयोग गरी गरिने राजनीतिक प्रचारप्रति प्रश्न उठ्न थालेको छ।
Facebook Comments Box

