By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » तथ्याङ्क कार्यालय रुपन्देही : सेवा प्रवाहमा सुधारको प्रयास, चुनौती भने उस्तै

तथ्याङ्क कार्यालय रुपन्देही : सेवा प्रवाहमा सुधारको प्रयास, चुनौती भने उस्तै

News Desk
News Desk
२०८२ पुष ३, बिहीबार २०:२४

रुपन्देही :- जिल्लाका नागरिकलाई अत्यावश्यक सेवा प्रदान गर्ने महत्वपूर्ण सरकारी निकायका रूपमा रहेको तथ्याङ्क कार्यालय, रुपन्देही ले सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन पछिल्लो समय विभिन्न सुधारका प्रयास अघि बढाएको छ।

कार्यालयको वर्तमान अवस्था, सेवा प्रवाह, देखिएका समस्या र आगामी योजनाबारे कार्यालय प्रमुख विपिन कुमार पाजियारसँग गरिएको कुराकानीले कार्यालयभित्रको वास्तविक अवस्था उजागर गरेको छ।

कुराकानीका क्रममा कार्यालय प्रमुख पाजियारले सेवाग्राहीलाई सहज, छरितो र विश्वासयोग्य सेवा दिने उद्देश्यका साथ कार्यालय सक्रिय रूपमा काम गरिरहेको बताउनुभयो। सेवाग्राहीको समय र झन्झट कम गर्ने लक्ष्यसहित प्रक्रियागत सुधार, कर्मचारी परिचालन तथा व्यवस्थापनमा विशेष ध्यान दिइएको उहाँको भनाइ छ।

उहाँका अनुसार कार्यालयमा सेवाग्राहीको चाप दिनप्रतिदिन बढ्दै गएको छ। सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद पनि नागरिकले समयमै सेवा पाउन सकून् भन्ने उद्देश्यले प्राथमिकताका आधारमा काम भइरहेको छ।
“नागरिकको विश्वास नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो,” उहाँले भन्नुभयो, “त्यसैले सेवा प्रवाहमा ढिलासुस्ती हुन नदिन हामी निरन्तर प्रयासरत छौँ।”

कुराकानीमा कार्यालय प्रमुख पाजियारले कार्यालयले भोगिरहेका चुनौतीहरू पनि खुलेर प्रस्तुत गर्नुभयो। जनशक्ति अभाव, सेवासम्बन्धी जानकारीको कमी, प्रक्रियागत जटिलता तथा सीमित भौतिक संरचना प्रमुख समस्या रहेको उहाँले स्वीकार गर्नुभयो। हाल कार्यालय साँघुरो र सीमित स्थानमा सञ्चालन भइरहेकाले सेवाग्राही र कर्मचारी दुवैलाई असहज भइरहेको अवस्था रहेको बताइयो।

यद्यपि, यी चुनौती समाधानका लागि सरोकारवाला निकायसँग समन्वय, कर्मचारीको क्षमता अभिवृद्धि तथा प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखिएको उहाँले जानकारी दिनुभयो। सेवाग्राहीमैत्री वातावरण सिर्जना गर्न गुनासो सुनुवाइ प्रणालीलाई सक्रिय बनाइएको र नागरिकका सुझावलाई कार्यान्वयनमा लैजाने प्रयास भइरहेको पनि उहाँको भनाइ छ।

तथ्याङ्क कार्यालय रुपन्देहीले कपिलवस्तु, रुपन्देही र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) कार्यक्षेत्र समेट्दै सेवा दिँदै आएको छ। व्यापक कार्यक्षेत्रका कारण पनि सेवाग्राहीको चाप बढी रहेको कार्यालयको भनाइ छ।

अन्त्यमा कार्यालय प्रमुख पाजियारले आगामी दिनमा सेवा अझ सरल, छरितो र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
“नागरिकको अपेक्षा पूरा गर्न कार्यालय सधैँ जिम्मेवार भएर काम गर्नेछ,” उहाँले विश्वास व्यक्त गर्नुभयो।

Loading

Facebook Comments Box
पाल्पामा ससुराली गएका सुवेदी मृत फेला
संसदीय समितिमा छलफल : विश्वविद्यालयमा प्रधानमन्त्रीलाई कुलपति नराखौं
तिनाउमा पौडी खेल्दा डुबेर युवकको मृत्यु
गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजको नया वर्ष २०८० सालको भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न
भैरहवामा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?