By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » भैरहवा नाकामा गाडी समातिदा तस्कर खोई ?

भैरहवा नाकामा गाडी समातिदा तस्कर खोई ?

News Desk
News Desk
२०८० भाद्र १४, बिहीबार १३:२६

बुटवल :- नेपालको दोश्रो ठुलो भन्सार नाकाको रुपमा रहेको भैरहवा भन्सार नाकाले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसक्नुमा बढदै गएको तस्करी हो भन्ने घटनाक्रमले पुष्टि गर्दै गएको छ।

पछिल्लो समय एकपछि अर्को गरी तस्करीमा सम्लग्न मालबाहक सवारी साधनहरु पक्राउ पर्न थालेपछि भैरहवाबाट ठुलो मात्रामा तस्करी हुदा लक्ष्य अनुसार राजस्व संकलन नभएको देखिएको छ।

भैरहवा भन्सार कार्यालयले हरेक बर्ष लक्ष्य तोक्ने कार्य समेत घटाउदै लगेपनि २०७८ पुसदेखी यता लक्ष्यअनुसारको राजश्व असुल गर्न सकेको छैन्। केही बर्ष पहिले सम्म बेलहिया स्थीत भैरहवा भन्सार नाकाबाट भारतीय सामानहरुको तस्करी हुने गरेको भएपनि पछिल्ला बर्षहरुमा तेश्रो मुलुकबाट आयात हुने सामग्रीहरुको तस्करी निरन्तर उकालो लाग्दो अवस्थामा छ।

जेठको दोस्रो साता भन्सार एजेन्ट समेतको मिलोमतोमा कीर्ते प्रज्ञापन मार्फत भन्सार पास गराउन खोज्दा कार्यालयको ४ नम्बर गेटबाट एक ट्रक माछा बरामद भएको थियो। उक्त घटना सार्वजनिक भएपछि भन्सार कार्यालयले १० जना अरोपितलाई पक्राउ गरि कारबाही थाल्यो। तर सेटिङमा पोख्त तस्करहरुले गएको असारमा समेत  प्याजसहितको मालबाहक ट्रक भन्सार जाँच पास बिनै बाहिरिन खोज्दा पक्राउ पर्यो ।

भारतीय नम्वर प्लेट रहेको युपी ३१ टी ९९४१ नम्बरको प्याजसहितको ट्रक भन्सारको दोस्रो गेटबाट बाहिरिनै लाग्दा कीर्ते कागज भएको आशंकामा टर्मिनलले रोकेको थियो।

बिहीबार प्लाष्टिकको दाना भनेर भित्र्याइएको ट्रकमा फरक सामान पाइयो। भन्सार परिसर प्रवेश गर्दा गेटमा स्वघोषणा गरिएको भन्दा फरक सामान पाइएपछि भैरहवा भन्सार कार्यालयले सामानसहित नेपाली र भारतीय ट्रक अनुसन्धानका लागि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको समयमा सोमबार फेरी सोही प्रकृतिको घटना बाहिरिएको छ।

यि सवै काममा एउटै गिरोह सक्रिय रहेको भन्सारमा कार्यरत कर्मचारीहरु बताउछन्। घटनाका सम्वन्धमा अनुसन्धान भई रहेका कारण हामीले केही बोल्न मिलेन यत्ती बुझ्नुस प्याज ल्याउने, माछा ल्याउने र प्लाष्टिकको दाना भनेर कपडा ल्याउने गिरोह एउटै हो र शक्तिसाली छ।

भन्सार  कार्यालय श्रोतका अनुसार गत आइतबार राति औषधिको कच्चा पदार्थ भनि भन्सार परिसरमा भित्रिएको ट्रकमा ३७ पोका कपडा भेटिएको छ। डिएल १ जिसी ४४४६ नम्बरको ट्रक परिसरमा प्रवेश गरि भन्सारका लागि प्रक्रियामा आएको थियो।

भन्सारका कर्मचारीले ३ दिनदेखि सामान देखाउनका लागि भने पनि आनाकानी गरेको पाएपछि शंका लागेर जाँच गर्दा कपडा र जुत्ता चप्पल भेटिएको भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले जानकारी दिए। त्यो घटनामा युपी ८४ टी ५३४७ नं को ट्रकको पनि संलग्नता पाइएको छ ।

उनका अनुसार घटनामा संलग्न भएको आशंकामा एकजना भन्सार एजेन्टसहित दुईजनालाई पक्राउ गरिएको छ। उक्त ट्रकभित्र रहेका कपडाका पोकामा रक्सौल नाका कोड गरिएकोले उक्त सामान काठमाडौं आसपासको हुन सक्ने भन्सार कार्यालयले आंकलन गरेको छ।

समान्यतया काठमाण्डौका लागि आयात हुने समान रक्सौल या बिरगन्ज नाकाबाट भित्रीदै आएको भएपनि पछिल्लो समय केही मालबाहक ट्रकहरु निरन्तर भैरहवा भन्सार हुदै प्रवेश गर्नुले पनि  भित्रैका केही व्यक्तिको सेटिङमा सामान तस्करी भईरहेको भन्ने आशंका लाई बल दिएको छ।  भन्सारले गाडी समात्दै गएपनि छिटफुट बाहेक ति सामान र सवारी साधनका मुख्यधनीले भने उन्मुक्ती पाउदै आएका छन्।

आइतबार बेलुका भन्सार गेटबाट प्रवेश गरेको उक्त ट्रकभित्र तोकिएभन्दा फरक सामान रहेको भन्ने गोप्य सूचनाको आधारमा निगरानीमा राखिएको प्रमुख भन्सार अधिकृत पौडेलको भनाइ छ। राति साढे १० बजे सामानको प्रकृति चेकजाँच गर्ने क्रममा पोका खोल्न आलटाल गरेपछि सोमबार बिहानै चेकजाच गर्ने भनि कर्मचारी घर लागेको र यही मौका छोपी ट्रकभित्र रहेका १९ वटा पोका रातारात अर्को ट्रकमा स्तानान्तरण गरेका थिए।

साेमबार बिहान अघिल्लो दिन भने जति सामान नपाईपछि सतर्क रहेका भन्सारका केही कर्मचारीहरुले खोज्दै जादा उक्त ट्रकभित्र रहेका कपडाका १९ वटा पोका युपि ८४ टी ५३४७ नम्बरको ट्रकमा फेला परेकाले दुवै ट्रकलाई नियन्त्रणमा लिईएको पौडेलले जानकारी दिए।

भन्सार प्रमुख पौडेलका अनुसार उक्त घटनाको अनुसन्धानको क्रममा केही व्यक्तिको नाम आएकोले उनीहरुको खोजीको काम भइरहेको छ। शंकास्पद र केही पुष्टि भएका तस्करको विवरणसहित सीआईबीलाई अनुसन्धानका लागि पठाइएको छ पौडेलले भने। यसमा ठुलो गिरोहको संलग्नता रहेकोले यसलाई संगठित अपराधमा मुद्दा दर्ता गरेर सीआईबीलाई अनुसन्धानका लागि जिम्मा दिने तयारी  भन्सारको छ।

 

पाैडेलले भन्सारका कर्मचारी वा अन्य सम्बन्धित व्यक्तिहरुका विषयमा पनि मोबाइल कल डिटलदेखि सीसीटीभी क्यामेराका फुटेज गहिरो अनुसन्धान सुरु गरिएको उनको बताए।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
भैरहवा भन्सारमै समातियो विना भन्सारको मालवाहक ट्रक
लक्की फिल्मी अवार्डमा कलाकार सहित उत्कृष्ट काम गरेकाहरु पनि सम्मानित हुने
तिनाउमा पौडी खेल्दा डुबेर युवकको मृत्यु
चुनावी प्रचारमा भौतिक ‘घण्टी’ निषेध, आयोगको कडा सन्देश
‘प्रधानमन्त्री छान्ने विषयमा गम्भीर बनौं’ – काँग्रेस नेताहरूको मतदातालाई आग्रह
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?