By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » तिलोत्तमामा ऐतिहासिक मेला: जनचासो बढेपछि ४ दिन अवधि थप

तिलोत्तमामा ऐतिहासिक मेला: जनचासो बढेपछि ४ दिन अवधि थप

News Desk
News Desk
२०८२ पुष १, मंगलवार २२:१७

बुटवल:- तिलोत्तमा नगर क्षेत्रमा सञ्चालन हुँदै आएको ऐतिहासिक तिलोत्तमा मेला यस वर्ष पनि उल्लेख्य जनसहभागितासहित उल्लासपूर्वक अगाडि बढिरहेको छ। सुरुआती तालिकाअनुसार निश्चित समयसम्म मात्र सञ्चालन हुने भनिएको मेला दर्शक र सहभागीको अत्यधिक चासोका कारण आगामी पुस ४ गतेसम्म थप सञ्चालन गरिने भएको छ।

मेलाबारे जानकारी दिँदै मेला व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर घर्तीले स्थानीयवासी मात्र नभई छिमेकी पालिकाबाट समेत उल्लेख्य सहभागिता देखिएको बताए।

“दैनिक हजारौँ दर्शकको आगमन, व्यापारीको सक्रियता र खेलकुद तथा सांस्कृतिक कार्यक्रमप्रतिको बढ्दो आकर्षणका कारण मेलाको अवधि थप गर्ने निर्णयमा पुग्यौँ,” अध्यक्ष घर्तीले बताए।

मेलाको मुख्य आकर्षणका रूपमा वडा भलिबल प्रतियोगिता रहेको छ। विभिन्न टिमबीच भइरहेको प्रतिस्पर्धाले युवायुवतीलाई खेलकुदप्रति आकर्षित गरेको छ। यसका साथै प्रतियाेगितामा, गीत–संगीत, लोकनृत्य तथा विविध सांस्कृतिक प्रस्तुतिले मेलालाई अझ जीवन्त बनाइरहेका छन्।

स्थानीय कलाकारदेखि आमन्त्रित प्रस्तोतासम्मका प्रस्तुतिले तिलोत्तमाको मौलिक संस्कृति संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याएको आयोजकको भनाइ छ।

मेलाले स्थानीय व्यापारी र साना उद्यमीलाई राम्रो अवसर दिएको छ। खाद्य परिकार, कृषि उपज, हस्तकलाका सामग्री तथा घरेलु उत्पादनको बिक्री उल्लेख्य रूपमा बढेको छ। मेलामा राखिएका स्टलहरूले स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउने प्रभावकारी माध्यमको काम गरिरहेका छन्।

मेला सफल बनाउन तिलोत्तमा नगरपालिका, स्थानीय संघ–संस्था, स्वयंसेवक तथा सुरक्षाकर्मीको सक्रिय भूमिका देखिएको छ। सरसफाइ, सुरक्षा र व्यवस्थापनलाई प्राथमिकतामा राख्दै मेला सञ्चालन भइरहेको आयोजक समितिले जनाएको छ।

अध्यक्ष घर्तीका अनुसार, “यो मेला केवल मनोरञ्जनको साधन मात्र होइन, स्थानीय संस्कृति, खेलकुद र आर्थिक गतिविधिलाई एकै ठाउँमा जोड्ने साझा मञ्च हो।”

मेलाको अवधि थपिएसँगै अझ धेरै दर्शकको सहभागिता हुने अपेक्षा गरिएको छ। तिलोत्तमा मेला अहिले नगरको पहिचान, सामूहिक उत्सव र सामाजिक एकताको प्रतीक बन्दै गएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
तस्करी गरिएकाे ६४ बोरा चिनी बरामद
राहत सामग्री बोकेर नेपाल आइपुगे बलिउड अभिनेता सोनु सुद
प्रभातफेरी आयोजना गर्दै फोनिजले मनायो स्थापना दिवस
गायक खनालको तीजगीत ‘कम्मरु भाँचम्ला’ इन्द्रेणीमा भव्य विमोचन
रुपन्देही १० बर्षिय बालिका बलत्कार गरेको आरोपमा ६५ बर्षिय बृद्ध पक्राउ रुपन्देहीमा १० बर्षिय बालिका बलत्कार गरेको आरोपमा ६५ बर्षिय बृद्ध पक्राउ
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?