By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » बुटवलकी रुचिका पोख्रेल भुसाल : विदेश जाने भीडबीच स्वदेशमै सेवा अवसर सिर्जना गर्ने युवा उद्यमी

बुटवलकी रुचिका पोख्रेल भुसाल : विदेश जाने भीडबीच स्वदेशमै सेवा अवसर सिर्जना गर्ने युवा उद्यमी

News Desk
News Desk
२०८२ मंसिर ११, बिहीबार २१:२७

बुटवल :- वैदेशिक रोजगारीको दौड भइरहेको बेला बुटवलकी रुचिका पोख्रेल भुसालले भने स्वदेशमै बसेर स्वास्थ्य सेवा व्यवसायमार्फत जीवनको नयाँ पहिचान निर्माण गरेकी छन्। उनले बुटवल–८, श्रवणपथ हस्पिटल लाइनमा सञ्चालनमा ल्याएको “रुचिका हेल्थ क्लिनिक (मुटु रोग उपचार केन्द्र)” छोटो समयमै बिरामीका लागि सहज र भरपर्दो सेवा केन्द्रका रूपमा स्थापित हुन थालेको छ।

फार्मेसी विषयमा स्वास्थ्य विज्ञान अध्ययन पूरा गरेपछि विदेश जाने धेरै अवसर हातमा आए पनि उनले नेपालमै सेवा दिने निर्णयलाई प्राथमिकता दिइन्। “देशमा केही गर्न सकिँदैन भन्ने मानसिकता परिवर्तन गर्नुपर्छ। सीपलाई यहाँ लगानी गरे पनि सफल हुन सकिन्छ,” उनले भनिन्।

पढाइपछि करिब पाँच वर्ष बुटवलका निजी अस्पतालमा काम गर्दै अनुभव, सीप र आत्मविश्वास थपेपछि रुचिकाले आफ्नै सेवा–मोडेल बनाउने सपना बोकेकी थिइन्। त्यही लक्ष्यसहित उनले २०८२ श्रावणमा क्लिनिक सञ्चालनमा ल्याइन्। सुरुवाती चरणमा आर्थिक जोखिम, व्यवस्थापन चुनौती र बढ्दो प्रतिस्पर्धाबीच पनि क्लिनिकले समयमै उपचार, स्पष्ट परामर्श र बिरामी केन्द्रित सेवा का कारण विश्वास जित्दै गएको छ।

हाल क्लिनिकमा मुटुरोग उपचार, प्रसूति तथा स्त्रीरोग, बालरोग, सामान्य स्वास्थ्य परामर्श तथा नियमित स्वास्थ्य परीक्षण जस्ता सेवा उपलब्ध छन्। क्लिनिक व्यवस्थापक कृष्ण पोख्रेलका अनुसार केही महिनामै सेवाग्राहीको संख्या उल्लेख्य रूपमा बढेको छ।

क्लिनिकमा जनरल फिजिसियन (पेट, छाती, मुटु, नसाशास्त्र तथा मधुमेह) डा. काशिराम विश्वकर्मा, बालरोग विशेषज्ञ डा. धनमाया घर्ति मगर, र प्रसूति–स्त्रीरोग विशेषज्ञ डा. बिपिन जयसवाल सेवा प्रदान गर्दै आएका छन्।

नजिकमै गुणस्तरीय स्वास्थ्य सेवा पाएकोमा सेवाग्राहीहरू खुसी देखिन्छन्। “पहिले सानो परीक्षणका लागि पनि टाढा जानुपर्थ्यो, अब नजिकै राम्रो सेवा पाउँदा धेरै सहज भएको छ,” एक सेवाग्राहीको प्रतिक्रिया छ।

रुचिकाले आगामी दिनमा क्लिनिकलाई डिजिटल रेकर्ड सिस्टम, निःशुल्क स्वास्थ्य शिविर, मोबाइल हेल्थ क्याम्प लगायतका कार्यक्रममार्फत विस्तार गर्ने योजना बनाएकी छन्।

उनका अनुसार परिवारको निरन्तर हौसला र सहयोगले यो यात्रामा अगाडि बढ्न ऊर्जा मिलेको छ। “बुबा–आमा, श्रीमान, दाजु–भाइहरूको साथ र विश्वासकै कारण आज यो स्थानमा आएकी हुँ,” उनले भनिन्, “आगामी दिनमा पनि सबैको सुझाव, सहयोग र माया लिएर अझ राम्रो सेवा दिने लक्ष्य छ।”रुचिकाको यो कदम स्वदेशमै अवसर खोज्ने युवाहरूका लागि प्रेरणादायी मिसाल बन्दै गएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
रूपन्देही–२ मा सुरज पाण्डे : प्राविधिक पृष्ठभूमिबाट ‘नतिजा दिने राजनीति’को दाबी
गुल्मी महोत्सवमा राजेश हमाल, इन्द्रेणी टिम र एकसय बढी कलाकारहरुको प्रस्तुति रहने
देशभर भुकम्पकाे धक्का ,जाजरकोट केन्द्रबिन्दु
८ वर्षदेखि फरार रहेका वन मुद्दाका १ जना प्रतिवादी पक्राउ
गुल्मी मुसिकोटमा गंगा शेरचनको हत्या गर्ने तीन जना कारागार चलान
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?