By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गुल्मीमा बसाइसराईले गाउँ रितिदै

गुल्मीमा बसाइसराईले गाउँ रितिदै

News Desk
News Desk
२०८० आश्विन २०, शनिबार ०५:४६

गल्मी : गुल्मीमा पछिल्लो समय गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको अवसर खोज्दै पहाडका दुर्गम बस्तीबाट शहर छिर्नेको संख्या दैनिक बढ्दो छ। कुनै बेला हराबरा र मानिसको आवाजले गुन्जायमान बन्ने गाउँबस्ती यतिबेला सुनसानजस्तै छ।

दुर्गमका केही बस्तीमा चराचुरुङ्गीको आवाज सुन्नु र बाँझो जमिन हेर्नुबाहेक अरु केही देखिँदैन। गाउँठाउँका घरमा ताल्चा लागेका छन। अन्नबाली, हली र खेतालाले भरिभराउ हुने खेतबारी बाँझिएका छन्।

यो समस्या देशका दुर्गम बस्तीमा देखिएको छ। यस्तो समस्या देख्नु र भोग्नुको कारण हो बढ्दो बसाइँसराइ।  गुणस्तरिय स्वास्थ्य शिक्षा र रोजगारीको विभिन्न बाहाना बनाएर मानिसहरु ग्रामिण भेगबाट शहर छिरिरहेका छन्। ग्रामिण क्षेत्रमा बसाइँसराई रोक्न स्थानीय सरकारले विभिन्न खालका कार्यक्रम सञ्चालन गरिरहेका छन्। सरकारले गरेको लगानी अनुरुपको प्रतिफल खासै देखिन्न। तर, गुल्मीमा गत आर्थिक बर्षको सरकारी तथ्यांकअनुसार बसाइँसराइमा केहि कमी देखिएको छ।

जिल्ला समन्वय समिति गुल्मीले पहिलो पटक एकीकृत सूचना प्रणलीको सुरुवात गरेको छ। जसले आफ्नो कार्यक्षेत्र र कानुनी सीमाभित्र रहेर स्थानीय तहले गरेका कार्यको एकीकृत विवरण तयार पारिरहेको छ। आर्थिक वर्ष २०७९/०८० मा स्थानीय तहले दिएको विवरण अनुसार विगतको तुलनमा बसाईसराईमा केही कमी देखिएको छ। दुई नगरपालिका र १० गाउँपालिका रहेको गुल्मीमा वर्षेनि झण्डै तीन हजारले बसाइसारई गरेर बाहिर जाने गरका छन्।

जिल्ला समन्वय समिति गुल्मीले सोमबार पत्रकार सम्मेलनमार्फतदिएको सरकारी तथ्यांकअनुसार विगतका वर्षको तुलनमा केही घटेको छ। आर्थिक वर्ष २०७९/०८० मा रेसुङ्गा नगरपालिकामा ३ सय ९७ जना,मुसिकोट नगरपालिकाबाट ८ सय ६९ जना बसाइँसारई गरेका छन्।

त्यस्तै गाउँपालिका अन्तर्गत  कालीगण्डकीमा १ सय ८६ जना, सत्यवतीमा २ सय ४५ जना, चन्द्रकोट १ सय ५९ जना, रुरुक्षेत्रमा १ सय ३५ जनाले गाउँ छोडेका छन्। त्यस्तै छत्रकोट गाउँपालिकामा २ सय ५६ जना, गुल्मीदरबारमा १ सय २८ जना, धुर्कोटमा १ सय २१ जना, इस्मामा १ सय १५ जना, मालिका १ सय ८ जना र मदानेमा १ सय २४ जना बसाइँसराइ गरेरको तथ्याङकमा उल्लेख छ।

मानिसहरुले आफ्नो छोरा छोरीको पढाई, राजेगारीको बाहाना बनाएर सुख सुविधा खोज्दै शहर छिरिरहेको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीले बताए। प्रमुख खत्रीका अनुसार गाउँघरमा बसेर यो मंगीको समयमा गुजारा चलाउन मुस्किल,बालीनालीमा वन्यजन्तुको हैरानी लगायतका थुप्रै कारणले बसाइसराई भएको छ । साेत :- अन्नपुर्ण पाेष्ट डटकमबाट

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
कपिलवस्तुमा छोराद्वारा काठ प्रहार गरी बाबुको हत्या
इजरायलबाट थप एक विद्यार्थीको शव ल्याइयो
गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न
स्वदेशमै आत्मनिर्भरता : स्वर्गद्वारी फार्मको प्रेरणादायी यात्रा
होर्मुज क्षेत्रमा तनाव बढ्दा विश्वभर इन्टरनेट प्रभावित हुने जोखिम
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?