सुदीप ज्ञवाली , गुल्मी – गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजको आयोजना, मीरा कोषको व्यवस्थापकीय सहयोगमा र इश्वरी माध्यमिक बिधालयकाे ब्यबस्थापनमा गुल्मीदरबार गाउँपालिका बडा न.६ मा रहेको ईश्वरी माध्यमिक बिधालयको प्रङ्गणमा प्रथम रनिंग सिल्ड अन्तर विद्यालय हाजिरीजबाफ प्रतियोगिता – २०८० जेष्ठ २२ गते सोमबार सम्पन्न भएको छ ।

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजकी अध्यक्षकाे अध्यक्षता,जिल्ला शिक्षा तथा समन्वय इकाइ प्रमुख लोकनाथ मरासिनी प्रमुख आतिथ्यता, गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थी विशिष्ट आतिथ्यता, गुल्मी दरबार गाउपालिका का शिक्षा शाखा प्रमुख नरेन्द्र ज्ञवाली तथा गुल्मी दरबार गाउपालिका वडा नं ५,६,७ का वडा अध्यक्षहरुकाे आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मरासिनीले आफू हरु जन्म गाउँबाट टाढा रहे पनि आफ्नाे जन्म गाउँमा सधैं रचनात्मक कार्य गर्दै आएको गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज बाट जन्मभुमि प्रतिको लगाब कस्तो हुनुपर्छ भन्ने कुरा आफुहरुले सिक्न पाएको बताउदै यस्तो प्रतियोगिताले विद्यार्थीहरूको बौद्धिक क्षमता वृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने उहाँको धारणा ब्यक्त गर्नु भएकाे थियाे ।
गुल्मी दरबार गाँउपालिका वडा नं ५,६,७ का ५ वटा स्कुलहरुको विचमा उक्त प्रतियोगिता सम्पन्न भएको थियो । माध्यमिक विधालयका विद्यार्थीहरुला ज्ञान अभिवृद्धि गर्ने र सामान्य ज्ञानमा आधारित बौद्धिक ज्ञानको स्तर मापन गर्ने उद्देश्यले गाउपालिकामा नै पहिलाे पटक प्रोजेक्टरकाे प्रयाेग गरि प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक राजेश खत्रीले जानकारी दिनु भएकाे थियाे ।

प्रतियोगितामा गुल्मी दरबार गाउँपालिका ५,६,७ को शारदा माध्यमिक विद्यालय, ईश्वरी माध्यमिक बिधालय, ठुलापोखरा माध्यमिक बिधालय, गंगा प्रविधिक विधालय तथा रेसुङ्गा ईङलिस वाेडिङ स्कुल को सहभागीता रहेको समाजकी अध्यक्ष उषा खत्रीले जानकारी दिनु भएकाे थियाे ।
अन्तत शारदा माध्यमिक विद्यालय प्रथम भएको थियाे । हाजिरी जवाफमा ईश्वरी माध्यमिक विद्यालय द्वितिय र ठुलापोखरा माध्यमिक बिधालय तृतिय भएकाे थियाे । गंगा प्रविधिक विधालय सान्ताेना भएकाे थियाे । प्रतियोगितामा प्रथम, द्वितिय ,तृतिय , सान्ताेना हुनेलाई क्रमश ९ हजार , ६ हजार ,३हजार र १५०० का साथै ट्रफी र प्रमाणपत्र प्रदान गरिएको गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजका काेषाध्यक्ष काजिमान टण्डनले जानकारी गराउ नु भएकाे थियाे। हाजिरीजवाफ प्रतियोगिताकाे प्रविधिक संचालन मिरा ट्रस्टका महासचिव रामचन्द्र पौडेल र समग्र कार्यक्रमको संचालन संस्थाका सचीव बिकास टण्डनले गर्नु भएको थियो ।

![]()

