By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » कोसी प्रदेश नाम खारेजीको माग राख्दै आन्दोलनले लियाे उग्ररुप

कोसी प्रदेश नाम खारेजीको माग राख्दै आन्दोलनले लियाे उग्ररुप

News Desk
News Desk
२०८० बैशाख २६, मंगलवार २२:०८

झापा:-पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा दुवै तर्फका गरेर एक दर्जन घाइते भएका छन् । कोसी प्रदेश नाम खारेजीको माग राख्दै मंगलबार पहिचान पक्षधरले निकालेको राँकेजुलुस प्रहरीले निभाउन खोज्दा झडप भएको हो ।

झडपका क्रममा प्रहरीतर्फ दशजना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

उनका अनुसार इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोजकुमार लामा, दुई प्रहरी निरीक्षकसहित दश प्रहरी घाइते भएका छन् । घाइते प्रहरीको दमकका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

स्थिति तनावपूर्ण भएपछि भिड तितरबितर बनाउन प्रहरीले १९ सेल अश्रुग्यास, पाँच राउन्ड ब्ल्यांक फायर र एक राउन्ड हवाई फायर गरेको रिजालले जानकारी दिए ।

प्रहरीसँगको क्रममा १२ जना आन्दोलनकारी घाइते भएका छन् । पहिचानवादी नेता ताङ्साङ् लावतीका अनुसार दुईजनाको अवस्था गम्भीर छ ।

प्रहरीले चलाएको गोलीको छर्रा लागेर दीक्षा क्षेत्री र गजेन्द्र फागो गम्भीर घाइते भएको उनले बताए । घाइते दुईजनाको दमकका अस्पतालमा प्रारम्भिक उपचारपछि बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल लगिएको छ । अहिले दमक सामान्य अवस्थामा फर्किएको छ । प्रदेश सभाले प्रदेशको नाम कोसी राखेयता कोसी प्रदेश अशान्त छ । आन्दोलनका क्रममा पदम लिम्बूले ज्यान गुमाइसकेका छन् । पहिचान पक्षधरहरूले कोसी नाम खारेज गरी पहिचानको आधारमा नाम राख्नु पर्ने भन्दै आन्दोलन गर्दै आएका छन् ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
पाल्पाको रम्भा ४ रानीवनमा भ्यान पल्टिँदा पाँच जना घाइते
गुल्मीमा १४ वटा एम्बुलेन्स प्रयोगविहीन
सहरमा बसे पनि गाउँको सपनाबाट सुरु भयाे पैचाे पसलकाे यात्रा
नेपाली हर्ट ग्रुपले उपचाररत कलाकार अमरदिप बिसिलाइ सहयोग गर्यो एक लाख
गुल्मीका वडाध्यक्षले यौन शक्ति बढाउन प्रयास गर्दा बाहिरियो अश्लिल भिडियाे
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?