By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » प्रशिक्षक देसाई भन्छन् : सुपर ओभरको अभ्यास गरेका थियौं, तर पनि चुक्यौं

प्रशिक्षक देसाई भन्छन् : सुपर ओभरको अभ्यास गरेका थियौं, तर पनि चुक्यौं

News Desk
News Desk
२०८० कार्तिक १९, आईतवार १९:३०

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाईले आफूहरुले सुपर ओभरका लागि अभ्यास गरेको भए पनि आज ओमानसँग योजना लागु गर्न नसकेको बताएका छन् ।

‘सुपर ओभरको लागि हामीले केही तयारी गरेका थियौं । प्रतियोगिताको बेलामा हामीले केही अभ्यास गरेका थियौं’ देसाईले भने, ‘प्रतियोगितामा जे पनि हुन सक्छ भन्ने थियो ।’

टी–२० विश्वकप छनोटको फाइनलमा सुपर ओभरमा ओमानसँग पराजित भएपछि उनले भने, ‘हामीले पावर प्लेमा गलत गरेका हौंं, हामीले मिडल ओभरमा राम्रो गरेका हौं, बलिङ योजनामा हामी विफल भएका हौं । हामीले योजना लागु गर्न नसकेका हौं ।’

उनले अविनाश बोहरालाई टी-२० स्पेशलिस्टको रुपमा अभ्यास गराए पनि आज उनी चुकेको बताए । सुपर ओभरमा अविनाशको बलिङमा ओमानले २१ रन बनाएको थियो । ओमानका नसिम खुसीले ३ छक्का हानेका थिए ।

खेलपछि त्रिवि क्रिकेट मैदानमा पत्रकारसित कुरा गर्दै प्रशिक्षक देसाईले ओमानका बलर बिलाल खानले राम्रो बलिङ गरेको बताए । सुपर ओभरमा बिलालको पहिलो बलमै कुशल भुर्तेल आउट भएका थिए । कुशल मल्लले २ चौकासहित ९ र गुल्सन झाले १ रन मात्र बनाएपछि नेपालको स्कोर १० रन मात्र भयो ।

उनले यो फाइनल हारे पनि नेपालले एक दिवसीय मान्यता जोगाएको, एक दिवसीय विश्वकप छनोट र एसिया कप पनि खेलेको स्मरण गरे । देसाईकै प्रशिक्षणमा नेपालले यी उपलब्धि हात पारेको थियो ।

नेपाल समूह चरणमा पनि ओमानसित पराजित भएको थियो । उनले यो दुवै हारलाई १ बलको हार भने । ‘ओमनसँग दुवै खेलमा हामीले एक बलमा हारेका हौं । हामीले वान ब्याटलमा हारेका हौं । दुवै खेलमा हामीले वान बल ब्याटलमा हारेका हौं’, उनले भने ।

फाइनलमा ओमानसँग ब्याटिङ राम्रो भएको प्रशिक्षक देसाईले बताए । नेपालले रोहितकुमार पौडेल र गुल्सन झाको अर्धशतक मद्दतमा ६ विकेट मात्र गुमाएर १८४ रन बनाएको थियो ।

समूह चरणको खेलमा ओमानविरुद्ध विस्फोटक ब्याटिङ गरेको विवेक यादवले आज बलिङ पनि गरेका थिए । यादवको प्रशंसा गर्दै प्रशिक्षक देसाईले भने, ‘विवेक जोसँग कम अनुभव छ । उसले पनि राम्रो गरेको छ ।’

अहिलेसम्म १३ वटा टी–२० आई मात्र खेलेका विवेकले ओमानविरुद्ध आज २ ओभर बलिङ गर्दै १४ रन दिएर १ विकेट लिएका थिए । ‘आज पनि धेरै राम्रो ओभर निकाल्यो । क्याचहर पनि लियो’ देसाईले भने, ‘त्यसले नेपाल क्रिकेटमा अर्को नयाँ अनुहार थपिदियो ।’

उनले नेपाली टिममा देशभरबाट नयाँ खेलाडी ल्याउने पनि बताए ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
काम होस् कि नहोस्, कार्यसम्पादनमा १०० नम्बर
के हुन्छ, जब आफूखुसी फ्लेक्सन खान्छौं
विच्चलित परिवारलाई गुल्मी चारपाला रुपन्देही संस्थाकाे माध्यमबाट स्नेहा खत्रीले गरिन सहयाेग हस्तान्तरण
लक्की फिल्मी अवार्डमा कलाकार सहित उत्कृष्ट काम गरेकाहरु पनि सम्मानित हुने
तिलोत्तमामा ऐतिहासिक मेला: जनचासो बढेपछि ४ दिन अवधि थप
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?