By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » आधुनिक शिक्षा : रहर कि कहर ?

आधुनिक शिक्षा : रहर कि कहर ?

News Desk
News Desk
२०८० जेष्ठ ४, बिहीबार २३:१४

रमाएर पढ्नु अनि पढेर रमाउनु । पढेलेखेका कुरा बुझ्नु, बुझाउनु र व्यवहारमा उतार्नु । शिक्षाको स्वरुप, प्रारुप र सार्थक उपलब्धिलाई जीवनोपयोगी ठान्नु । मुलतः शिक्षा आर्जनको उपादेयता यही हो र हुनुपर्छ। शिक्षा आर्जन बोझिलो, झन्जटिलो र भद्दा हुनु हुँदैन । आधुनिक शिक्षाको होडबाजी चलिरहेको शैक्षिक जगत् यतिबेला सुर न तालको बेढङ्गी प्रतीत हुन्छ ।

आजकल विद्यार्थीहरू खाजा, पानी र कापी किताबले भरिएको ठूलो, गह्रौँ झोलाको भारी बोकेर विद्यालय जान विवश छन् । उमेर, अवस्था र शारीरिक अपरिपक्कताको हिसाबले एक प्रकारको मार खेपिरहेका, भार सहिरहेका विद्यार्थीहरू हेर्दा लाग्छ उनीहरू विद्यालय पढ्न होइन यातना भोग्न गइरहेका छन् । खुशीले पढ्न होइन बाध्यताले कुनै युद्ध भिड्न निस्केको योद्धाजस्तै अटस मटस र कुप्री पर्दै त्यसमाथि पनि दगुर्ने प्रयास गर्दै विद्यालयको गेटभित्र छिर्नु उनीहरुको दैनिकी बन्दो छ।

घरबाट निस्कने बेलामा बाबु–नानी, राम्रोसँग पढ्नु है ! भन्ने अभिभावकको आदेशात्मक अर्तिको पालना गरेर टाउको हल्लाउँदै विद्यालय जानु पनि बालबबालिकाको दैनिकी बनेको छ। एउटै कक्षाकोठामा फरक-फरक सिकाई क्षमता, विविध चारित्रिक विशेषता र भिन्न स्वभाव भएका विद्यार्थीहरू समायोजित भएर पढ्नुपर्ने हुन्छ । कोही पढाएको झ्याप्पै बुझ्छन्, कोही दोहोर्याएपछि बुझ्छन् भने कसैलाई पढ्न मन लाग्छ कसैलाई लाग्दैन । बुझे पो पढ्ने बुझ्दै नबुझी कसरी पढ्ने भन्ने अन्यौलता पनि हुन्छ । नजान्दा लाज र सङ्कोच पनि उस्तै रहन्छ । यो विद्यार्थीको बौद्धिक क्षमतामा भर पर्छ ।

शिक्षकको काम पढाउने, कक्षाकार्य र गृहकार्य दिने अनि कोर्स पनि समयमा नै सक्नुपर्ने हुन्छ । विद्यार्थीको उमेर क्षमताभन्दा पनि धेरै विषयवस्तु समेटिएका मोटा-मोटा किताबको छेउ र टुप्पो विद्यार्थीले मेसो नै पाउँदैनन् । रोजेर पढाउनुपर्छ शिक्षकले । पेज नम्बर र टिक लगाइदिएको भरमा केटाकेटीले गृहकार्य, कक्षाकार्य गर्छ्न् । घरमा बाआमाको लागि र स्कुलमा शिक्षकका लागि जबर्जस्ती पढिदिनुपर्ने बाध्यात्मक परिस्थिति झेल्न बाध्य हुन्छन् विद्यार्थीहरू ।

सामान्य अर्थमा किताबमा रहेको पाठले के भन्न खोजेको हो भन्ने कुरा विद्यार्थीलाई थाहा नै हुँदैन । गृहकार्य र कक्षाकार्य सकेपछि एउटा ठूलो भारी बिसाएजस्तो हुन्छ अलिक पढ्न राम्रा विद्यार्थीलाई । पढाइमा सामान्य भएका विद्यार्थीहरूलाई त झन यो पढ्न भन्दा त ढुङ्गा कुट्ने काम बरू सजिलो जस्तो लाग्छ । अझै जसले जहाँ भेटे पनि पढाइ कस्तो छ ? भनेर सुरूमै गरिने प्रश्न रु झन घरमा पनि आमाबाबुले देख्यो कि पढ् भनेर भनिरहने, स्कुलमा पनि पढ्दैन भनेर शिक्षकसङ्ग गुनासो हुन्छ अभिभावकको । शिक्षकले पनि भन्नुपर्यो पढ भनेर । पढ्न मन त विद्यार्थीलाई पनि छ नि तर कसरी पढ्ने रु कहाँबाट सुरू गर्ने अन्योल कति-कति ?

अहिले हामी आधुनिक शिक्षा प्रणालीमा छौँ । पढ्ने विद्यार्थीको भन्दा अलिक पढाइमा कमजोर विद्यार्थीको कुरा गरौँ । लेख्न मन नलाग्ने, पढ्न मन नलाग्ने विद्यार्थी पनि नियमित विद्यालय त गइरहेको हुन्छ । सबै सरह कक्षामा नै हुन्छ । सुनिरहेको नै हुन्छ तर वर्षभरि गह्रौँ झोला बोकेर स्कुलमा गएको उपलब्धी के रु उसले सामान्य कुरा पनि जानेको हुँदैन । जस्तो कि नलेखे-नपढे पनि पाठले भन्न खोजेको कुरा के हो रु आफ्नो बोलीचालीकै भाषामा पनि कक्षामा सुनेकै भरमा पनि यो पाठले भन्न खोजेको कुरा यो हो भन्न त सक्नुपर्ने ।अहिलेको शिक्षाले त्यो बताउन सक्दैन ।

बरू शिक्षा त पहिलेकै राम्रो अक्षर चिन्न थालेपछि कथा, कविता, गीत कण्ठै पारिन्थ्यो । अङ्ग्रेजी पढ्न नजाने पनि पाठले भन्न खोजेको कुरा थाहा हुन्थ्यो । गणितमा र अङ्ग्रेजीमा केही समस्या परे पनि अरू विषयका पाठले भन्न खोजेको कुरा विद्यार्थीलाई थाहा हुन्थ्यो । नयाँ कक्षामा जानुभन्दा अघि रिजल्ट नआउँदै अब जाने कक्षाको किताब कस्तो होला भन्ने उत्सुकता हुन्थ्यो । चित्र हेरेकै भरमा किताबमा के लेखेको छ जानेर छोडिन्थ्यो । अझै आफ्नो मात्रै नभएर दाइ-दिदी लगायत अग्रजका किताबहरू पनि खोतलिन्थ्यो र पढ्ने उत्सुकता जाग्दथ्यो। कुन पाठ कसले लेखेको हो रु ती लेखक कस्ता थिए रु के-के लेखेका छ्न् ? कक्षामा सुनेकै भरमा खरर हुन्थ्यो । पाठले भन्न खोजेको भाव जस्तै नजान्नेले पनि भन्न सक्थ्यो सुनेकै भरमा । पढ्ने रहर उर्लेर आउँथ्यो मनमा ।

पढाइमा ध्यान हुने विद्यार्थीहरू पढ्थे । सामान्य विद्यार्थीहरू पनि त्यति हतोत्साहित देखिदैनथे । स्कुल जाने-आउने क्रममा कक्षामा सुनेकै भरमा उनीहरूले धेरै ज्ञान हासिल गारिसकेका हुन्थे । अझै भनौं गृहकार्य, कक्षाकार्य केही पनि नगर्ने मात्रै कक्षामा बसेर सुनेकै भरमा बसेका विद्यार्थीहरूले पनि चामत्कारिक रूपमा प्रगति गरेका थुप्रै उदाहरणहरू छ्न् । आमाबाबुको सपना र विद्यालयको इज्जत जोगाउनेको लागि लादिएको पाठ्यक्रम र अहिलेको शिक्षा प्रणाली सकस बनेको छ । किताबप्रति रुचि होइन वितृष्णा बढ्दै गइरहेको छ ।

सिकाइका चार सिपहरू छन् स् सुनाइ, बोलाइ, पढाइ, लेखाइ । यी चारै सिप हासिल गर्न चुस्तदुरुस्त शिक्षा प्रणाली हुनु जरूरी छ । विद्यार्थीसँग प्रत्यक्ष सरोकार नराख्ने कोरा पाठ्यक्रम र पाखण्डी सिकाइपद्धति अव्यवस्थित, अव्यवहारिक त छदैछन् यस्तो नीतिले शिक्षा अनुत्पादक पनि हुने खतरा रहन्छ। विद्यार्थीको सिकाइ क्षमता, बौद्धिकस्तर, उमेरको परिपक्कता र शैक्षिक वातावरणको सापेक्षतामा शिक्षा नीति, शैक्षिक पाठ्यक्रम र शिक्षणप्रक्रिया तथा प्रविधि तर्जुमा गरे मात्र समाज र राष्ट्रले खोजेको शैक्षिक उत्पादन प्राप्त गर्न सकिन्छ । देखासिकीमा जबर्जस्ती लादिएको ज्ञान जीवनोपयोगी होइन बरू अभिशाप सावित हुन सक्छ । आधुनिकताको नाममा दिइने बोझिलो शिक्षा विद्यार्थीको लागि रहर होइन कहर सावित भइरहेको छ । सम्बन्धित सरोकारवालाको गम्भीर ध्यानाकर्षण हुन जरूरी छ ।

साभार लेख ग्लाेवल अनलाईन लेखक गंगा पाेख्रेल

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
भारतमा घरको दोश्रो तला बाट खस्दा भुमिकास्थानका एक युवकको उपचारको क्रममा मृत्यु
गुल्मीदरबार गाउँपालिका पूर्ण खोप सुनिश्चितता घाेषणा
लायन्स क्लब अफ सैनामैना मलमलाद्वारा विपन्न परिवारलाई न्यानो कपडा वितरण
गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य संस्थाहरुको समिक्षा
झापाको बिर्तामोडमा एक युवाद्वारा शरीरमा आगो लगाएर आत्मदाहको प्रयास
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?