बुटवल । दाङमा मावल आएकी एक बालिकाको डुबेर मृत्यु भएको छ । देउखुरीको राजपुर गाउँपालिका गुरुङखोला निवासी सुन्तली खड्काकी ७ वर्षीया छोरी समीक्षाको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवचन्द्र मल्लले बताए ।

समीक्षाको तुलसीपुर ७ र १६ को सिमानामा पर्ने ग्वारखोलाको मलवारे कुलोको बाँधनजिकै तुलसीपुर उपमहानगरपालिकाले नदीजन्य पदार्थ उत्खनन् गरेको खाल्डोको पानीमा डुबेर ज्यान गएको तुलसीपुर-७ का वडाध्यक्ष रामबहादुर जिसीले बताए ।
समीक्षा चार-पाँच दिन अघिमात्रै मामाघर आएकी थिइन् । उनीसहित तीनजना बालबालिका आइतबार दिउँसो २ बजेतिर खाल्डोमा नुहाउन गएका थिए । पानीमा डुबेका मृतक समीक्षाका भाइ अनुप र तुलसीपुर ७ वसन्तपुरका प्रेम बस्नेत भने सकुशल छन् ।
![]()
Facebook Comments Box

