By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » १५ करोड लगानीमा सञ्चालनमा समृद्धि होटल

१५ करोड लगानीमा सञ्चालनमा समृद्धि होटल

News Desk
News Desk
२०८० आश्विन २७, शनिबार २१:३५

भैरहवा:-भैरहवामा होटल समृद्धि प्रा.लि. सञ्चालनमा आएको छ । पर्यटकीय नगरी भैरहवामा पर्यटकहरुको सुविधालाई मध्यनजर गर्दै हस्पिटालिटीको सेवाहरु उपलब्ध गराउने प्रयासस्वरुप होटल सञ्चालनमा ल्याइएको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

बेलहिया नाका हुँदै नेपाल भित्रिने भारतीय पर्यटकसँगै तेस्रो मुलुकका पर्यटकलाई समेत लक्षित गरी सिद्धार्थनगर नगरपालिका–४ स्थित लुम्बिनीरोडमा होटल सञ्चालनमा ल्याइएको होटल समृद्धि प्रा.लि.का प्रबन्ध निर्देशक राम बहादुर थापाले बताए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै अवस्थित यो होटलमा सिल्भर, गोल्ड, डाईमण्ड र प्लाटिनम रुम गरी ३६ वटा रुम (कोठाहरु) रहेको थापाले जानकारी दिए । ‘लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर करिब १५ करोडको लगानीमा सञ्चालनमा आएको होटलमा समृद्धिमा पाहुनाहरुको सुरक्षालाई विशेष ध्यान दिइएको छ, स्वस्थकर खानालाई प्राथमिकतामा राखेका छौं, ’थापाले भने ।

पर्यटकको रोजाइ अनुसार नेपाली, इण्डियन, चाईनीज, कन्टिनेनटल खानाका परिकार होटलमा उपलब्ध हुने उनले जानकारी दिए । होटलमा एकैपटक ५० जनासम्म अट्न सक्ने रेष्टुरेण्ट, बर्थडे पार्टी, एनिभर्सरी लगायतका पारिवारिक कार्यक्रमका लागि क्याबिनको समेत व्यवस्था रहेको प्रबन्ध निर्देशक थापाले बताए ।‘ सेमिनार हल, पार्किङ सुविधा रहेको यस होटल समृद्धिले शुभारम्भको अवसरमा हरेक कोठामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ, ’उनले भने ।

नाफा कमाउने उद्देश्य भन्दा पनि पर्यटकलाई सुविधालाई लक्षित गरी सञ्चालन गरिएको यो होटलमा सबैको पहुँच पुगोस् भन्ने उद्देश्यले खाना, नास्तामा पनि न्यून दर कायम गरिएको थापाको भनाइ छ । होटल अपांगमैत्री रहेको उनले बताए ।

पर्यटकको लुम्बिनी बसाइ लम्बाउनका लागि होटल समृद्धिले भारतीय पर्यटकलाई लक्षित गरी भैरहवा, पोखरा मुक्तिनाथ तथा धार्मिक पर्यटकलाई बुद्धसर्किट भैरहवा, लुम्बिनी, तिलौकोट कपिलवस्तु र रामग्राम नवलपरासीसम्मको प्याकेजको व्यवस्था गर्ने उनले जानकारी दिए । होटलमा हाल २५ जनाले प्रत्यक्ष रोजगारी पाएको उनले बताए ।

सुस्ताएको आर्थिक अवस्थालाई चलायमान बनाउन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्नुपर्ने उनले बताए ।
विमानस्थल नजिकै भएकाले पैदल हिँडेर पनि पुग्न सकिने उनको भनाइ छ । यसले हवाई यात्रुलाई सहजता प्रदान गर्ने थापाको विश्वास छ । होटल समृद्धि प्रा.लि.का प्रबन्ध निर्देशक थापाले भैरहवाबाट वैदेशिक रोजगारीमा जाने यात्रुहरुलाई आर्थिक समस्या परेमा होटलमा खानबस्न निःशुल्क दिइने बताए । यस्तै, सबै किसिमका पाहुनालाई विमानस्थलसम्म लैजान र ल्याउन निःशुल्क सवारीको व्यवस्था मिलाइएको होटल समृद्धिले जनाएको छ ।

असोज २८ गते आइतबार बिहान ८ बजे होटलको शुभारम्भ गरिने प्रबन्ध निर्देशक थापाले बताए । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोष कुमार पाण्डेयको प्रमुख आतिथ्यता तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान र उपप्रमुख उमा अधिकारीको विशिष्ट आतिथ्यतामा शुभारम्भ कार्यक्रम हुने होटल समृद्धि प्रा.लि.ले जनाएको छ ।

साभार : खबर पात्राे

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
राजनीतिक स्थिरताबिनाको अवस्थामा आर्थिक सूचक सुधार हुँदैन : अर्थमन्त्री खनाल
आयातमा नगद मार्जिनको प्रावधान यथावत
बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा
विदेशमा ज्यान गुमाउनेको बिमा रकम ठग्ने गिरोहसँग ३५ मृतकको कागजात
कुरकुरे, पास्ता, चाउचाउदेखि मदिरासम्ममा बढ्यो अन्तःशुल्क, कुनमा कति ?
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

चौथो विशाल राष्ट्रिय तीज म्युजिक अवार्ड सम्पन्न, १८ विधामा अवार्डसँगै नारी स्रष्टा तथा कलाकारलाई सम्मान

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?