पाल्पा:- नेपाली लोकसंगीतका पारखीका लागि नयाँ लोकगीत ‘पलपलीको ढाका टोपी ढल्क्यो शिरैमा’ सार्वजनिक भएको छ। गायक तथा सर्जक कमल भट्टराईको प्रस्तुति रहेको गीत कमल भट्टराई अफिसियल युट्युब च्यानलमार्फत दर्शक–श्रोतामाझ ल्याइएको हो।

गीतमा दिपिका बायम्बु मगर, कमल भट्टराई, शकुन्तला गैरे, प्रेम लमिछाने मगर, पवन बश्याल, रामकृष्ण थापा र आशोदा कार्कीको स्वर रहेको छ।
गीतका शब्द कमल भट्टराई र अमृत अधिकारीले लेखेका छन् भने संगीत कमल भट्टराईकै रहेको छ। गीतको संगीत संयोजन पदम बीसीले गरेका छन्। गीतको रेकर्डिङ मृचुङ्गा स्टुडियोमा गरिएको जनाइएको छ।


लोकभाका, मौलिक शब्द र नेपाली सांस्कृतिक पहिचानलाई केन्द्रमा राखेर तयार गरिएको गीतले नेपाली लोकसंगीतप्रति नयाँ पुस्ताको आकर्षण बढाउन सहयोग गर्ने निर्माण पक्षको विश्वास छ।
गीतमा ढाका टोपीजस्ता नेपाली मौलिक पहिचानसँग जोडिएका सांस्कृतिक प्रतीकलाई प्रस्तुत गरिएको छ। लोकसंगीतमा आफ्नो सिर्जनात्मक पहिचान बनाउँदै आएका कमल भट्टराईले यस गीतमार्फत मौलिक लोकभाकालाई निरन्तरता दिने प्रयास गरेका छन्।
गीतको आईटी सहयोग आशिष देवकोटाले गरेका छन्। गीतसँग सम्बन्धित भिडियोतर्फ निर्देशन, कोरियोग्राफी, कलाकार, छायांकन तथा मेकअपसम्बन्धी अन्य श्रेय निर्माण पक्षले थप सार्वजनिक गर्ने जनाएको छ।
‘पलपलीको ढाका टोपी ढल्क्यो शिरैमा’ कमल भट्टराई अफिसियल युट्युब च्यानलमा हेर्न तथा सुन्न सकिन्छ।

