By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » सरकार गठनको तयारीमा बालेन, मन्त्रालय संख्या घटाउने योजना

सरकार गठनको तयारीमा बालेन, मन्त्रालय संख्या घटाउने योजना

News Desk
News Desk
२०८२ फाल्गुन २८, बिहीबार १९:५८

काठमाडौं :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन साहले नयाँ सरकार गठनका लागि आन्तरिक गृहकार्य सुरु गरेका छन्। स्रोतका अनुसार सरकारको स्वरूप, आकार तथा मन्त्री चयनबारे पार्टीभित्र छलफल चलिरहेको छ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले स्पष्ट बहुमत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी १८२ सांसदको समर्थनमा बालेन प्रधानमन्त्री बन्ने तयारीमा छन्। थप दुई सांसदको समर्थन प्राप्त भएमा दुई तिहाइ बहुमत पुग्ने भएकाले उनी नेपालको संसदीय इतिहासमै शक्तिशाली प्रधानमन्त्री बन्ने सम्भावना देखिएको छ।

समानुपातिकतर्फको संख्या लगभग निश्चित भए पनि कुन सांसदलाई कुन मन्त्रालय दिने भन्ने निर्णय भने अझै टुंगिएको छैन। निर्वाचन आयोगबाट अन्तिम विवरण प्राप्त भएपछि रास्वपाले पार्टी बैठकमार्फत औपचारिक निर्णय गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

बालेनले संसदबाहिरबाट विज्ञलाई मन्त्री बनाउने चर्चा चले पनि पार्टी स्रोतका अनुसार तत्काल त्यस्तो सम्भावना देखिएको छैन। संवैधानिक प्रावधानअनुसार गैरसांसदलाई पनि मन्त्री बनाउन सकिने भए पनि उनी ६ महिनाभित्र सांसद बन्नुपर्ने व्यवस्था रहेको छ। हालको परिस्थितिमा त्यसो गर्न कठिन हुने भएकाले यस्तो विकल्प नअपनाइने स्रोतको भनाइ छ।

स्रोतका अनुसार बालेनले सांसदहरूमध्येबाट क्षमता, अनुभव र विषयगत दक्षता हेरेर मन्त्री छनोट गर्ने योजना बनाएका छन्। साथै, उनले मन्त्रालयको संख्या घटाउने सोच पनि बनाएका छन्। संविधानअनुसार सरकारमा अधिकतम २५ मन्त्री हुन सक्ने व्यवस्था भए पनि हाल रहेका २२ मन्त्रालयलाई घटाएर १४–१५ मा सीमित गर्ने योजना रहेको बताइएको छ।

विगतमा प्रशासन सुधार सुझाव आयोग तथा अघिल्लो सरकारको आर्थिक सुधारसम्बन्धी कार्यदलले पनि मन्त्रालय संख्या घटाउन सुझाव दिएका थिए। उक्त कार्यदलका संयोजक डा. रामेश्वर खनाल हाल अन्तरिम सरकारका अर्थमन्त्री रहेका छन्।

Facebook Comments Box
Total Views: 0
भजनीका कृर्षिकलाई हिउँदे धान भित्र्याउन चटारो
तम्घासस्थान मन्दिरमा सेनाद्वारा सलामी अर्पण गरियो
बस पार्कको अभावले थिचिएको बुढानिलकण्ठ : समाधान खोज्दै यातायात पालिका अध्यक्ष गोपाल कार्की
बिवादित ललिता निवासको जग्गा काठमाडौं महानगरपालिकाले तारबार गर्ने
चितवनकाे माडीमा सवारी दुर्घटनामा वडासदस्य जीवलाल मृत्यु
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

सम्पत्ति छानबिन आयोगलाई नमान्ने ओलीको घोषणा, ‘सम्पत्ति विवरण भर्दिनँ’

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको सनसनीपूर्ण दाबीलाई तपाईं के भन्नुहुन्छ ?

२०८३ जेष्ठ १७, आईतवार २२:२९

प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो

२०८३ जेष्ठ १७, आईतवार २२:०४

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र क्षमा माग्न प्रदीप ज्ञवालीको माग

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?