By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गुल्मीमा ७ पटक म्याद थप्दा पनि ३ किलोमिटर सडक भएन कालोपत्रे

गुल्मीमा ७ पटक म्याद थप्दा पनि ३ किलोमिटर सडक भएन कालोपत्रे

News Desk
News Desk
२०८० श्रावण १२, शुक्रबार २०:३७

गुल्मी: गुल्मी सदरमुकाम तम्घास खाम्सेपानी नयाँगाउ नादी सूर्यटारी सडकखण्डमा ७ पटकसम्म निर्माण सम्पन्न गर्ने म्याद थप्दासमेत कालोपत्रे हुन सकेको छैन। निर्माण व्यवसायीले पटक-पटक ठेक्का सम्झौता गर्ने तर काम नगर्ने हुँदा यहाँको सडक झण्डै ३ किलो मिटर सडक कालोपत्रे हुनबाट वञ्चित भएको हो ।

यो सडकमा निर्माण कार्य खण्ड-खण्ड रुपमा भइरँदा जनता आक्रोसित हुनु परेको स्थानीय रोमबहादुर गुरुङले बताए । उनले भने, ‘ एउटा सडकको ७ पटकसम्म निर्माण सम्पन्न गर्ने म्याद थप्दा समेत काम हुन सकेको छैन । जसले गर्दाहामी स्थानीयहरूलाई रिस उठ्न थालेको छ। कति पटक सडक बनाउँछौं भनेर ढाट्ने ? यो त अति भयो । ‘

सडकको सुरुको खण्ड तम्घास खाम्सेपानी अन्तर्गत सुपा खोलासम्म साढे दुई किलोमिटर कालोपत्रे हुन नसकेको हो । अर्को खण्डको तीन किलोमिटर ३ वर्ष अघि नै कालोपत्रे भएको थियो ।

निर्मार्ण व्यवसायीले पटकपटक ठेक्का सम्पन्न गर्ने म्याद थप्ने तर काम पुरा नगर्दा सडक समयमै निर्माण हुन सकेको छैन्। व्यवसायीले अन्तिम पटक भन्दै २०८० साल असारसम्मको म्याद थप गरेको थियो । यो समयमा पनि कालोपत्रे गर्ने काम कुनै पनि भएको छैन।

सडकको २०७१ साल असार ३१ गते साम्झौता भई २०७२ साल चैत्र ३० गते सम्पन्न गर्ने गरी लोहोनी एण्ड ब्रर्दश प्रालि चितवनले सम्झौता गरेको थियो । तर, निर्माण व्यवसायिले समयमै काम गर्न नसक्दा त्यसक्षेत्रका नागरीकले सास्ती खेप्नु परेको हो ।

सडकको तम्घासदेखि खाम्सेपानी अन्तरगत सुपाखोलासम्म साढे दुई किलोमिटर सडक कालोपत्रे गर्ने गरि ७ करोड १९ लाख ८७ हजार ७० रुपैया लागतमा निर्माणको जिम्मा दिइएको थियो ।

सडक कालोपत्रे नहुदा त्यस स्थानका नागरिकले महङ्गो भाडा तिर्नुपर्ने बाध्यता रहेको छ । झण्डै ९ वर्षसम्म सडक अलपत्र हुँदा निर्माण व्यवसायीलाई काम पूरा गर्न पहल नभएको स्थानीय मुमाराम पाण्डेले बताए ।

उनले भने, ‘यतिका समयसम्म पनि कालोपत्रे गर्ने जिम्मा लिँदा काम गर्न नसक्नु दु:खको कुरा हो ।’ लामो समयसम्म सडक कालोपत्रे गर्ने कार्य नहुँदा त्यस भेगका नागरिकले गुहार पाएका छैनन ।’

उनका अनुसार सडक अलपत्र हुँदा त्यस स्थानका नागरिकहरु बर्खायाममा हिलाम्मै र हिउँदमा धुलाम्मै सडकमा यात्रा गर्नु पर्ने बाध्यता रहेको छ । ‘कालोपत्रे गर्ने गरि सडकको नाली र ग्राभेल गर्ने काम गरिएको थियो । तर अहिले ग्राभेल गरेको बिभिन्न ठाउँमा भत्कीदै गएको छ,’ उनी भन्छन्, ‘कलिपय स्थानल घाँसले झाँडी र सडक भत्कीदै गएपछि सडक साँघुरो हुँदै गएको छ ।’

सडक सुरुमा पाल्पा सडक डिभिजन कार्यालय हुँदै, तम्घास सिमलटारी प्यूठान सडक, सडक पूर्वाधार विकास कार्यालय शिवपुर कपिलवस्तु हुँदै अहिले सडक पूर्वाधार विकास कार्यालय गुल्मीले सडक निर्माण कार्य हेर्दै आएको छ ।

सडकको अहिले भौतिक प्रगति ९० प्रतिशत, वित्तिय प्रगती ७६ प्रतिशत भएको सडक पूर्वाधार विकास कार्यालय गुल्मीले जनाएको छ ।

यता, सडकको बेस निर्माण र कालो पत्रे काम बाँकी रहेको सडक पूर्वधार विकास कार्यालय गुल्मीका प्रमुख सचित्तानन्द चौधरीले बताए । उनले निर्माण व्यवसायीलाई पटक-पटक ताकेता गर्दा पनि कुनै पनि काम हुन नसकेको बताए ।

उनले भने, ‘निर्माण व्यवसायिले असारमा आएर केही दिन काम गरेझै गर्ने र म्याद थप्न गर्ने गर्दै आएको छ । यस वर्ष पनि काम हुन नसकेपछि निर्माण व्यवसायीले म्याद थप्नका लागि निबेदन दिएको छ ।’

निर्माण व्यवसायीले समयमै काम सम्पन्न गर्न नसकेपछि कार्यालय पटकपटक बैंक ग्यारेन्टी तान्नका लागि पत्र पनि काटेर चौधरीले बताए । अब यसपनि काम सम्पन्न हुननसके ठेक्का सम्झौता तोड्ने कार्यालयले जनाएको छ।

यो सडक हुँदै रेसुङ्गा, धुर्कोट, मदाने गाउँपालिकाका नागरिकलाई प्रत्यक्ष लाभाम्भित हुनेछन्। – अनलाइन खबर 

Loading

Facebook Comments Box
मालारानीको धार्मिक–सांस्कृतिक पहिचान बोकेको नयाँ लोक भजन सार्वजनिक
रूपन्देही–२ मा सुरज पाण्डे : प्राविधिक पृष्ठभूमिबाट ‘नतिजा दिने राजनीति’को दाबी
जानकी गाउँपालिका वडा नं:७ द्वारा मोती मा.वि लाई पंखा हस्तान्तरण ।
टण्डन समाज नेपालको प्रथम अधिबेशन सम्पन्न ,अध्यक्षमा यम ब.टण्डन विजयी
ऐकादशी मेलामा आस्थाको समुन्द्र बुढानिलकण्ठमा करिब ५० हजार भक्तजनको सहभागिता
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?