By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CLICK BULLETIN
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
CLICK BULLETINCLICK BULLETIN
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » चन्द्रकोटमा बाँदर थुन्न खोर निर्माण

चन्द्रकोटमा बाँदर थुन्न खोर निर्माण

News Desk
News Desk
२०८० असार १७, आईतवार २०:४२

गुल्मीः चन्द्रकोट गाउँपालिकाले बाँदरलाई नियन्त्रणमा लिनका लागि खोर निर्माण गरेको छ ।

किसानहरुले लगाएको अन्नबाली बाँदरले सखाप पार्न थालेपछि बाँदरलाई नियन्त्रण गर्नका लागि खोर निर्माण गरिएको उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीले जानकारी दिनुभएकाे हाे ।बाँदर खोरमा पसेपछि डराउन सक्ने र अन्य बाँदरहरु डरले नआउने संभावना बलियो भएकाले यस्तो अभियान सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

एक एक वटा बाँदरहरु खोरमा रहँदा प्रजननमा वृद्धि नहुँने भएकाले बाँदरको संख्या वृद्धि कम गर्न सकिने भएकाले यो विधि उत्तम रहने गाउँपालिकाका अध्यक्ष युवराज केशीले दाबी गर्नुभयो  । बाँदरलाई मार्ने कानून नभएकाले उनीहरुलाई खोरमा थुन्ने र आहाराको ब्यबस्था गर्नु नै उत्तम विकल्प भएको उहाँको भनाई छ ।

किसानहरुले लगाएको अन्नबाली जंगली जनावरहरु र बाँदरले नष्ट गरिदिएपछि किसानको अन्नबाली संरक्षण गर्नका लागि पालिकाले हदैसम्मका उपायहरु अपनाउने पालिकाले जनाएको छ ।

बाँदरकै कारण बसाइँसराइँको दरपनि बढ्दै गएको बताउँदै गाउँपालिकाका प्रबक्ता घनश्याम खरेलले खोरको उपलब्धी कति हुन्छ त्यो परीक्षणमै रहेको बताउनुभयो । यदि यो सफल भए पालिकाभर अभियानकै रुपमै चलाइने खरेलको दाबी छ । चन्द्रकोट गाउँपालिका वडा नम्वर तीन हर्राचौरमा एक लाखको बजेटबाट अहिले पाँच वटा खोर निर्माण गरिएको छ ।

यता धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले बाँदर मार्न पाउनुपर्ने कानून निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । संघिय सरकारले किसानको समस्यालाई मध्यनजर गर्दै समस्या समाधान गर्नका लागि बाँदर मार्न पाउनुपर्ने कानुन निर्माण गर्नुपर्ने बताउनुभयो ।

कानून अभावका कारण बाँदर मार्न नसकिए बाँदरलाई छोपेर घरघरमा पाल्नुपर्ने उहाँको धारण छ ।
यस अघि जिल्ला समन्वय समिति गुल्मीको जिल्ला सभामा पनि बाँदरलाई नियन्त्रण गर्ने बिषयमा चर्चा चलेको थियो । जसका लागि कानून निर्माण गर्न संघिय सरकारलाई आग्रह गर्ने र बाँदर मार्न पाउनुपर्ने आवाज स्थानीय सरकारहरुले गरेका थिए ।

Facebook Comments Box
Total Views: 0
सहिद पार्क गुल्मी : पश्चिमी भेगको उदीयमान पर्यटकीय गन्तव्य
बुटवलमा खुल्यो गीताप्रेस पुस्तक बिक्री केन्द्र
रोट्याक्ट यूथ आइकन–२०८३’ को अडिसन सम्पन्न, २० जना फाइनल चरणका लागि छनोट
ग्रिनको शतकसँगै मुम्बई आईपीएल क्रिकेटको इलिमेनेटर नजिक
नवलपुर–२ मा रास्वपाका मनिष खनाल विजयी, २६ वर्षमै बने सांसद
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको सभापतिमा पत्रकार कपिल ज्ञवाली निर्वाचित

२०८३ कार्तिक २९, आईतवार २३:५६

शिवपुर माविका पूर्व प्रधानाध्यापक एवं शिक्षक केशव भण्डारीको निधन

२०८३ कार्तिक २९, आईतवार १७:०३

रोयल्टीमा कस्तुप पन्तको दबदबा, पाए सर्वाधिक ४ लाख रुपैयाँ

प्रयोगकर्ताको अनुमतिबिना फोटो ग्यालरीमा पहुँच गरेको भन्दै फेसबुकलाई इटालीले १ खर्ब ३३ अर्ब रुपैयाँ जरिबाना

भृकुटीमण्डपमा मंसिर ४ देखि अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी, प्रवेश निःशुल्क

१३ वर्षीय विश्वको बाँसुरीको धुनले जित्दैछ सबैको मन

सामाजिक सुरक्षा कोषमा झन्डै १ खर्ब ३० अर्ब रुपैयाँ सङ्कलन

संस्कृति संरक्षणसँगै सामाजिक सेवामा रुद्रगणको देउसी अभियान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?