बुटवल :- रुपन्देही निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री सुनिल लम्साल फराकिलो मतान्तरसहित विजयी भएका छन्।

अन्तिम मतपरिणाम अनुसार लम्सालले ५४ हजार ८४५ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हिराबहादुर केसीले ११ हजार ९८२ मत प्राप्त गरेका छन्।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रज्वल बोहराले ८ हजार ३०१ मत प्राप्त गर्दा नेकपा (एमाले) का दधिराम न्यौपानेले ७ हजार ४८८ मत ल्याएका छन्।

यस निर्वाचन क्षेत्रमा कुल ९७ हजार २११ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। रास्वपाका लम्सालले फराकिलो मतान्तरसहित जित हासिल गरेसँगै रुपन्देही–१ मा नयाँ राजनीतिक सन्देश गएको विश्लेषण गरिएको छ।
Facebook Comments Box
Total Views:
0

