By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » ४० मुनिको अभियान’ मा १५० युवा कांग्रेस प्रवेश

४० मुनिको अभियान’ मा १५० युवा कांग्रेस प्रवेश

News Desk
News Desk
२०८२ फाल्गुन १०, आईतवार २२:४५

बुटवल:- नेपाली कांग्रेसको ‘४० मुनिको अभियान’ अन्तर्गत बुटवलमा आयोजित कार्यक्रममा १५० जना युवाहरू पार्टीमा प्रवेश गरेका छन्।

युवा नेता विजय गुरुङ ‘टाइसन’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रकाश राना (नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिका कोषाध्यक्ष) प्रमुख अतिथि रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले राजनीति सेवा र परिवर्तनको माध्यम हुनुपर्ने बताएका छन्। “राजनीतिलाई कमाइको भाँडो बनाउने होइन। यसलाई स्वच्छ, पारदर्शी र जनमुखी बनाउनुपर्छ,” उनले भने। युवाको सक्रिय सहभागिताविना पार्टी सुदृढ नहुने उल्लेख गर्दै उनले रुपन्देही २ मा कांग्रेसका उम्मेदवार चुन्न प्रसाद शर्मा पौडेललाई विजय गराउन सबै जुट्नुपर्ने बताए।

गुरुङले सामाजिक तथा राजनीतिक व्यक्तित्व पौडेलले समाजमा गरेका उल्लेख्य कार्यका आधारमा स्थानीयसँग मत माग्न सहज रहेको दाबी गरे। “पौडेलको विजयले रुपन्देही–२ मात्र होइन, समग्र देश नै उल्लासमय हुनेछ,” उनले भने।

कार्यक्रममा ‘कम बोली, काम बढी—अबकी बार १०० पार’ भन्ने नारासहित युवाहरूले कांग्रेसलाई बलियो बनाउने प्रतिबद्धता जनाएका थिए। पार्टी प्रवेश गरेका युवाहरूले कांग्रेस नै युवालाई समेट्न सक्ने जिम्मेवार शक्ति भएको धारणा राखे। उनीहरूले नेतृत्वको पुस्तान्तरण र स्पष्ट वैचारिक दिशाका कारण आफूहरू आकर्षित भएको बताए।
“गगन थापा पार्टी सभापति बनेपछि कांग्रेसमा नयाँ ऊर्जा आएको अनुभूति गरेका छौं, त्यसैले हामी प्रवेश गरेका हौं,” एक नवप्रवेशी युवाले बताए।

प्रमुख अतिथि रानाले कांग्रेस लोकतान्त्रिक मूल्य र संस्थागत राजनीतिमा अडिग रहेको उल्लेख गर्दै युवालाई संगठन सुदृढीकरणमा सक्रिय हुन आग्रह गरे। “पार्टी बलियो बनाउने आधार युवा शक्ति हो। अनुशासन, इमान्दारिता र संगठनप्रति निष्ठा नै सफलताको सूत्र हो,” उनले भने।

कार्यक्रममा विभिन्न वडाबाट आएका युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। आयोजकका अनुसार ४० वर्ष मुनिका युवालाई नेतृत्व तहसम्म स्थापित गर्ने उद्देश्यले अभियानलाई निरन्तरता दिइनेछ।

Loading

Facebook Comments Box
गोबिन्द भुषालको अध्यक्षतामा राष्ट्रिय लोक सञ्चारकर्मी लुम्बिनी प्रदेश समिति चयन
जेन–जी आन्दोलन प्रकरण : मानवअधिकार आयोगमा मेयर बालेनको दुई घण्टा बयान, छानबिन तीव्र
मापदण्डविपरीत उत्पादन: अर्घाखाँची सिमेन्ट कम्पनीलाई जरिवाना
रवि लामिछानेको कार्यक्रमबारे नवलपरासी प्रशासनको सचेतना, आचारसंहिता विपरीत गतिविधि नगर्न आग्रह
सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?