By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » ईश्वर पोखरेलले एमाले अध्यक्षमा उम्मेदवारी घोषणा

ईश्वर पोखरेलले एमाले अध्यक्षमा उम्मेदवारी घोषणा

News Desk
News Desk
२०८२ मंसिर १०, बुधबार ००:०४

काठमाडौँ :-नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

लामो वक्तव्य मार्फत पोखरेलले आफ्नो निर्णयको कारण खुलाउँदै भने, “पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरीका साथीहरूको आग्रह र सुझाव स्वीकार गर्दै अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ।” उनले आफ्नो राजनीतिक पृष्ठभूमि र भूमिगत जीवनको अनुभवलाई पनि स्मरण गर्दै सामाजिक रूपान्तरण, पार्टी निर्माण तथा राज्य व्यवस्थामा लामो समय योगदान गरेको बताए।

पोखरेलले शक्तिमा नभएर सामूहिकतामा विश्वास राख्ने आधार प्रस्तुत गर्दै भने, “राष्ट्र, जनता र पार्टीलाई सदैव शीरमा राखेको छु। जीवनका उचारचढाबमा इमान र निष्ठा कहिल्यै डगमगाएको छैन।”

उनी केपी शर्मा ओलीलाई पार्टीमा अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गर्दै नेतृत्व हस्तान्तरण सहज र लोकतान्त्रिक ढंगले हुने आशा व्यक्त गरेका छन्। पोखरेलले दुई कार्यकालको प्रावधान पुनःस्थापना, पार्टीको लोकतान्त्रिक संस्कार र आन्तरिक प्रतिस्पर्धालाई उच्चतम स्तरको स्वीकार्यता दिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

पार्टी सञ्चालनमा सामूहिक नेतृत्व, कार्यकर्ताको सम्मान र पारदर्शी जिम्मेवारी बाँडफाँटको अभ्यास आवश्यक भएको उनको धारणा छ। साथै पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा सक्रिय भूमिका लिन वातावरण तयार गर्नुपर्ने प्रस्ताव राखेका छन्।

पोखरेलले महाधिवेशनपछि पार्टी स्कूल विभाग, नीति अध्ययन प्रतिष्ठान तथा देशव्यापी अन्तरक्रिया, गोष्ठी र छलफलमार्फत पार्टीको वैचारिक पक्षलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उहाँको उम्मेदवारीले एमालेभित्र नेतृत्व प्रतिस्पर्धा तिव्र बनाउने र पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ गर्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box
Total Views: 0
सुस्ताएको बुटवललाई फेरि चलायमान बनाउने संकल्पसहित मैदानमा छु : चुन्नप्रसाद शर्मा पौडेल
ललितपुर–२४ मा सेवा र विकासको मोडेल: अध्यक्ष पाण्डे र सदस्य महाजनसँग विशेष कुराकानी
जनताको आशा र भरोसाको केन्द्रमा हेल्मेट चिन्हका उम्मेदवार अरुण तिवारी
उज्यालो नेपाल पार्टीले विलयमा नजाने निर्णय
कांग्रेसमा आन्तरिक विवाद, केन्द्रीय कार्यसमिति बैठक लामो समयसम्म अनिर्णयमा
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

सम्पत्ति छानबिन आयोगलाई नमान्ने ओलीको घोषणा, ‘सम्पत्ति विवरण भर्दिनँ’

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको सनसनीपूर्ण दाबीलाई तपाईं के भन्नुहुन्छ ?

२०८३ जेष्ठ १७, आईतवार २२:२९

प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो

२०८३ जेष्ठ १७, आईतवार २२:०४

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र क्षमा माग्न प्रदीप ज्ञवालीको माग

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?