By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » पछिल्लो पुस्ताले महत्व नबुझ्दा हरायो मखमली फुलको माला

पछिल्लो पुस्ताले महत्व नबुझ्दा हरायो मखमली फुलको माला

News Desk
News Desk
२०८० कार्तिक २९, बुधबार १४:३६

बुटवल :- ‘मखमली फुल्दा मार्सीधान झुल्दा बहिनी आउनेछिन, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन’ प्रसिद्ध गायक नारायण रायमाझीले गाएको यो गीत तिहारको सेरोफेरोमा हरेक रेडियो स्टेशन र टेलिभिजनहरुले बजाउने गित हो।

गायक रायमाझीकै ‘दाइ मेरो कहाँ गयो मखमली फूल ओइलायो जस्ता गितहरु हरेक नेपालीले गुनगुनाउने गित हुन यि गीतका शब्द सुन्दा परदेशमा रहेका दाजुलाई सम्झेर बहिनीले मखमली फूल ओइलायो तर दाजु भाइटीकामा नआएको पीडा झस्काइदिन्छ।

सामान्यतया तिहार भन्ना साथ सोरठी, देउसी भैलो र मखमली फूलको झल्को आइहाल्छ। दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध प्रगाढ बनाउने भाइटीकामा दाजुभाइका लागि दिदीबहिनीले दीर्घायुको कामना गर्दै तिहारमा लगाई दिने गरिएको कहिल्यै नओइलाउने फुल मखमली भने आफै मासिने अवस्थामा पुगेको छ।
सुपारीजस्तो गोलाकार मखमली फूल पनि सयपत्रीझैँ सयौँ फूलको पुष्पपुञ्ज हो। नामले मखमली भनिएता पनि यो फूल नरम, कोमल र कलिलो नभई खस्रो हुन्छ।

कोपिला लागे देखि एउटै रंङको यो फुल कहिल्यै नओइलिने भएकाले यसलाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकका रूपमा लिइन्छ। त्यसकारण  तिहारको भाईटिकामा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी मखमली फुलको माला लागाइ दिने प्रचलन छ।

अहिले पनि भाइटीकामा पुराना पुस्ताले मखमली फूल नै खोज्ने गर्दछन्। तर हिजोआज भने गाउँघरमा समेत यो फूल पाउनै मुस्किल छ।

दिदीबहिनी र दाजुभाइको प्रेमलाई पवित्र गाँठोमा बाँध्न सफल मखमलीको माला बिना तिहार आएको जस्तो महशुस नै नहुने यो फुल बजारबाट आयातित फुलले बिस्थापित गरि सकेको छ।

प्लाष्टिक फुलको ब्यापार गर्नेहरुको मात्रै मखमली फुल बिस्थापित हुने अवस्थामा पुगेको होईन् बर्षमा लाखौंको सयपत्री फुलको ब्यापार गर्छु भन्ने पुष्प ब्यवसायी कृषकहरुले समेत यो फुल लगाउन छोडेका छन्।

तिन पुस्ता अघि देखि रुपन्देहीमा नर्सरी गर्दै आएका गुप्ता नर्सरीका सञ्चालक सूरज गुप्ता मखमली फुल लगाउन हुर्काउन र फुलाउन सजिलो भएपनि मखमली फुल लगाउने तर्फ कसैको ध्यान नगएको बताउछन्।

मखमली बलियो फुल हो, धेरै मल जल चाहिदैन् स्याहार सुसार गर्नु पनि पर्दैन एउटै बोटले धेरै फुल दिन्छ, तर कुनैपनि फुल किसानले मखमली फुल लगाउन चाहदैनन् गुप्ताले भने। मखमली फुलको महत्व नबुझेर यस्तो भएको हो की उनले भने।

गुप्ताले पछिल्लो ५ बर्ष यता आफुहरुले पनि मखमली फुल उत्पादन गर्न छोडेकोे बताए। बिचको एक समय प्लाष्टिकका मालका कारण  मखमलीको माग हुन छोड्यो, अहिले सयपत्री फुलको माला चलेको छ, त्यसकारण हामीले मखमली उत्पादन गर्ने तिर चासो दिईएन्। माग भए उत्पादन गर्न सकिन्छ उनले भने।

सुपारीजस्तो गोलाकार मखमली फूल पनि सयपत्री झैँ सयौँ फूलको पुष्पपुञ्ज हो। नामले मखमली भनिए तापनि यो फूल नरम, कोमल र कलिलो नभई खस्रो हुन्छ। वैजनी र प्याजी रङमा फूल्ने मखमली तिहारमा विशेष लोकप्रिय र महत्वपूर्ण मानिन्छ। संस्कृतमा रक्त मल्लिका भनिने यो फूल देख्दा पनि सुन्दर देखिन्छ।

तिलोत्तमाको शंकरनगरमा फुल खेती गर्दै आएका ग्रिनजोन एग्रोफर्मका सन्चालक ईश्वरी भण्डारीले आफुले १० लाख हाराहारीको सयपत्री बेचेकोमा २ सय हाराहारी मात्रै मखमली फुल बिक्रि भएको बताए।

भण्डारीका अनुसार पुराना पुस्ताका महिलाहरु सयपत्री संगै मखमली पनि लगाईदिनु पर्छ भनेर एकदुई पिस गरेर लगेका थिए।  तर पछिल्लो पुस्ताका दिदि बहिनीहरु मखमलीको नामै लिएनन्। मखमलीको माग नै भएन् पाका पुस्ताका महिलाहरु आएर मखमली माग्नु भयो नया पुस्ताले त माग्दै माग्नु भएन् भण्डारीले भने।

मखमलीको मालाको महत्व बुझेको पाईएन, पछिल्लो समय फोटो शेसनको जमाना भएर पनि होला सयपत्रीको जस्तो मखमली फुलको माला लगाएर फोटो खिच्दा झपक्क देखिदैन त्यसैले मन पराएनन् जस्तो लाग्छ महत्व के हो भन्ने तिर भन्दा पनि फोटो कसरी राम्रो आउछ भन्ने तिर ध्यान गयो भण्डारीले भने।

समान्यतय नझर्ने, नओइलाउने र वर्षौं पनि टिक्ने हुनाले यसको अजम्बरी प्रकृतिलाई आत्मसात् गरेर दिदीबहिनीले आफ्ना दाजुभाइलाई मखमली फूलको माला लगाई दिदा दाजुभाईको दीर्घायु हुन्छ भन्ने जनबिश्वास छ।

तिहारजस्तो पर्वमा पनि दाजुभाइलाई मखमली फूलको माला लाउन नपाउदा कस्तो कस्तो लाग्थ्यो तर अहिले मखमली फुल गाउमा पनि पाउन छोडीयो प्लाष्टिक फुलले मात्रै होईन सयपत्री फुलले पनि मखमली फुललाई बिस्थापित गरेको हो बुटवल कालिकानगरका नरीश्वर रेग्मीले भने।
“ मखमली फूल जोगाउनतिर कसैको ध्यान छैन, फुल उत्पादन गर्ने किसानहरु पनि सयपत्री फुलबाट नाफा कमाउने तिर ध्यान दिए एउटै गमलामा लगाएपनि मखमली फुलको ४।५ वटा माला हुन्थ्यो तर कसैले लगाउदैन् तिहारमा कुन फूलको माला लगाउने हो अबका पुस्ताले महत्व चिन्नै छाडेजस्तो लाग्यो”रेग्मीले चिन्ता व्यक्त गरे।

Facebook Comments Box
Total Views: 0
औद्योगिक प्रदर्शनीमा अहिलेसम्मकै भीड, एकैदिन ६० हजार अवलोकनकर्ता
भूकम्पको अर्को धक्का महसुस
शिक्षककाे आन्दाेलन : काठमाण्डाै उपत्यकामा गाडी आवागमन अस्तव्यस्त
गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य संस्थाहरुको समिक्षा
गोरखामा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको सनसनीपूर्ण दाबीलाई तपाईं के भन्नुहुन्छ ?

२०८३ जेष्ठ १७, आईतवार २२:२९

प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो

२०८३ जेष्ठ १७, आईतवार २२:०४

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र क्षमा माग्न प्रदीप ज्ञवालीको माग

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

उजिरसिंह माविको एसईई नतिजा उत्साहजनक, गुणस्तरीय शिक्षातर्फ सफल यात्रा

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?