By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » इजरायलमा विपिन बेपत्ताको एक महिना अवस्था : अझै अज्ञात, सकुशल रहेको विश्वास

इजरायलमा विपिन बेपत्ताको एक महिना अवस्था : अझै अज्ञात, सकुशल रहेको विश्वास

News Desk
News Desk
२०८० कार्तिक २१, मंगलवार ०८:२८

बुटवल :- हमास समूहको आक्रमणमा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएको र कञ्चनपुरका विपिन जोशी बेपत्ता भएको एक महिना भएको छ । तर, जोशीको अवस्था अझै अज्ञात छ । उनको खोजीमा सरकारले कूटनीतिक प्रयास गरे पनि सफलता मिलेको छैन ।

सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इजरायलमा रहेकै वेला ७ अक्टोबरमा आक्रमणको सिकार भएका थिए । हमासको हमालमा ज्यान गुमाएका १० विद्यार्थीको शव स्वदेश ल्याएर अन्तिम संस्कार भइसकेको छ ।

हमास समूह २० असोजमा इजरायल प्रवेश गरेर अन्धाधुन्ध गोली चलाउँदा १० विद्यार्थीको निधन भएको थियो भने चारजना घाइते भएका थिए । स्वदेश फर्केका विद्यार्थीले जोशीलाई आक्रमणकारी समूहले नियन्त्रणमा लिएर गएको प्रतिक्रिया दिएका छन् । तर, उनको अपहरणको जिम्मा अहिलेसम्म कुनै समूहले लिएका छैनन् ।

इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल भन्छिन् ‘इजरायलमा शवहरूको डिएनए परीक्षण हुँदा उनीसँग मेल नखाएको हुनाले विपिन जोशी जीवितै छन् भन्ने आकलनका आधारमा खोजीका लागि हरसम्भव प्रयास गरिरहेका छौँ ।’

उनका साथीहरूको बयानका आधारमा सरकारले जोशी हमासको नियन्त्रणमा हुन सक्ने आकलनसहित मध्यपूर्वी मुलुकहरूमार्फत उनको मुक्तिका लागि कूटनीतिक प्रयास थालेको छ । मृतकका सबै शवको डिएनए परीक्षण हुँदा विपिनको नभेटिनुले उनी जीवितै रहेको इजरायलस्थित नेपाली दूतावासको विश्वास छ । ‘बेपत्ता अवस्थामा रहेका विपिन जोशीको खोजीका लागि हरसम्भव प्रयास गरेका छौँ । अहिलेसम्म यकिन हुन सकेको छैन,’ इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले टेलिफोनमा भनिन्, ‘मृतकका सबै शवको डिएनए परीक्षण हुँदा विपिन जोशीको नभेटिनुले उनी जीवितै छन् भन्नेमा हामी छौँ । तर, उनलाई हमास समूहले अपहरण नै गरेको भनेर आधिकारिक रूपमा पुष्टि नै गर्ने अवस्था छैन ।’

इजरायलका राष्ट्रपतिसँग शिष्टाचार भेटमा जोशीको खोजीका लागि सहयोग गर्न अनुरोध गरेको पनि राजदूत रिजालले बताइन् । नेपाल भमणका वेला संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र परराष्ट्रमन्त्री एनपी साउदसँग गत साता अमेरिकामा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले जोशीको अज्ञात अवस्थाबारे चिन्ता जनाएका थिए । उनीहरूले जोशीको सकुशल मुक्तिका लागि आह्वान गरेका थिए ।

इजरायलले जोशी हमासको अपहरणमा परेको भन्ने परराष्ट्र मन्त्रालयलाई चिठी लेखेको विषय यही साता सार्वजनिक भएको थियो । तर, यसबारे नेपाली दूतावास जानकार नरहेको उनले बताइन् । ‘मैले पनि पत्रपत्रिकामा पढेको हुँ । आधिकारिक रूपमा हामीलाई थाहा छैन,’ उनले भनिन् ।

परराष्ट्रमन्त्री साउदले यसअघि कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुलाजिज बिन सलेह अल खुलैफीसँग टेलिफोन गरेर जोशीको मुक्तिका लागि प्रयास गरिदिन अनुरोध गरेका थिए । मध्यपूर्वको इरान, इजिप्ट, साउदी अरेबिया, कतारसँग हमास समूहको राम्रो सम्बन्ध छ । सरकारले मध्यपूर्वका यीलगायतका मुलुकसँग नेपाली विद्यार्थीको खोजीका लागि प्रयास गरेको छ । सरकारले रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी)लगायतका संघसंस्थासँग पनि जोशीको खोजबिन गरिदिन अनुरोध गरिसकेको छ ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
चितवन अटोमोबाइल एशोसियसनमा कान्छा उम्मेद्वार विमल पौडेलको उम्मेद्वार
दुर्घटनामा स्कुटर चालकको मृत्यु
भाउजू म मरे भनेर अन्तिम म्यासेज गरेका पदम थापाको इजरायलमा मृत्यु
अबको प्रधानमन्त्री गगन थापा हुन् : कांग्रेस उम्मेदवारहरूको दाबी
ईजरायली सेनाले उद्धार गरेकाहरु मध्ये एक जना गुल्मेली पनि
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?