By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » बुटवलका एकपछि अर्को सहकारीमा समस्या, बचतकर्ताको पैसा दिन नसक्दा सप्तदिपका संचालक सम्पर्कविहीन

बुटवलका एकपछि अर्को सहकारीमा समस्या, बचतकर्ताको पैसा दिन नसक्दा सप्तदिपका संचालक सम्पर्कविहीन

News Desk
News Desk
२०८० बैशाख २०, बुधबार १४:०७

बुटवल : बुटवलमा एकपछि अर्का सहकारीहरू समस्यामा पर्दै गएका छन्। शिवशिखर, सुप्रिम, उपकार र आगन्तुक सहकारीपछि बुटवलकै अर्को सहकारी सप्तदिप बहुद्देश्यीय सहकारी पनि समस्यामा परेको छ।

अहिले यस सहकारीका सदस्यहरु दैनिक जसो कार्यालयमा पुगे पनि सहकारीका सञ्चालकहरु भेटिंदैनन्। सदस्यहरुले बचत रकम फिर्ता माग्न थालेपछि संचालकहरु सहकारीको कार्यालय बन्द गरि सम्पर्कविहीन भएका छन्।

‘हामीले खाइ नखाइ दुःखले रकम जम्मा गर्यौ। तर अहिले सहकारीमा ताला लगाएको छ। यस बारे हामी कहाँ गएर बोल्ने?’ सहकारीकी सदस्य लक्ष्मी मल्लले भनिन्।

कार्यालयमा कुनै पनि सूचना नटाँसी सञ्चालकहरु सम्पर्कविहीन भएपछि बचतकर्ताहरुले सहकारीमै धर्ना दिन थालेका छन्। विगत १५ दिनदेखि कार्यालयमा ताला लगाएर सञ्चालकहरु सम्पर्कविहीन भएपछि सहकारीमा धर्ना दिन आएको मल्लले बताइन्।

‘मिटिङ बसेर असार मसान्तसम्म क्लिएर गर्छौ भन्नुभयो। टोकन पनि वितरण गर्नुभयो। तर दुई महिनाको टोकनको मिति सकिंदा पनि रकम पाएकी छैन,’ उनले भनिन्। उनले सञ्चालकहरुले आफूहरुलाई झूट बोलेर धोका दिएको समेत बताइन्।

सानो व्यवसायबाट जम्मा गरेको पैसा सहकारीमा बचत गर्दै आए पनि संचालकहरु नै सम्पर्कविहिन भएपछि बिचल्लीमा परेको मल्लको भनाइ छ।

अर्का बचतकर्ता सिता घिमिरेले वैशाख १० गते पैसा दिने भनी सहकारीले टोकन दिए पनि अहिलेसम्म आफूले रकम फिर्ता नपाएको बताइन्। बचत रकम फिर्ता गर्ने भन्दै संचालक समितिले टोकन दिएको र सोही टोकन लिएर सहकारीमा जाँदा कार्यालयमा ताला लगाइएको पाएको उनको भनाइ छ।

कार्यालयका कर्मचारी फर्सुराम ढकालले कार्यालयका विषयमा आफूलाई धेरै जानकारी नभएको बताए। संचालकहरु सम्पर्कविहीन भएपछि पचास हजारदेखि पाँच लाखसम्म बचत गरेका बचतकर्ताहरु इलाका प्रशासन कार्यालय अगाडि समेत धर्ना दिन पुगेका थिए।

यता आगन्तुक सहकारी, शिवशिखर सहकारी र सुप्रिम सहकारीले पनि अझै बचकर्ताको रकम फिर्ता दिन सकेका छैनन्।

शिवशिखर सहकारीका पुरै सञ्चालकहरु सम्पर्कविहीन बनेका छन्। सञ्चालकहरु सम्पर्कविहीन हुँदा बचतकर्ताहरु बिचल्लीमा परेका छन्।

शिवशिखर सहकारीले घरभाडा बापतको झण्डै २५ लाख रुपैयाँ समेत तिरेको छैन। अहिले पनि शिवशिखर सहकारीमा बचतकर्ता पुग्ने गरे पनि ताला लगाएको छ ।

त्यस्तै सुप्रिमले पनि बचकर्ताको रकम दिन सकिरहेको छैन। आगन्तुक सहकारीको अवस्था पनि उस्तै छ।

साभार : उकेरा

Facebook Comments Box
Total Views: 0
लुम्बिनी केवलकारको औपचारिक उद्घाटन आज प्रधानमन्त्री प्रचण्डले गर्ने
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ
गुल्मीमा १० दिनदेखि बेपत्ता महिला मृत फेला
गुल्मीदरबारमा अध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै
टाउकोमा चोट लागेको अवस्थामा सैनामैनामा पुरुषको शव फेला
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको सनसनीपूर्ण दाबीलाई तपाईं के भन्नुहुन्छ ?

२०८३ जेष्ठ १७, आईतवार २२:२९

प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो

२०८३ जेष्ठ १७, आईतवार २२:०४

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र क्षमा माग्न प्रदीप ज्ञवालीको माग

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

उजिरसिंह माविको एसईई नतिजा उत्साहजनक, गुणस्तरीय शिक्षातर्फ सफल यात्रा

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?