By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » चीनमा विशाल ताल फुट्यो, नेपालतर्फ त्रिशूली किनारमा सतर्कता

चीनमा विशाल ताल फुट्यो, नेपालतर्फ त्रिशूली किनारमा सतर्कता

News Desk
News Desk
२०८३ भाद्र १२, शुक्रबार ११:५६

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा पहिरोले नदी थुनिएर बनेको विशाल ताल फुटेको छ। ताल फुटेको सूचना चिनियाँ पक्षबाट प्राप्त भएपछि नेपालतर्फ त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्कता बढाइएको छ।

Contents
  • तालमा थियो २० लाख घनमिटर पानी
  • चीनमा उद्धार टोली नै पछि हटाइयो

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले चिनियाँ पक्षबाट ताल फुटेको जानकारी आएको पुष्टि गरेका छन्। सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी किनारका बासिन्दालाई सुरक्षित र सतर्क रहन सूचना जारी गरिएको उनले बताए।

‘थुनिएको ताल फुटेको भनेर चिनियाँ पक्षबाट सूचना आएको छ,’ परियारले क्लिक बुलेटिनसँग भने, ‘नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सूचना जारी भइसकेको छ।’

चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम आसपास पहिरो खसेपछि नदी थुनिएको थियो। नदीको प्राकृतिक बहाव रोकिएसँगै त्यहाँ ठूलो ताल बनेको थियो।

उक्त क्षेत्रमा लगातार पानी जम्मा भइरहेकाले ताल फुट्न सक्ने जोखिम यसअघि नै औंल्याइएको थियो।

छोचेन खोला र पुरेपू त्साङ्पो तिब्बत क्षेत्रमा उद्गम भएर नेपालतर्फ बग्ने नदी प्रणालीसँग जोडिएका छन्। यी नदीको पानी नेपाल प्रवेश गरेपछि भोटेकोशी हुँदै त्रिशूली नदी प्रणालीमा मिसिने भएकाले चीनतर्फ एकैपटक ठूलो परिमाणमा पानी छुट्दा नेपालतर्फ पनि नदीको बहाव बढ्न सक्ने जोखिम रहन्छ।

यही सम्भावनालाई ध्यानमा राख्दै रसुवासहित त्रिशूली नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन भनिएको हो।

तालमा थियो २० लाख घनमिटर पानी

बिहीबार बिहानसम्म पहिरोले बनेको उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको थियो।

चीनको जलस्रोत मन्त्रालयले तीन दिनभित्र थप करिब ३० लाख घनमिटर पानी तालमा जम्मा हुन सक्ने अनुमान गरेको थियो। पानीको मात्रा निरन्तर बढिरहेकाले प्राकृतिक रूपमा बनेको बाँधले थेग्न नसक्ने जोखिम बढेको थियो।

सम्भावित बाँध फुट्ने जोखिमलाई ध्यानमा राख्दै चिनियाँ अधिकारीहरूले तालको अवस्थालाई निरन्तर निगरानी गरिरहेका थिए।

ताल फुटेको सूचना आएपछि अहिले त्यसबाट छुटेको पानीको बहाव र त्यसले तल्लो क्षेत्रमा पार्न सक्ने प्रभावलाई लिएर सतर्कता बढाइएको छ।

चीनमा उद्धार टोली नै पछि हटाइयो

तालबाट थप बाढी आउन सक्ने जोखिम देखिएपछि चीनले तिब्बतमा जारी खोज तथा उद्धार कार्यसमेत तत्कालका लागि स्थगित गरेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले चिनियाँ सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै जनाएअनुसार घटनास्थलमा खटिएका उद्धार टोलीलाई जोखिम क्षेत्रबाट करिब एक किलोमिटर पछाडि हट्न निर्देशन दिइएको छ।

पहिरो प्रभावित क्षेत्रमा अझै सयौँ मानिस बेपत्ता रहेको बताइएको छ। उनीहरूको खोजीमा उद्धार टोली परिचालित भए पनि तालबाट अचानक ठूलो बाढी आउन सक्ने जोखिमका कारण उद्धारकर्मीलाई सुरक्षित स्थानमा सारिएको हो।

चीनको सरकारी प्रसारण संस्था सीसीटीभीका अनुसार पहिरोपछि थुप्रिएको ढुंगा, माटो र लेदोले नदीको बहाव रोकेपछि ताल बनेको थियो। ताल भरिँदै गएपछि पानी उद्धार टोली परिचालित क्षेत्रतर्फ समेत बग्न थालेको थियो।

त्यसपछि उद्धार टोलीलाई सुरक्षित स्थानमा तयारी अवस्थामा बस्न र थप निर्देशनको प्रतीक्षा गर्न भनिएको छ।

यता नेपालमा पनि चिनियाँ पक्षबाट ताल फुटेको सूचना आएपछि सम्भावित जोखिमलाई लिएर सतर्कता अपनाइएको छ। प्रशासनले विशेषगरी नदी किनार र तल्लो तटीय क्षेत्रमा रहेका नागरिकलाई नदीको बहावमा हुने परिवर्तनप्रति सचेत रहन तथा सम्बन्धित निकायबाट जारी हुने सूचनालाई पालना गर्न आग्रह गरेको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
फरक क्षमता भएकालाई लायन्सले गर्यो ह्वील चेअर प्रदान
‘परस्त्री’को हिन्दी संस्करणमा अमित मिश्र, सोनल प्रधान र कुनाल गाञ्जवालाको गायन
गुल्मीदरबारमा अध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै
पाल्पा दुर्घटनामा मृत्यु हुने सबै एकै परिवारका
हेटाैंडामा कार दुर्घटना अपडेट : लामाकाे मृत्यु
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?