काठमाडौं :- नेपाली सांगीतिक क्षेत्रमा नयाँ भावनात्मक गीत ‘आधा मन’ सार्वजनिक भएको छ। प्रेम बस्नेत प्रस्तुत रहेको यस गीतमा कलाकार रिना र रमेश को उत्कृष्ट अभिनय देख्न सकिन्छ।

प्रेम, विछोड र सम्बन्धका संवेदनशील भावनालाई समेटिएको यस गीतमा रमेश बिक्रम रत्न र मनु बेलबासे को स्वर रहेको छ भने शब्द प्रेम बस्नेत ले सिर्जना गरेका हुन्। संगीत रमेश बिक्रम रत्न तथा एरेन्ज लक्षु प्रकाश मल्ल ले गरेका छन्।
केशव राज भट्ट को निर्देशनमा तयार भएको म्युजिक भिडियोले ग्रामीण परिवेशमा आधारित मार्मिक प्रेमकथा प्रस्तुत गरेको छ। उत्कृष्ट दृश्यांकन, मन छुने कथा र मिठो संगीतका कारण गीतले दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाइरहेको छ।

‘आधा मन’ विभिन्न डिजिटल प्लेटफर्ममा सार्वजनिक भइसकेको छ। सम्पूर्ण दर्शक तथा श्रोताहरूलाई गीत हेरी आफ्नो अमूल्य प्रतिक्रिया दिन निर्माण टिमले आग्रह गरेको छ।

