By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गायक खनालको तीजगीत ‘कम्मरु भाँचम्ला’ इन्द्रेणीमा भव्य विमोचन

गायक खनालको तीजगीत ‘कम्मरु भाँचम्ला’ इन्द्रेणीमा भव्य विमोचन

News Desk
News Desk
२०८३ श्रावण २६, मंगलवार २३:५०

काठमाडौं :- नेपाली मौलिक तीज संस्कृति, चेलीबेटीको माइतीप्रतिको आत्मीयता र पर्वको उल्लासलाई समेटिएको नयाँ तीजगीत ‘कम्मरु भाँचम्ला’ सार्वजनिक भएको छ। लोकप्रिय गायक तथा सर्जक मोतिराज खनालको प्रस्तुतिमा तयार भएको गीतको लोकप्रिय सांगीतिक कार्यक्रम ‘इन्द्रेणी’मा भव्य समारोहबीच विमोचन गरिएको हो।

श्रावण २५ गते सम्पन्न विमोचन कार्यक्रममा गायक मोतिराज खनालको अध्यक्षता रहेको थियो। कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष तथा वरिष्ठ कलाकार उत्तम केसी प्रमुख अतिथिका रूपमा उपस्थित भई गीतको औपचारिक विमोचन गर्नुभएको थियो। कार्यक्रमको उद्घोषण समाजसेवी तथा अभियन्ता विशाल मिश्रले गर्नुभएको थियो।

विमोचन समारोहमा वरिष्ठ कलाकार पार्वती अधिकारी, ‘इन्द्रेणी’का अध्यक्ष तथा सञ्चालक कृष्ण कँडेल, ऋषिराम भुसाललगायत कलाकार, सञ्चारकर्मी, शुभेच्छुक तथा आफन्तजनको उपस्थिति रहेको थियो। कार्यक्रममा तीजगीतको मौलिकता, नेपाली लोकसंगीतको संरक्षण तथा नयाँ पुस्तामाझ लोकसंस्कृतिको प्रवर्द्धनका विषयमा समेत चर्चा गरिएको थियो।

मोतिराज खनाल, बैकुण्ठ महत र रेखा पोखरेलको स्वर रहेको ‘कम्मरु भाँचम्ला’का शब्द मोतिराज खनाल र किरण पन्थीले लेखेका हुन् भने संगीत मोतिराज खनालकै रहेको छ। गीतको संगीत संयोजन लक्षु प्रकाश मल्लले गरेका छन्। कृष्ण बाजुरालीले रेकर्डिङ तथा मिक्सिङको जिम्मेवारी सम्हालेका छन् भने गीतको रेकर्डिङ द म्युजिक एरा स्टुडियोमा गरिएको हो।

गीतको भिडियोमा भुवन के. पोखरेल, जुना कार्की, भगवान् भण्डारी र रेणुका बरालको अभिनय तथा नृत्य रहेको छ। शिवाजी क्षेत्रीको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको भिडियोमा विभिन्न जिल्लाका चेलीहरूको सामूहिक सहभागिताले तीजको मौलिक रंगलाई थप जीवन्त बनाएको छ।

भिडियोको छायांकन सुनिल राउत तथा टिमले गरेका छन् भने विनोद बमले भिजुअल एडिट तथा कलरको जिम्मेवारी सम्हालेका छन्। मेकअप शंकर सुमनले गरेका छन्।

माइतीको मायादेखि श्रीमान्–श्रीमतीको रमाइलो सम्बन्धसम्म
‘कम्मरु भाँचम्ला’को भिडियोमा तीजको अवसरमा श्रीमती माइत जाने तयारी गरेपछि श्रीमान्ले ‘यसपालि माइत नजाऊ, सँगै नाचौँला’ भन्दै फकाउने रमाइलो प्रसंगबाट कथा अघि बढाइएको छ।

तर माइतीबाट बाबाको फोन आएपछि कथाले भावनात्मक मोड लिन्छ। यसमार्फत तीजमा छोरी–चेलीलाई माइती बोलाउने परम्परा, बाबुआमाको माया, माइतीप्रतिको आत्मीयता तथा श्रीमान्–श्रीमतीबीचको रमाइलो सम्बन्धलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरिएको छ।

पछिल्लो समय तीजगीतमा मौलिकता र सांस्कृतिक पक्षलाई प्राथमिकता दिनुपर्ने बहस चलिरहेका बेला ‘कम्मरु भाँचम्ला’ले परम्परागत तीजको भावनासँगै आधुनिक प्रस्तुति र मनोरञ्जनलाई जोड्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ।

गीतको प्रचार–प्रसार तथा सञ्चार सहकार्यमा देउराली दर्शन मिडिया प्रा.लि.द्वारा सञ्चालित गुल्मी बुलेटिन र क्लिक बुलेटिन मिडिया पार्टनरका रूपमा रहेका छन्। गीतलाई दर्शक–श्रोतामाझ पुर्‍याउन दुवै सञ्चारमाध्यमले सहकार्य गर्ने जनाइएको छ।

तीजको मौलिक स्वाद, छमछमी नाच्न मिल्ने लय र पारिवारिक कथावस्तुलाई एकैसाथ प्रस्तुत गरिएको ‘कम्मरु भाँचम्ला’ले दर्शक–श्रोताको मन जित्ने अपेक्षा गरिएको छ। गीतको म्युजिक भिडियो मोतिराज खनाल अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
जिल्ला सहकारी संघ लिमिटेडको ४१औँ वार्षिक साधारणसभा सम्पन्न
कृषि वैज्ञानिक डा. रामबहादुर खड्का ‘ राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन पुरस्कार २०८० ’ बाट सम्मानित
टोपबहादुरका छोरा सन्दीप रायमाझी बुटवलबाट पक्राउ
ललितपुरको हनुमान बाजे मन्दिरमा हरेक शनिबार र मंगलबार हजारौं भक्तजनको भीड
गुल्मीको मुसिकोट नगरपालिकामा तालाबन्दी
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

अन्तर्राष्ट्रिय युवा दिवसमा सेन्ट्रल पार्कमा युवाको सरसफाइ अभियान

लियो क्लब अफ बुटवलको नेतृत्वमा लक्ष्मण खनाल

गायक खनालको तीजगीत ‘कम्मरु भाँचम्ला’ इन्द्रेणीमा भव्य विमोचन

२०८३ श्रावण २७, बुधबार १९:३७

कमल भट्टराईको ‘पलपलीको ढाका टोपी ढल्क्यो शिरैमा’ सार्वजनिक

२०८३ श्रावण २७, बुधबार १९:३६

भ्युको व्यापार होइन, सत्यको सम्मान गरौँ

रुपन्देहीमा अवैध भीओआइपी कल बाइपासमा संलग्न एक पक्राउ, ठूलो परिमाणमा सिम कार्ड र उपकरण बरामद

कुवेतमा भएको आक्रमणमा नेपालीको मृत्यु : सरकारले गर्‍यो कडा निन्दा

धनुषामा सर्वदलीय–सर्वपक्षीय बैठक आज, अवस्था सहज बनाउन सद्भाव र्‍याली निकाल्ने तयारी

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?