By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » होर्मुज क्षेत्रमा तनाव बढ्दा विश्वभर इन्टरनेट प्रभावित हुने जोखिम

होर्मुज क्षेत्रमा तनाव बढ्दा विश्वभर इन्टरनेट प्रभावित हुने जोखिम

News Desk
News Desk
२०८२ चैत्र २०, शुक्रबार २१:२१

काठमाडौं :- अमेरिका, इजरायल र इरान बीच बढ्दो तनावका कारण होर्मुज जलडमरु क्षेत्र प्रभावित हुँदा विश्वभर इन्टरनेट सेवामा समेत असर पर्ने जोखिम देखिएको छ।

यो जलडमरु क्षेत्रबाट विश्वको करिब २० प्रतिशत कच्चा तेल र २५ प्रतिशत तरल ग्यास आपूर्ति हुने गर्छ। साथै यही मार्गमुनि समुद्रभित्र इन्टरनेटका प्रमुख फाइबर केबलहरू पनि बिछ्याइएका छन्, जसले विश्वव्यापी डेटा आदान–प्रदानमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।


विशेषज्ञहरूका अनुसार यस क्षेत्रमा तनाव बढेमा वा केबलमा क्षति पुगेमा भारत सहित विश्वका धेरै देशहरूमा इन्टरनेटको गति सुस्त हुन सक्छ। उनीहरूले यस क्षेत्रलाई ऊर्जा मात्र नभई डिजिटल दृष्टिले पनि अत्यन्त संवेदनशील ‘चोकपोइन्ट’ का रूपमा लिएका छन्।

हाल विश्वको करिब ९५ देखि ९७ प्रतिशत डेटा समुद्रभित्र बिछ्याइएका फाइबर केबलमार्फत प्रवाह हुने गर्छ। भारतलाई युरोप, अफ्रिका र पश्चिम एसियासँग जोड्ने प्रमुख केबल प्रणालीहरू यही मार्ग आसपासबाट गुज्रिने भएकाले जोखिम अझ बढी देखिएको छ।

केबलमा समस्या आएमा डेटा वैकल्पिक लामो मार्गबाट पठाउनुपर्ने हुन्छ, जसले गर्दा डेटा ट्रान्सफर समय बढ्नेछ। यसको प्रभाव भिडियो स्ट्रिमिङ, सामाजिक सञ्जाल, भिडियो कल तथा क्लाउड सेवामा देखिन सक्छ।

सूचना प्रविधि क्षेत्रमा समेत यसको ठूलो असर पर्ने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय सेवा प्रभावित हुँदा आर्थिक क्षति हुन सक्ने तथा बैंकिङ सेवा र रेमिटेन्स प्रणाली पनि सुस्त हुन सक्ने सम्भावना छ।

यद्यपि इन्टरनेट पूर्ण रूपमा बन्द हुने सम्भावना भने कम रहेको विज्ञहरूले बताएका छन्। वैकल्पिक मार्ग प्रयोग भए पनि अत्यधिक चापका कारण गति भने घट्न सक्नेछ। यस जोखिमलाई ध्यानमा राख्दै विभिन्न देशहरूले वैकल्पिक संरचना र नयाँ प्रविधिमा लगानी बढाइरहेका छन्।हाल होर्मुज क्षेत्रमा बढ्दो तनावले ऊर्जा मात्र होइन, डिजिटल सुरक्षालाई समेत चिन्ताको विषय बनाएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपविरुद्ध बुटवलमा विरोध कार्यक्रम
तीजमा नाच्ने बेला भएको विवादपछि कुटपिट हुँदा एक जनाको मृत्यु
बझाङमा ३ घन्टाभित्र ४ रेक्टरमाथिका ६ वटा भूकम्प,
भारतले चामल निर्यातमा लगायो रोक
आजदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र दिल्ली उडान हुने
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?