रुपन्देही :- नेकपा (एमाले) का उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विष्णुप्रसाद पौडेलले मतदान गरेका छन् ।


उनले बुटवल उपमहानगरपालिका वडा नं. ८ स्थित पश्चिमाञ्चल डिभिजन सडक कार्यालय बुटवल मतदान केन्द्रमा बिहानै पुगेर मतदान गरेका हुन् । बिहान साढे ७ बजे नै उनी मतदानमा सहभागी भएका थिए ।
पौडेलले लोकतान्त्रिक प्रक्रियामा सहभागी हुँदै आफ्नो मताधिकार प्रयोग गरेका हुन् ।
Facebook Comments Box
Total Views:
0

