काठमाडौँ :- काठमाडौंको महाराजगञ्ज र नैकाप क्षेत्रमा मंगलबार बिहान पार्किङमा राखिएका सवारी साधनमा आगजनी भएको छ।

प्रहरीका अनुसार नैकापमा सिप्रदी ट्रेडिङको कार्यालय नजिक पार्क गरिएको बिएए २८३६ नम्बरको टोयोटा कारमा अज्ञात समूहले आगो लगाएको थियो। त्यसैगरी महाराजगञ्जस्थित पेट्रोल पम्प नजिक बा७ च १४०१ नम्बरको मारुती भ्यान जलेको अवस्थामा फेला परेको छ।

घटनास्थलबाट दुर्गा प्रसाई समूहको पर्चा बरामद भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्य तीव्र पारिएको छ।आगजनीपछि दुवै क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ भने घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Facebook Comments Box

