By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » रुपन्देही–२ मा डा. निकोलस भुसालले उम्मेद्वारी फिर्ता लिए, रास्वपा उम्मेदवार सुलभ खरेललाई समर्थन

रुपन्देही–२ मा डा. निकोलस भुसालले उम्मेद्वारी फिर्ता लिए, रास्वपा उम्मेदवार सुलभ खरेललाई समर्थन

News Desk
News Desk
२०८२ फाल्गुन १८, सोमबार २०:५१

बुटवल :- रुपन्देही निर्वाचन क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेद्वारी दिएका डा. निकोलस भुसाल ले आफ्नो उम्मेद्वारी निष्क्रिय गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेल लाई समर्थन गर्ने घोषणा गरेका छन्।

आइतबार जारी प्रेस विज्ञप्तिमार्फत भुसालले देशको राजनीतिक परिवेश, वैकल्पिक शक्तिको आवश्यकता र परिवर्तनको पक्षमा एकीकृत प्रयास आवश्यक भएको निष्कर्षमा पुग्दै यस्तो निर्णय लिएको बताएका हुन्।


उनले स्वतन्त्र उम्मेद्वारीमार्फत पारदर्शिता, जवाफदेहिता, सुशासन र प्रणालीगत सुधारका एजेन्डा अघि सारेको स्मरण गराउँदै ती मुद्दाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न वैकल्पिक शक्तिलाई सशक्त बनाउनु आवश्यक रहेको उल्लेख गरेका छन्।

भुसालले पुराना राजनीतिक शक्तिको दोहोरिएको वर्चस्वका कारण अपेक्षित परिवर्तन सम्भव नभएको उल्लेख गर्दै अब नयाँ नेतृत्वलाई अवसर दिनुपर्ने धारणा व्यक्त गरे। उनले आफ्नो निर्णयलाई व्यक्तिगत महत्वाकांक्षाभन्दा माथि उठेर राष्ट्रहितमा गरिएको रणनीतिक सहकार्यको कदम भएको बताएका छन्।

प्रेस विज्ञप्तिमा उनले प्रदेश सरकार खारेज, शिक्षा–स्वास्थ्य निःशुल्क, डिजिटल तथा पारदर्शी शासन प्रणाली, युवा सहभागिता प्रवर्द्धन, संरचनागत सुधार र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता जस्ता एजेन्डा सार्वजनिक गरेका थिए। ती एजेन्डाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता सुलभ खरेलले व्यक्त गरेकाले समर्थन गर्ने निर्णय लिएको उनले स्पष्ट पारे।


भुसालले आफ्ना समर्थक तथा मतदातालाई निर्णयलाई सकारात्मक रूपमा ग्रहण गरी वैकल्पिक राजनीतिक शक्तिलाई सुदृढ बनाउन सक्रिय भूमिका निर्वाह गर्न अपिल गरेका छन्।यस निर्णयसँगै रुपन्देही–२ को चुनावी समीकरणमा नयाँ मोड आएको विश्लेषण गरिएको

Loading

Facebook Comments Box
खुल्यो कित्ताकाट : जग्गा कित्ताकाट खोल्ने सरकारको निर्णय,
देशको ध्यान झापा–५ मा, मतदानपछि मतगणनातर्फ नजर
लुम्बिनी केवलकारको औपचारिक उद्घाटन आज प्रधानमन्त्री प्रचण्डले गर्ने
गुल्मीमा भीरबाट लडेर एक जनाको मृत्यु
मुसिकोटमा धारामा चिप्लिएर लड्दा एकजनाको मृत्यु
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?