By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » बुटवलमा कांग्रेसको घरदैलो तीव्र, फागुन २१ नजिकिँदै चुनावी सरगर्मी बढ्यो

बुटवलमा कांग्रेसको घरदैलो तीव्र, फागुन २१ नजिकिँदै चुनावी सरगर्मी बढ्यो

News Desk
News Desk
२०८२ फाल्गुन १३, बुधबार १८:५२

बुटवल :-फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन आउन अब ८ दिन मात्र बाँकी रहँदा चुनावी माहोल झन् तातिएको छ। रुपन्देही–२ बाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार चुन्न प्रसाद शर्मा पौडेल र समानुपातिक उम्मेदवार रिता सेन ओलीले बुधबार नवौं दिनको घरदैलो अभियानलाई निरन्तरता दिएका छन्।

उम्मेदवार पौडेलले विकास र सुशासनसँगै मतदाताका स्थानीय समस्याहरू समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बिहान ७ बजेबाट सुरु भएको घरदैलो अभियान बुटवल उपमहानगरपालिका–१० को रामनगर क्षेत्रबाट प्रारम्भ भएको थियो। रामनगर हुँदै टोली राजमार्ग चौराहा आसपासका टोलमा पुगेर घरघरमा भेटघाट गरेको थियो। उम्मेदवारहरूले मतदातासँग आशीर्वाद लिँदै सुझाव संकलन गरेका थिए।

अभियान योगिकुटी क्षेत्र हुँदै सर्विस लेनमार्फत पुनः चौराहामा पुगेर सम्पन्न भएको थियो। घरदैलोका क्रममा स्थानीयले ढल निकासको समस्या, टोल सुधार कार्यक्रम, सडक स्तरोन्नति र सरसफाइ व्यवस्थापनका विषयमा गुनासा राखेका थिए। उम्मेदवार पौडेलले ती समस्या समाधानलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउँदै अधुरा विकास योजनालाई पूर्णता दिने बताएका थिए।

दिउँसो १ बजेबाट बुटवल उपमहानगरपालिका–८ मा पनि घरदैलो कार्यक्रम सञ्चालन गरिएको थियो। शुक्रपथ, कुशुमपथ, धर्मपथ, त्रिभुवनपथ, दशरथपथ, श्रवणपथ र भाटभटेनी लाइन आसपासका क्षेत्रमा पुगेर उम्मेदवारहरूले मतदातासँग संवाद गरेका थिए। स्थानीय बासिन्दाले खानेपानी, ढल निकास, सडक व्यवस्थापन तथा ट्राफिक समस्याका विषयमा ध्यानाकर्षण गराएका थिए। वर्षायाममा ढल अभावले समस्या हुने गरेको गुनासोसमेत आएको थियो।

घरदैलोका क्रममा स्थानीयले उम्मेदवारलाई फूलमाला, टीका तथा खादा लगाएर स्वागत गरेका थिए। अभियानमा पार्टीका स्थानीय नेता, कार्यकर्ता र शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति देखिएको थियो।
निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिँदै अभियानलाई अझ तीव्र बनाएका छन्।

कांग्रेस उम्मेदवार पौडेलले विकास, सुशासन र स्थानीय समस्या समाधानलाई मुख्य एजेण्डा बनाएको बताएका छन्। बाँकी दिनहरूमा पनि विभिन्न वडामा घरदैलो तथा भेटघाट कार्यक्रमलाई निरन्तरता दिइने प्रचारप्रसार संयोजक तथा क्षेत्रीय सभापति प्रजापाल गिरीले जानकारी दिएका छन्।

Loading

Facebook Comments Box
संगीतमा नयाँ मोड: गायक सन्तोष खत्री र एरेन्जर विनोद रसाइलीको सहकार्य सुरु
कांग्रेसमा आन्तरिक विवाद, केन्द्रीय कार्यसमिति बैठक लामो समयसम्म अनिर्णयमा
सामाजिक छवि र उद्योग अनुभव बोकेका चुन्नप्रसाद पौडेल कांग्रेसका उम्मेदवार
जिल्ला अस्पताल गुल्मीमा बालिकाको मृत्युपछि तनावग्रस्त, आफन्तद्वारा अस्पताल घेराउ
रवि लामिछानेको सन्देश : बालेन पार्टीको दोस्रो वरियता, फागुन २१ पछि प्रधानमन्त्रीको उम्मेदवार
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?