By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » कपिलवस्तु–२ मा विकासलाई पहिलो प्राथमिकता : उम्मेदवार सुरेन्द्र राज आचार्य

कपिलवस्तु–२ मा विकासलाई पहिलो प्राथमिकता : उम्मेदवार सुरेन्द्र राज आचार्य

News Desk
News Desk
२०८२ माघ २६, सोमबार २१:३६

कपिलवस्तु :-कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार सुरेन्द्र राज आचार्य ले विकास र जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयलाई आफ्नो पहिलो प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। विभिन्न स्थानमा आयोजित समसामयिक संवाद तथा जनभेटघाटका क्रममा उहाँले विगतमा सुरु भएर अधुरा रहेका विकास निर्माणका कामलाई सम्पन्न गर्दै आवश्यकताका आधारमा नयाँ योजनाहरू अघि बढाइने स्पष्ट पार्नुभयो।

उम्मेदवार आचार्यले विकास केवल नारामा सीमित नभई जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने खालको हुनुपर्नेमा जोड दिनुभयो। शिक्षा, स्वास्थ्य, सडक, खानेपानी तथा रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधान गर्दै दिगो विकासको आधार तयार गरिने उहाँको भनाइ छ।


“पहिले सुरु भएका तर अधुरा रहेका योजनालाई पूरा नगरी नयाँ योजना थाल्नु उचित हुँदैन,” आचार्यले भन्नुभयो, “अब जनताको आवश्यकता र प्राथमिकताअनुसार विकासका काम अघि बढाइनेछ।”
उहाँले स्थानीय तह, सरोकारवाला निकाय तथा नागरिकसँग सहकार्य गरेर विकास निर्माणका कामलाई पारदर्शी, प्रभावकारी र परिणाममुखी बनाइने प्रतिबद्धता पनि जनाउनुभयो। जनसंवादका क्रममा स्थानीय बासिन्दाले उठाएका गुनासा र सुझावलाई गम्भीरतापूर्वक सुन्दै, निर्वाचित भएपछि ती विषयलाई सम्बन्धित निकायमा प्राथमिकताका साथ उठाइने आश्वासन दिनुभयो।

नेपाली कांग्रेसका उम्मेदवार आचार्यले कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ लाई विकास र समृद्धिको मार्गमा अगाडि बढाउन जनताको विश्वास, सहयोग र समर्थन अपरिहार्य रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा साथ दिन आग्रह गर्नुभयो।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
रूपन्देही–२ मा सर्वदलीय बैठक सम्पन्न, अब केहीबेरमै मतगणना सुरु हुने
बदलिएर आएको काँग्रेस बहुमतसहित पहिलो दल बन्छ : विश्वप्रकाश शर्मा
निर्वाचन नजिकिँदै गर्दा बुटवल बजार सुनसान
बुटवलमा कांग्रेसको घरदैलो तीव्र, फागुन २१ नजिकिँदै चुनावी सरगर्मी बढ्यो
६५औँ वार्षिक उत्सवको अवसरमा जिल्ला स्तरीय प्रतियोगिता
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?