By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » पोखरामा भाषणका क्रममा भीम रावल ‘झुक्किँदा’ चर्चा फेरि एमालेमै पुग्यो

पोखरामा भाषणका क्रममा भीम रावल ‘झुक्किँदा’ चर्चा फेरि एमालेमै पुग्यो

News Desk
News Desk
२०८२ मंसिर १४, आईतवार २१:५८
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":[],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"transform":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

कास्की :- लामो समय नेकपा (एमाले) मा सक्रिय रहेर हालै मात्र नयाँ गठित नेपाली कम्युनिस्ट पार्टी मा प्रवेश गरेका नेता भीम रावल भाषणका क्रममा पुर्न: UML नै बोल्न पुग्दा आजको राजनीतिक वृत्तमा चर्चाको विषय बनेका छन्।

आइतबार पोखराको मानवअधिकार चोकमा आयोजित ‘नेपाली कम्युनिस्ट पार्टी’ को एकता सन्देशसभालाई सम्बोधन गर्ने क्रममा रावलले भुलवश पुरानै पार्टीको नाम उच्चारण गर्दै एमालेकै बहुमत आउने दाबी गरे। उनका शब्दहरूले सभास्थलमा उपस्थित सहभागीहरूलाई छक्क परेसँगै केही क्षण रमाइलो वातावरण पनि बनेको थियो।

सभामा रावलले भने,“मलाई पूर्ण विश्वास छ, आउने निर्वाचनमा नेकपा (एमाले) को बहुमतलाई, नेकपा (एमाले) को यात्रालाई कसैले रोक्न सक्ने छैन।”

उनले यति भनिसक्दा सहभागीहरूले ताली बजाएर प्रतिक्रिया दिएका थिए। तर केही सेकेन्डमै उनले आफ्नै त्रुटि बुझे र तत्कालै वक्तव्य सच्याउँदै भने,
“नेपाली कम्युनिस्ट पार्टीलाई कसैले रोक्न सक्ने, छेक्न सक्ने छैन।”

रावल हालै मात्र गत कात्तिक २६ गते एमालेबाट कारबाहीमा परेपछि लामो निष्क्रियता तोड्दै नयाँ गठित नेपाली कम्युनिस्ट पार्टी मा प्रवेश गरेका हुन्।

पोखराको चिप्लेढुंगामा वर्षौँपछि पुनः उपस्थित हुन पाएका कारण आफू उत्साहित भएको पनि उनले बताए। धनगढी र लमहीमा जस्तै पोखरामा पनि ठूलो जनसमूह देखेर आफू उत्साहित भएको उल्लेख गर्दै उनले आगामी दिवसमा पार्टीले समृद्ध नेपालको नेतृत्व गर्ने दाबी गरे।

रावलको उक्त ‘जिब्रो चिप्लिएको’ क्षणले राजनीतिक वृत्त तथा सामाजिक सञ्जालमा चर्को तर हल्का प्रकारको बहस उत्पन्न गरेको छ, धेरैले यसलाई UML मा बिताएको लामो अनुभवको ‘स्वाभाविक असर’ भन्दै टिप्पणी गरेका छन्।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
सिरहामा प्रदर्शन उग्र : १५ वर्षीय गणेश यादवको शव दिनभर सडकमा, साँझ प्रहरीले उठायो
जेनजी आयोग कार्यान्वयनपछि सुरक्षाकर्मी हाइअलर्टमा, गृह मन्त्रालयको निर्देशन
जनकपुरधाममा सुरु भयो छठको तयारी, सजाउन थालियो जलासय
६५औँ वार्षिक उत्सवको अवसरमा जिल्ला स्तरीय प्रतियोगिता
बालकको मृत्यु भएपछि अस्पतालमा तनाव
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?