By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » मुसिकोट नगरपालिकाको बजार अनुगमन निरन्तर जारी : तेश्रो दिन १७ व्यवसायी जरिवानामा परे

मुसिकोट नगरपालिकाको बजार अनुगमन निरन्तर जारी : तेश्रो दिन १७ व्यवसायी जरिवानामा परे

News Desk
News Desk
२०८० जेष्ठ २४, बुधबार ०८:३५

गुल्मी। गुल्मीको मुसिकोट नगरपालिकाले सुरु गरेको बजार अनुगमन निरन्तर जारी रहेको छ । तेश्रो दिन मगंलबार १७ व्यवसायी कारबाहीमा परेका छन् । नगर उप-प्रमुख गगां श्रेष्ठको नेतृत्वमा बिहिवारबाट सुरु भएको बजार अनुगमन तेश्रो दिन मुसिकोट नगरपालिका वडा नं ६ कुर्घा भुवाचिदीका विभिन्न खाद्यान्न तथा मासु पसल व्यवसायहरुको अनुगमन गरिएको हो ।

मुसिकोट नगरपालिकाको बजार अनुगमन निर्देशिका २०७४ बमोजिम नगरपालिकाको अनुगमन समितिले प्रथम चरणमा खाद्यान्न पसलहरुको अनुगमन गरिरहेको छ । विभिन्न ७ वटा शीर्षकमा आधारित रहेर १९ वटा पसलमा गरिएको अनुगमनका क्रममा १७ वटा व्यवसायहरुले कुनै न कुनै मापदण्ड पुरा नगरेको पाईएपछि जरिवाना असुल गरिएको हो ।

दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य, गुणस्तर, मापदण्ड लगायतका विषयमा केन्द्रित रही बजार अनुगमन तथा निरीक्षण गरिएको नगरपालिकाका सुचना अधिकारी प्रकाश घिमिरेले बताउनुभयो ।

अनुगमनका क्रममा म्याद गुज्रेका सामाग्रीहरु बिक्री वितरण गरेको, व्यवसाय दर्ता नै नगरी सञ्चालन गरेको, नविकरण नगरेको, होडिङ वोर्ड नराखिएको, होटल तथा नास्ता पसलहरुमा सरसफाईको अवस्था कमजोर रहेको मूल्य सूची नराख्ने गरेको भेटिएको छ । अनुगमन टोलीले म्याद गुज्रेका सामाग्र्रीहरु समेत जफत गरेको छ । नगरपालिकाले विभिन्न आधारमा बजार अनुगमनको क्रममा मापदण्ड नपुगी सञ्चालन गर्ने विभिन्न व्यवसायीहरुबाट ३ हजार ६ सय रुपैयाँ जरिवाना समेत असुल गरेको छ ।

अघिल्ला बजार अनुगमनहरुमा व्यवसायीहरुको कमीकमजोरी भेटिएमा सुझाव दिने र सचेत गराउने गरिएपनि यसपटक भने नगरपालिकाले जरिवाना नै लिएको प्रशाशन शाखा प्रमुख मुना ज्ञवालीले बताउनुभयो ।

जरिवाना पहिलो पटक भएकाले न्यूनतम तोकिएपनि आगामी दिनमा पुन ः गल्ती कमजोरी दोहोराउने व्यवसायीहरुलाई भने जरिवानाको दायरा समेत बढ्ने नगरउप्रमुख गंगा श्रेष्ठको भनाई छ । बजार अनुगमन सबै वडामा रहेका पसल तथा व्यवसायहरुको क्रमिक रुपमा अनुगमन गरिँदै जाने उहाँले बताउनुभयो ।

अनुगमन टोलीले कारबाहीमा परेका फर्मलाई, म्याद गुज्रेका सामाग्री विक्री वितरण नगर्न, दर्ता कागजात अद्यावधिक राख्न, बिक्री बिल र खरिद बिल राख्न, मूल्यसूची र दर्ता प्रमाणपत्र उपभोक्ताले देख्ने ठाउँमा राख्न, साईनबोर्ड राख्न निर्देशन समेत दिएको छ ।

अनुगमनमा मुसिकोट नगरपालिकाका उपप्रमुख गंगा श्रेष्ठ सहित, प्रशासन सहायक एवम् वडा नं ७ का वडा सचिव सुमन खरेल, कृषि अधिकृत जनक पौड्याल, पशु शाखा प्रमुख महेन्द्र पन्थी, गुल्मी मुसिकोट उद्योग वाणिज्य सघंका सचिव सुन्दर प्रधान, होटल व्यवसायी मञ्च वामीका अध्यक्ष विवेक काफ्ले, पत्रकार सागर भण्डारी लगायत सुरक्षाकर्मीको उपस्थिति रहेको थियो ।

साभार सागर भण्डारी/जिटिभि

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
ईश्वरी माध्यमिक विद्यालय गुल्मीदरबारको ५३औं वार्षिकोत्सव सम्पन्न
मध्यपूर्वको विशेष परिस्थितिः कतारमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह
मैनाबगर अटोभिलेज : अव्यवस्थाबाट व्यवस्थिततर्फ
गुल्मी महोत्सवमा दिनप्रतिदिन दर्शकको घुइँचो लाग्दै
पेट्रोलियम पदार्थबाट चल्ने सवारीको आयातमा प्रतिबन्ध लगाउने सरकारको योजना
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?