By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गुल्मीमा किवी खेती बिस्तार हुँदै

गुल्मीमा किवी खेती बिस्तार हुँदै

News Desk
News Desk
२०८० कार्तिक ९, बिहीबार १०:१७

गुल्मी । गुल्मी जिल्लामा किवी खेती बिस्तार हुँदै गएको छ । किसानहरुको साधारण व्यवस्थापनमा हावापानी सुहाउदो व्यवसायीक खेतिको नयाँ विकल्प खोज्ने क्रममा हाल यहाँका कृषकहरुले किवी खेतिलाई रोज्न थालेका छन् ।

किवी खेतीको नाम दिनु पर्दा गुल्मी जिल्लाको भार्से गाउँलाई चिनिथ्यो । तर पछिल्लो समय भने जिल्लाका धेरै स्थानमा किवी खेती हुन थालेको छ । हाल उत्पादन भएको फल महङ्गोमा विक्री भएपछि कृषकहरु यसको व्यवसायीकता वढाउन लागी परेका हुन् । यतिबेला किवी फल टिप्ने बेला सुरु हुन थालेको छ ।

यो फल कात्तिक महिनाबाट मंसिर अन्तिमसम्म पाक्ने गर्दछ । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर ९ मा बिरबहादुर कार्कीले किवी खेती गर्दै आउनु भएको छ ।सुरुमा किवीका विरुवा बेच्दै आएका कार्कीले पछिल्लो केहि वर्ष यता किवी खेती पनि गर्दै आएका छन् । कार्कीले २०७२ सालदेखि किवी खेती गर्न थालेका हुन् ०७५ सालदेखि किवीले उत्पादन दिन थालेको छ ।

कार्कीले यसवर्ष ५ कुन्टल किवी उत्पादन भएको बताउनुभयो । उत्पादनी किवी तम्घास बजारमै खपत हुने गरेको छ । कार्की जस्तै जिल्ला अरु धेरै कृषकहरु किवी खेतीमा लागेका छन् । कम मेहनतबाट हुने यो खेतीमा धेरैको आकर्षण बढन थालेको छ ।

सुन्तला र स्याउ नहुने बिचको क्षेत्रमा किवी खेती हुने गर्दछ । समुद्री सतहदेखि १२ सय मिरट भन्दा माथी किवी खेती हुने गर्दछ । जिल्लामा १२ सय मिटर माथीका भाग धेरै रहेकाले किवी खेतीका लागि राम्रो सम्भावना रहेको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।

कालिगण्डकी, चन्द्रकोट, सत्यवत, मुसिकोट, रेसुङ्गा नगरपालिका लगायत जिल्लाका १२ वटै स्थानीयतहमा खेती हुँदै आएको छ । जिल्लामा हाल १ हजार हेक्टर क्षेत्रफलमा सजिलै किवी खेती गर्न सकिने कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो । नेपालका धेरै ठाउँमा किवी खेती हुँदै आएकाले बजारी करणमा समस्या रहेको छ ।

अहिले किवी सरदर ३ सय रुपैयाँदेखि ५ सय रुपैयाँ प्रति किलो बिक्री हुँने गरेको छ । धेरै ठाउँमा उत्पादन हुँदै आएकाले यसको मूल्य सरदर १ सय रुपैयाँ प्रति किलो बनाउन सके बजारीकरणमा पनि समस्या नहुँने भण्डारीको भनाइ छ ।
नेपालमा उत्पादन हुँदै आएको किवी बिदेशी भन्दा अलिकति अमिलो पना पनि रहेको छ । धेरै फल्ने र अरु खेती नहुँने ठाउँमा पनि किवी राम्रो हुने गर्दछ । कृषि ज्ञानकेन्द्र गुल्मीले जिल्लामा किवी प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

जसमा ७५ प्रतिशत अनुदानमा बिरुवा र पोल निर्माण गर्ने गरेको छ । किवी खेती गर्दा बलियो पोल निर्माण गर्नुपर्ने भएकाले यसमा अलि खर्च हुँने गर्दछ । अहिले कालिगण्डकी, सत्यवती र मालिकाको ह्वाङदी, नेटमा किवी खेतीका लागि कार्यालयले सहयोग गर्दै आएको छ । तर यो सहयोग नगन्य रुपमा रहेको कृषि ज्ञानकेन्द्र गुल्मी प्रमुख भण्डारीको भनाइ छ ।

यसवर्ष किवी बिशेष कार्यक्रम भनेर कालिगण्डकी गाउँपालिकाको वडानम्बर १ को सिरकोट भन्ने स्थानमा जिल्लाकै नमूना किवी खेती बिस्तार हुने भएको छ । त्यसका लागि कृषि ज्ञानकेन्द्र गुल्मीले २८ लाख रुपैयाँ विनियोज गरेको छ । यो फार्म जिल्लाकै नमूना रुपमा अगाडी बढाइदैछ । चिसो हावापानी भएको ठाउँमा मकै, आलु, कोदो खेति र पशुपालन प्रमुख पेशामा मेलापात गर्दै स्थानिय वासिन्दा हरु जिवन निर्वाहा गरिरहेका छन् । तर पछिल्लो समय यता बिस्तारै कृषि वालीमा परिर्वतन गर्न खोजीरहेका छन् । हाल उत्पादन भएको फल महगोमा विक्री भएपछि कृषकहरु यसको व्यवशायिकता वढाउन लागी परेका हुन् । गुणस्तरिय फल फलाउनको लागी गर्नुपर्ने वगान व्यवस्थापन कार्यहरु काँटछाट, लहरा सपोर्ट, गोडमेल, मलखाद, सिंचाई कार्यमा सुधार र कृषकहरुलाई नियमित रुपमा प्राविधिक सहयोगको जरुरी पर्दछ ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
जापानमा रहेका गायक सन्तोष खत्री जापानी गीत सार्वजनिक गर्ने तयारीमा
२७ वर्षका सुजनले छेडाए पहिलो पटक जिब्रो
आन्दोलनरत यातायात मजदुरलाई सरकारले वार्तामा बोलायो
नेविसंघ रूपन्देहीमा समानान्तर समिति गठन
चितवनमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?