By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » रावा इनर्जिको आईपीओ आज देखि विक्रीमा , कस्तो छ?

रावा इनर्जिको आईपीओ आज देखि विक्रीमा , कस्तो छ?

News Desk
News Desk
२०८० जेष्ठ १८, बिहीबार ११:१७

हेटौँडा- रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले अाज अर्थात जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बाँडफाँट पछि  सर्वसाधारणका लागि निष्कासन गरेकोे हो ।
कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्तामध्ये ५६ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा र ८७ हजार ६७० कित्ता शेयर आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरेको हो ।
आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको २ लाख ८० हजार कित्ता शेयरमध्ये वितरण हुन नसकेको १ लाख ९२ हजार ३३० कित्तासमेत थप गरी सर्वसाधारणमा विक्री गर्न लागिएको हो ।
सर्वसाधारणमा कुल ६ लाख ९६ हजार ३३० कित्ता शेयर वितरण हुनेछ । यस मध्ये १५ हजार ४७ कित्ता शेयर कम्पनीका कर्मचारीका लागि र ३७ हजार ६१६ कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिएको छ । बाँकी रहेको ६ लाख ४३ हजार ६६७ कित्ता शेयर भने सर्वसाधारणमा सार्वजनिक निष्कासन ल्याएको हो ।
यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
आईपीओ निष्कासन बन्द छिटोमा जेठ २२ गतेसम्मका लागि तोकिएको छ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा जेठ ३२ गतेसम्म विक्री लम्बिनेछ । तर पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएकाले कम्पनीको आईपीओ समेत छिटो अवधिभित्रै विक्रीमा रहने निश्चित छ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र मेरो शेयर एपमार्फत पनि आवेदन दिन सकिनेछ ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्युरअर रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीको परिचय 
२०६६ साल साउन ३२ गते नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा रावा इनर्जि  डेभलपमेन्टको नाममा यो कम्पनी प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भएकोे थियो । १० वर्ष पछि २०७६ असार १५ गते यो कम्पनी पब्लिक लिमिटेडमा परिणत भई रावा इनर्जि डेभलपमेन्ट लिमिटेडको नामबाट कारोबार सञ्चालन हुदै आएको हो ।
। कम्पनीको रजिष्टर्ड कार्यालय बानेश्वर काठमाडौंमा रहेको छ । यस कम्पनीले खोटाङ जिल्लामा ३ मेगावाट क्षमताको माथिल्लो रावा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको छ ।
कम्पनीले उक्त आयोजनाबाट २०७७ साल असोज १४ गतेदेखि व्यापारिक विद्युत् उत्पादन गर्दै आएको हो । उक्त आयोजनाको कुल लागत रू. ६४ करोड ६५ लाख रहेको छ भने प्रतिमेगावाट लागत रू. २१ करोड ५५ लाख छ । यस आयोजनाको विद्युत् उत्पादन अनुमति वहाल रहने अवधि २९ वर्ष ११ महिना बाँकी रहेको छ ।
कम्पनीको पूँजी समंरचना
अधिकृत पूँजी २८ करोड रूपैयाँ रहेको कम्पनीको जारी पूँजी २८ करोड रूपैयाँनै रहेको छ । हाल संस्थापक शेयरधनीहरूबाट चुक्ता भएको पूँजी १९ करोड ६० लाख रूपैयाँ मात्र छ । आयोजना प्रभावित स्थानीय सहित सर्वसाधारणमा आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २८ करोड रूपैयाँ कायम हुनेछ । कुल चुक्तापूँजीमा संस्थापक तर्फ ७० प्रतिशत र स्थानिय बासिन्दा सहित सर्वसाधारणमा ३० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।
कम्पनीको वित्तीय अवस्था
आर्थिक वर्ष ०७८/७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ३ करोड २९ लाख रूपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । चालू आर्थिक वर्ष ०७९/८० को अन्त्यसम्म भने कम्पनीले सञ्चित नोक्सानी घटाएर ७२ लाख ७८  हजार रूपैयाँमा झार्ने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष ०७९/८० सम्मको वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी ९ रुपैया २ पैसा र प्रतिशेयर नेटवर्थ ९७ रूपैयाँ ४ पैसा हुने कम्पनीले प्रक्षेपण गरेको छ । त्यस्तै कम्पनीले आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा भने रू. ८४ लाख १९ हजार नाफा कमाउने प्रक्षेपण गरेको छ ।

 कम्पनीको आईपीओले धितोपत्र दोस्रो बजारमा कति मूल्य पाउला ? 
धितोपत्र प्राथमिक बजारमा विक्री गरी कम्पनीले यो आईपीओ कारोबारका लागि भने धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराउँनेछ ।
सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि कारोबारमा आउने कम्पनीको आईपीओलाई पहिलो कारोबार मूल्य नेप्सेले निर्धारण गर्नेछ ।
नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य रेञ्ज तोक्नेछ ।
यसर्थ कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा न्यूनतम प्रतिकित्ता ८३ रूपैयाँ १० पैसा देखि अधिकतम प्रतिकित्ता २४९ रूपैयाँ ३ पैसासम्मको मूल्य रेञ्ज नेप्सेले पहिलो कारोबारका लागि तोक्ने देखिन्छ । पहिलो कारोबार पछिको मूल्य भने बजारमा लगानीकर्ताको माग र आपुर्तिका आधारमा निर्धारण हुनेछ ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
रुपन्देही–३ मा रास्वपाप्रति बढ्दो आकर्षण, घरदैलोमा मतदाताको खुला समर्थन
बस दुर्घटनामा १३ जनाको मृत्यु भएपछि पुर्चौडी नगरपालिकाद्वारा शोक बिदा
म फूलहरूको बीचमा’ गीत सार्वजनिक, ९ वर्षीया गायिका दर्पण उपाध्यायको स्वर
गुल्मी–२ मा उज्यालो नेपाल पार्टीबाट कर्णबहादुर थापा उम्मेदवारी
वडा १९ मा विकास, स्वास्थ्य र सेवा प्रवाहलाई प्राथमिकता : वडा सचिव काफ्ले
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?