By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CLICK BULLETIN
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
CLICK BULLETINCLICK BULLETIN
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » प्रयोगकर्ताको अनुमतिबिना फोटो ग्यालरीमा पहुँच गरेको भन्दै फेसबुकलाई इटालीले १ खर्ब ३३ अर्ब रुपैयाँ जरिबाना

प्रयोगकर्ताको अनुमतिबिना फोटो ग्यालरीमा पहुँच गरेको भन्दै फेसबुकलाई इटालीले १ खर्ब ३३ अर्ब रुपैयाँ जरिबाना

News Desk
News Desk
२०८३ कार्तिक २९, आईतवार १५:१५

काठमाडौं :-प्रयोगकर्ताको स्पष्ट अनुमति र पर्याप्त जानकारीबिना मोबाइलको फोटो तथा भिडियो ग्यालरीमा पहुँच गरेको भन्दै इटालीको डेटा संरक्षण निकायले फेसबुकको मातृ कम्पनी मेटालाई ८० करोड ५० लाख युरो (करिब १ खर्ब ३३ अर्ब रुपैयाँ) जरिबाना गरेको छ।

इटालीको डेटा संरक्षण प्राधिकरणका अनुसार फेसबुकको एन्ड्रोइड एपले प्रयोगकर्ताको स्मार्टफोनमा रहेका फोटो, भिडियो तथा तिनसँग सम्बन्धित मेटाडेटामा छुट्टै र स्पष्ट सहमतिबिना पहुँच बनाएको थियो।

‘ग्यालरीबाट सुझाव प्राप्त गर्ने’ नामको उक्त सुविधा सन् २०२३ देखि उपलब्ध थियो। फेसबुक चलाइरहेका बेला प्रयोगकर्ताको मोबाइल ग्यालरीमा रहेका तस्बिर तथा भिडियो पोस्ट गर्न सुझावका रूपमा देखाउने यो सुविधा पूर्वनिर्धारित रूपमा सक्रिय रहने गरेको अनुसन्धानबाट खुलेको प्राधिकरणले जनाएको छ।

प्रयोगकर्ताले एपका विभिन्न सुविधाका लागि एउटै अनुमति दिँदा ग्यालरीमा समेत पहुँच खुल्ने व्यवस्था रहेको र त्यसबारे पर्याप्त जानकारी नदिइएको नियामकको निष्कर्ष छ।

इटालीको प्राधिकरणका अनुसार यसबाट देशका करिब दुई करोड एन्ड्रोइड प्रयोगकर्ता प्रभावित हुन सक्नेछन्।

निर्णयअनुसार मेटाले अब ६० दिनभित्र उक्त सुविधा पूर्वनिर्धारित रूपमा बन्द गर्नुपर्नेछ। साथै, फोटो ग्यालरीमा पहुँचका लागि छुट्टै र स्पष्ट सहमति लिनुपर्ने तथा प्रयोगकर्तालाई सुविधा कसरी बन्द गर्ने भन्ने जानकारी दिनुपर्नेछ।

यता मेटाले भने नियामकको निर्णयप्रति असहमति जनाउँदै जरिबाना अत्यधिक भएको बताएको छ। कम्पनीले उक्त निर्णयविरुद्ध अपिल गर्ने जनाएको छ।

यो अनुसन्धान प्रयोगकर्ताका तस्बिर कृत्रिम बुद्धिमत्ता (एआई) तालिममा प्रयोग गरिएको विषयमा भने केन्द्रित थिएन।

Facebook Comments Box
Total Views: 0
बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम
गुल्मीमा चट्याङ लागेर किशोरीको मृत्यु
बुटवलमा एनसेलको लापरवाही : युवासँग ५ लाख ७१ हजार ठगी, कार्यालयमा तालाबन्दी
रूपन्देही–२ मा सुरज पाण्डे : प्राविधिक पृष्ठभूमिबाट ‘नतिजा दिने राजनीति’को दाबी
रुपन्देहीमा अवैध भीओआइपी कल बाइपासमा संलग्न एक पक्राउ, ठूलो परिमाणमा सिम कार्ड र उपकरण बरामद
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको सभापतिमा पत्रकार कपिल ज्ञवाली निर्वाचित

२०८३ कार्तिक २९, आईतवार २३:५६

शिवपुर माविका पूर्व प्रधानाध्यापक एवं शिक्षक केशव भण्डारीको निधन

२०८३ कार्तिक २९, आईतवार १७:०३

रोयल्टीमा कस्तुप पन्तको दबदबा, पाए सर्वाधिक ४ लाख रुपैयाँ

प्रयोगकर्ताको अनुमतिबिना फोटो ग्यालरीमा पहुँच गरेको भन्दै फेसबुकलाई इटालीले १ खर्ब ३३ अर्ब रुपैयाँ जरिबाना

भृकुटीमण्डपमा मंसिर ४ देखि अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी, प्रवेश निःशुल्क

१३ वर्षीय विश्वको बाँसुरीको धुनले जित्दैछ सबैको मन

सामाजिक सुरक्षा कोषमा झन्डै १ खर्ब ३० अर्ब रुपैयाँ सङ्कलन

संस्कृति संरक्षणसँगै सामाजिक सेवामा रुद्रगणको देउसी अभियान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?